वर्षमा कतिसम्म कमाउँछन फुटबल खेलाडीले ? [भिडियोसहित]

वर्षमा कतिसम्म कमाउँछन फुटबल खेलाडीले ? [भिडियोसहित]


संसारकै सबैभन्दा लोकप्रिय खेलहरुको नाम लिँदा सबैभन्दा अघि आउने नाम हो फुटबल । एक सर्वेका अनुसार विश्वभर फुटबलका मात्र ३.५ अर्ब भन्दा बढी फ्यान फलोवरहरु छन् । खेल प्रेमीहरुका लागि फुटबल एक खेल मात्र नभएर दैनिकी जस्तै बनेको छ । खेलाडीहरु कुनै क्लबका लागि खेलिदिए बापत ठूलो रकम लिने गर्छन । आजको समयमा फुटबल खेललाई नै आफ्नो करिअर बनाएर धेरै खेलाडीहरु अघि बढिरहेका छन् । आफ्नो करिअर र आफ्नो सम्पूर्ण मेहनत फुटबल खेल्नमै लगाएका कारण केही खेलाडीहरुले कुनै क्लबमा आबद्ध हुँदा निकै ठुूलो रकम लिएको खबरले समेत चर्चा पाइरहेको हुन्छ । अहिले विश्व भरका धेरै खेलाडीहरुले फुटबल खेललाई खेल्नमा मात्र    सिमित नराखी आम्दानीको मुख्य स्रोत नै बनाएका छन् । को हुन् त ती खेलाडी जो फुटबल खेलेरै वर्ष २०२२ मा सबैभन्दा धेरै कमाई गरे ? को हुन् विश्वकै सबैभन्दा महंगा फुटबल खेलाडी ?

१. क्रिस्टियानो रोनाल्डो – २१४ मिलियन–प्रतिवर्ष
क्रिस्टियानो रोनाल्डो साउदी क्लब अल–नासरमा आवद्ध भएसँगै संसारकै सबैभन्दा धनी फुटबलर बनेका छन् । रिपोर्टका अनुसार रोनाल्डोले साउदी क्लब अल–नासरमा प्रत्येक वर्ष १७७ मिलियन डलर कमाउने छन् । क्लबको कमाई बाहेक रोनाल्डोको आफ्नै कपडा, पर्फयूम र होटल व्यवसाय पनि छ । ती विभिन्न सेक्टरबाट रोनाल्डोले मनग्गे कमाउँछन । नाइकी, क्रियर सेम्फू, अर्मानी, ट्याग हेयूर, इजेप्सियन स्टिल, हर्वल लाइफ जस्ता अन्तर्राष्ट्रिय ब्रान्डसँग सहकार्य गरे बापत पनि रोनाल्डोले मनग्गे कमाउँछन् । 

२. केलियन एमबापे– ६३ मिलियन–प्रतिवर्ष
पीएसजीले २३–वर्षीय फ्रेन्च स्टारलाई क्लबमै राख्नका लागि पैसाको खोलो नै बगाएको छ भन्दा अत्युक्ति नहोला ? कतार विश्वकपमा सबैभन्दा धेरै गोल गर्न सफल एमबापेलाई रोक्न पीएसजीले प्रति हप्ता एक मिलियन यूरो दिइरहेको छ । रोनाल्डो साउदी क्लब अल–नासरमा जानुअघि, फ्रेन्च स्टार लियोनल मेस्सी र क्रिस्टियानो रोनाल्डो भन्दा धेरै कमाउने फुटबल खेलाडीका रूपमा थिए । वर्ष २०१८ मा फ्रान्सलाई विश्वकपको उपाधि जिताउन महत्वपूर्ण भूमिका निर्वाह गरेका एमबापेलाई क्लब पीएसजीले प्रति वर्ष ६२ मिलियन यूरो दिदै आएको छ ।

