विश्वकप क्रिकेटको ग्लोबल छनोटः जिम्बावेविरुद्धको खेलमा नेपालको रणनीति कस्तो होला ? [भिडियाेसहित]

विश्वकप क्रिकेटको ग्लोबल छनोटः जिम्बावेविरुद्धको खेलमा नेपालको रणनीति कस्तो होला ? [भिडियाेसहित]

केन्द्रबिन्दु
0
Shares

नेपालले मुख्य प्रशिक्षक मोन्टी देशाईको आगमनपछि अहिलेसम्म २० खेल खेलेको छ। जसमध्ये १५ खेल जित्न सफल भएको छ भने तीन खेलमा हार र दुई खेल नतिजाविहिन टुङगिएको छ ।

नेपालले ८ खेलमा निरन्तर जित मात्र हासिल गर्‍यो । २० खेलमध्ये नेपालले केही खेल घरेलु मैदानमै खेल्यो भने केही खेल विदेशी मैदानमा गएर खेल्यो। 

घरेलु मैदानमा अभ्यस्त भइसकेको नेपाली क्रिकेट टोली अहिले एक दिवसीय विश्वकप छनौट खेल्न जिम्बावेमा रहेको छ। जिम्बावे जानुअघि नेपाली टोलीले दक्षिण अफ्रिकामा २ अभ्यास खेल खेल्यो तर दुबैमा हार व्यहोर्यो। दक्षिण अफ्रिका भ्रमण लगतै जिम्बावे पुगेको नेपाली टोली त्यहाँ पनि पहिलो खेलमै हार भोग्न  बाध्य भयो ।
 
घरेलु मैदानमा अभ्यस्त भइसकेको नेपाली क्रिकेट टोली अवे खेलमा निरन्तर हारिरहँदा विश्वकपको यात्रामा आशंका सुरु भएको छ। मानिसहरु खेलाडीहरुलाई नेपालको मैदानभन्दा बाहिर खेल्नै नजान्ने, अभ्यास खेल हो भनेर हेलच्याँक्राईं गर्ने, ब्याटिङमा समस्या यथावत रहेको, बलिङ नै राम्रो नरहेको जस्ता टिकाटिप्पणी गरिरहेका छन्। 

नेपालले दक्षिण अफ्रिका भ्रमणको क्रममा पहिलो अभ्यास खेलमा स्कटल्यान्डसँग ७ विकेटले पराजित भएको थियो। यस्तै दोस्रो तथा अन्तिम अभ्यास खेलमा नेपाल नेदरल्यान्ड्ससँग ५ विकेटले पराजित भयो। 

नेपालले खेलेका ती दुबै खेलमा नेपालको ब्याटिङ चलेन । पहिलो खेलमा नेपालका लागि आसिफ शेख, कुशल भुर्तेल र दीपेन्द्र सिंह ऐरी बाहेक कसैले पनि दोहोरो अंकमा रन बनाउन सकेनन्।

यस्तै दोस्रो अभ्यास खेलमा कप्तान रोहित पौडेलले ३० रन र प्रतिश जिसीले १९ रन ल्याउनु बाहेक अन्य कुनै पनि खेलाडीले उल्लेख्य योगदान दिए सकेनन् । दक्षिण अफ्रिका भ्रमण सकिएर जिम्बावे फर्किएको नेपाली टोलीले पहिलो वार्मअपमा परम्परागत प्रतिद्वन्द्वी यूएईसँग ३ विकेटको हार भोग्यो। 

अर्कोतर्फ नेपाली क्रिकेट टोली भने निरन्तर हारका कारण असार ३ गते सुरु हुने प्रतियोगितामा कमजोर मानसिकताका साथ मैदान उत्रने हो कि भन्ने आशंका छ ।

टेष्ट मान्यता प्राप्त राष्ट्र जिम्बावेविरुद्ध पहिलो पटक भिड्न लागेको नेपाली टोलीको मनोबल उच्च पार्न बिहीबारको दोस्रो वार्मअफ खेल निकै महत्वपूर्ण हुनेछ। यदि विहिबार हुने खेलमा जित हात पार्न सके टोलीको मनोबल बढ्ने जानकारहरु बताउँछन। 

विश्वकप छनौटको समूह ए मा रहेको नेपालले आयोजक जिम्बावेसहित वेष्टइण्डिज, नेदरल्याण्डस् र अमेरिकासँग प्रतिस्पर्धा गर्नेछ। समूह बीमा श्रीलंका, आयरल्यान्ड, स्कटल्यान्ड, ओमान र यूएई छन्। फाइनलमा पुग्ने दुई देशले भारतमा हुने विश्वकपमा स्थान बनाउनेछन्। 

Skip This
Skip This
Logo