१० वर्षपछि नेपालले यसरी खेल्नेछ टी-२० विश्वकप [भिडियाेसहित]

१० वर्षपछि नेपालले यसरी खेल्नेछ टी-२० विश्वकप [भिडियाेसहित]

केन्द्रबिन्दु
0
Shares

१० वर्षअघि नेपालले पहिलो पटक टी–२० विश्वकपमा सहभागिता जनाएको थियो । बंगलादेशमा सन् २०१४ मा भएको विश्वकपमा नेपालले एसोसिएट्स राष्ट्र हंगकंग र अफ्गानिस्तानलाई हराएर आयोजक बंगलादेशलाई १५ ओभरसम्म आच्छुआच्छु बनाएको थियो । १० वर्षपछि नेपालले पुनः सोही उद्देश्यका साथ आगामी कार्तिक १५ देखि २४ गतेसम्म टी–२० विश्वकप छनौट प्रतियोगिता खेल्दैछ । त्यो पनि घरेलु मैदानमा । 

८ टोली सहभागी हुने सो प्रतियोगितामा नेपाल शीर्ष २ भित्र पर्ने लक्ष्यका साथ प्रतियोगितामा होम्मिने छ । आइसिसीको नियमअनुसार एसिया क्षेत्रबाट २ शीर्ष टोली सिधै टी–२० विश्वकपका लागि छनौट हुनेछन् । पछिल्लो २ महिनाभित्र घरेलु मैदानमा आयोजना भएका सबै प्रतियोगिता सुखद रुपमै सम्पन्न गराएका कारण आइसिसीले नेपाललाई टी–२० विश्वकप छनौट प्रतियोगिता आयोजनाको जिम्मा दिएको हो । 

घरेलु मैदान र समर्थकको फाइदा उठाउँदै नेपालले यसअघि एकदिवसीय विश्वकप ग्लोबल छनोट र एसिया कपमा स्थान बनाइसकेको छ । 

May be an image of 11 people and text that says 'CAN CHAMPIONS EPA QUALIFIED FOR THE ASIA CUP 2023'कार्तिक दोस्रो साताबाट आयोजना हुने यो प्रतियोगितामा नेपाली टोलीलाई घरेलु मैदान र समर्थकलगायत अन्य धेरै कुराको फाइदा हुनेछ । नेपाली क्रिकेट टोलीले पछिल्लो २ महिनायता घरेलु भुमिमा खेलेका कुनै पनि खेल हारेको छैन । घरेलु मैदानमै खेलेर नेपालले यस अघि एकदिवसीय विश्वकप ग्लोबल छनोट र एसिया कप जस्ता प्रतियोगितामा स्थान बनाइसकेको छ । 

अमेरिका र वेस्टइन्डिजले सन् २०२४ मा संयुक्त रुपमा आयोजना गर्ने टी–२० विश्वकपका लागि नेपालले एसिया क्षेत्रको छनोट पार गर्नुपर्ने हुन्छ । नेपालमा आयोजना हुने सो प्रतियोगितामा आठ देशको सहभागिता रहने छ । प्रतियोगितामा आयोजक नेपाल, युएई, हङकङ, ओमान, सिंगापुर, बहराइन र उप–क्षेत्रीय छनोटबाट आउने दुई राष्ट्रबीच प्रतिस्पर्धा हुनेछ । 

May be an image of text

उपक्षेत्रीय छनोट क्वालिफायरलाई दुई समुहमा विभाजन गरिएको छ । जुलाईमा मलेसियामा आयोजना हुने क्वालिफायर ‘बी’ मा आयोजक मलेसिया सहित थाईल्यान्ड, चीन, भुटान र म्यानमारको सहभागिता रहेको छ भने क्वालिफायर ‘ए’ को प्रतियोगिता सेप्टेम्बरमा कतारमा आयोजना हुदैछ । यस समूहमा आयोजक कतार सहित साउदी अरेविया, कुवेत र माल्दिभ्सको सहभागि हुनेछन् । 

आइसिसीको नयाँ नियम अनुसार अब टी–२० विश्वकपमा २० टोलीको सहभागिता रहनेछ ।

सन् २०२२ को टी–२० विश्वकपमा जम्मा १६ टोलीले अवसर पाएका थिए । तर आइसिसीको नयाँ नियम अनुसार अब टी–२० विश्वकपमा २० टोलीको सहभागिता रहनेछ । जहाँ पछिल्लो विश्वकपको उत्कृष्ट १२ टोली सोझै विश्वकपका लागि छानिनेछ भने बाँकीका ८ टोलीले आ–आफ्नो क्षेत्रीय प्रतियोगिताबाट छनौट पार गर्नुपर्नेछ । सोही क्षेत्रीय प्रतियोगिताअन्तर्गत नेपालले एसिया क्षेत्रको प्रतियोगिता आयोजना गर्ने अधिकार प्राप्त गरेको हो । 

May be an image of crowd and text that says 'CAN'

सन् २०२२ को टी–२० विश्वकपमा उत्कृष्ट १२ भित्र पर्न सफल भएका टोलीहरु अष्ट्रेलिया, इंग्ल्यान्ड, भारत, पाकिस्तान, नेदरल्यान्डस, श्रीलंका, न्युजिल्यान्ड, दक्षिण अफ्रिका, बंगलादेश र अफगानिस्तान हुन्, भने आयोजकका नाताले वेस्ट इन्डिज र अमेरिका पनि छनोट भएका छन । आइसीसीको नियमअनुसार विश्वकपका लागि एसिया, अफ्रिका, युरोपबाट २–२ टोली छानिने छन् भने अमेरिका र ईष्ट एसिया प्यासिफिकबाट एक–एक राष्ट्रको सहभागिता रहनेछ ।

एसिया क्षेत्रीय छनोटमा सहभागी हुने ६ टोलीविरुद्ध नेपालको टी–२० इतिहास औसत रहेको छ ।

एसिया क्षेत्रीय छनोटमा सहभागी हुने ६ टोलीविरुद्ध नेपालको टी–२० इतिहास औसत रहेको छ । ओमानसँग नेपालले कुल चार खेल खेल्दा तीन खेलमा जित र एक खेलमा हार व्यहोरेको छ । यस्तै हङकङसँग नेपालले खेलेका पाँच खेलमध्ये दुई खेलमा जित र तीन खेलमा हार व्यहोरेको छ । त्यस्तै युएईविरुद्ध नेपालले खेलेका पाँच खेलमध्ये दुई खेलमा जित र तीन खेलमा हार व्यहोरेको छ । यसैगरी सिंगापुरविरुद्ध एक खेलमा जित र अर्को खेलमा हार व्यहोरेको छ । बहराइनविरुद्ध भने नेपालले अहिलेसम्म टी–२० अन्तर्राष्ट्रिय खेल खेलेको छैन ।

Logo