३. लियोनेल मेस्सी – ४१ मिलियन–प्रतिवर्ष
२० वर्ष बार्सिलोनाका लागि खेलेका मेसी एकाएक क्लबबाट बाहिरिएपछि सबै समर्थकहरु आश्चर्यचकित भएका थिए । फ्रि–एजेन्टका रुपमा पीएसजीमा आवद्ध भएका मेसीले नेयमारलाई कमाइका हिसावमा पछि पारेका छन् । मेसीभन्दा अघि क्लबमा सबैभन्दा धेरै कमाई एमबापेको रहेको छ । एक रिपोर्टका अनुसार मेसीको क्लबबाट वार्षिक ४१ मिलियन युरो कमाई गर्छन् । ३५ वर्षीय अर्जेन्टाइन स्टारले पिएसजी बाहेक एडिडास, ओरेडो, लेज, गाटेरेड र पेप्सी जस्ता अन्तर्राष्ट्रिय ब्रान्डसँग सहकार्य गरेका कारण क्लब बाहेक पनि बाहिरबाट राम्रो कमाई गर्छन । 

४. नेमार – ३७ मिलियन–प्रतिवर्ष
३१ वर्षे ब्राजिलियन स्टारले वर्ष २०१७ बार्सिलोनालाई बिदा गर्दै फ्रेन्च क्लब पिएसजीमा २६३ मिलियन डलरमा आबद्ध भएका छन् । फ्रेन्च क्लब पिएसजीमा एमबापे, मेसीपछि सबैभन्दा बढी तलब लिने खेलाडी नेमार नै हुन् । ६ वर्ष क्लबमा बिताइसकेका नेमारले अझै पनि क्लबका लागि राम्रो प्रदर्शन गर्दै आइरहेका छन् । रिपोर्टका अनुसार हाल नेमार पिएसजीमा वार्षिक ३७ मिलियन युरो तलव लिन्छन् । ३१ वर्षीय ब्राजिलियन स्टारले ड्याजन, इपिक गेम्स, फ्ल्टर इन्टरटेन्मेन्ट, कोनामी, नेट फ्ल्क्सि र कतार एअरवेज जस्ता बहुप्रसिद्ध अन्तर्राष्ट्रिय उत्पादनहरूको प्रचार गर्ने गर्छन् । ती ब्रान्डहरुबाट मात्र नेमारले वाषर््िाक ३२ मिलियन डलर कमाउँछन् । 

५. मोहम्मद सलाह – ३५ मिलियन–प्रतिवर्ष  
सबैभन्दा धेरै कमाउने फुटबलरमा इजिप्सियन स्टार मोहम्मद सलाह छैटौं स्थानमा पर्छन् । हाल इङ्लिस क्लब लिभरपुलका लागि खेलिरहेका सलाहले क्लबसँग वार्षिक ३५ मिलियन डलर लिने गरेका छन् । लिभरपुलमा आबद्ध भएसँगै क्लबका लागि सबै ठूला उपाधि जिताउन महत्वपूर्ण भूमिका खेलेका मोहम्मदले पूनः यही समयमा  आफ्नो सम्झौता नवीकरण गरेका छन् । सलाहले एडिडास, भोडाफोन, फाल्कन टायर्स, उबर लगायत ब्रान्डको सहकार्यबाट वार्षिक १८ मिलियन कमाउँछन ।

६. अर्लिङ हाल्याण्ड– ३५ मिलियन–प्रतिवर्ष  
२२ वर्षीय म्यान्चेष्टर सिटीका स्टरले सिजन २०२२–२३ मा २१ गोलका साथ इङ्लिस प्रिमियर लिगकै सबैभन्दा बढी गोल गर्ने खेलाडीका रुपमा अग्र स्थानमा छन् । डर्टमण्डका पूर्व स्टार हाल्याण्डले सिटीबाट प्रत्येक वर्ष ३५ मिलियन युरो कमाउँछन् । उनी पनि हाइपरिस, सामसुङ र भायाप्ले जस्ता ब्रान्डहरुसँगको साझेदारीबाट वार्षिक ४० मिलियन युरो कमाउँछन् । 

७. एन्ड्रेस इनिएस्टा – ३१ मिलियन–वर्ष
२१ औं शताब्दीको उत्कृष्ट मिडफिल्डरमध्येका एक इनिएस्टाले स्पेनी क्लब बार्सिलोना छाडेको पनि निकै लामो समय भइसकेको छ । यी पूर्व स्पेनी स्टार इनिएस्टाले बार्सिलोना छाडे पनि कमाउन भने छाडेका छैनन् । ३८ वर्ष भइसकेका इनिएस्टाले हाल चिनियाँ क्लबमा वार्षिक ३१ मिलियन डलर कमाउने गर्छन् । सूचीमा उल्लेख गरिएकामध्ये इनिएस्टा सबैभन्दा पाका खेलाडीमा पर्छन । इनिएस्टा पनि एसिस, एरिएल, कोनामी, जेनलाइफ र निसान जस्ता ब्रान्डहरुसँगको साझेदारीबाट वार्षिक ५० लाख डलर आम्दानी गर्छन । 

८. रोबर्ट लेवान्डोस्की – २७ मिलियन–प्रतिवर्ष
वर्ष २०२२ मा जर्मन क्लब बायर्न म्युनिख छाडी बार्सिलोनामा आबद्ध भएपछि, पोलीस स्टार लेवान्डोस्कीले जारी सिजन उत्कृष्ट लयमा बिताइरहेका छन् । स्पेनी लिग ला–लिगामा सबैभन्दा बढी गोल गर्ने खेलाडीको शीर्ष स्थानमा पनि लेवान्डोस्की नै छन् । आधुनिक युगको उत्कृष्ट स्ट्राइकर मानिएका लेवान्डोस्कीले बार्सिलोनाबाट प्रत्येक वर्ष ४५ मिलियन युरो लिन्छन् । ३४ वर्षका पोलिस स्टारले क्लब तथा ठूला प्रायोजनबाट मोटो रकम कमाउँछन् । लेवान्डोस्कीले नाइक, हवाई, ओपेल, प्रोस्टल एण्ड गेम्बल र इए स्पोटसबाट वार्षीक २७ मिलियन डलर कमाउछन् । 

९. इडेन हाजार्ड – २७ मिलियन–प्रतिवर्ष
हाजार्ड चेल्सीबाट ट्रान्सफर भएदेखि नै घाइते खेलाडीको ट्याग भिरेर हिडिरहेका छन् । क्लब तथा देशका लागि खेल्दा फर्ममा गिरावट आएको भन्दै हाजार्ड बेला बखत बिवादमा पर्दै आएका छन् । स्पेनी महारथी क्लब रियल म्याड्रिडमा प्रति वर्ष २७ मिलियन यूरो कमाइरहेका बेल्जियन स्टारले क्लबको पारिश्रमिक बाहेक अमेरिकन स्पोर्टस वेयर ब्रान्ड नाइकी, सिनास स्पोटस, बिस कफ ब्रान्ड र इएसँगको सहकार्यमा वार्षिक ४ मिलियन डलरक कमाउँछन । 

१०. केभिन डी ब्रुएन – २५ मिलियन–प्रतिवर्ष
म्यानचेस्टर सिटीका स्टार मिडफिल्डर केभिन डी ब्रुएनले इङ्लिस क्लब म्यान्चेष्टर सिटीबाट वार्षिक २० मिलियन डलर कमाउँछन् । केभिनको कमाइ क्लबबाट भन्दा पनि अन्य माध्यमबाट बढी हुने गरेको छ । ३१ वर्षे बेल्जियन स्टारले नाइकी, वाह हाइड्रेट, क्रेडिट कर्मा, र थेराबोडी लगायत अन्तर्राष्ट्रिय ब्रान्डबाट वार्षिक २५ मिलियन डलर भन्दा बढी कमाउँदै आएका छन् । 

Logo