काठमाडौं महानगरका मेयर बालेन शाहले पछिल्लो केही सातायता धेरै उल्लेख्य कार्यहरु गर्दै आएका छन्। मेयर बनेपछि महानगरमा धेरै परिवर्तनहरु गर्दै आएका बालेनलाई नेपाली राजनीतिमा परिवर्तनको संवाहकका रुपमा चिनिन थालिएको छ।
महानगरलाई हरेक क्षेत्रमा अब्बल बनाउन कम्मर कसेर अघि बढिरहेका मेयर बालेनले हालै मात्र दर्जनभन्दा बढी सुधार र विकासका कामहरु गरेका छन् ।
मेयर बालेन शाहले साताको पहिलो दिन नै उदाहरणीय कामका रुपमा बिजुली बजारस्थित आर्कब्रिजमा सयौंको सङख्यामा फूलहरु रोपेर वातावरण नै मनमोहक बनाएका थिए। सफा सुन्दर र रमणीय महानगर बनाउने उद्देश्यसहित अघि बढी रहेका मेयर बालनेले यसै साता मात्रै विभिन्न स्थानमा १० हजारभन्दा बढी फूलका विरुवाहरु रोपिसकेका छन्।
दोेस्रो कामका रुपमा मेयर बालेनले महानगरपालिका भित्र सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गर्न आफैंले परीक्षा लिने भनि सामाजिक सञ्जालमा सुचना सार्वजनिक गरेका थिए। उनले शिक्षा ऐन, २०७५ तथा शिक्षा नियमावली, २०७४ मा व्यवस्था भए बमोजिम कक्षा ११ का विद्यार्थीका लागि शैक्षिक सत्र २०८०/०८१ देखि महानगर आफैंले छात्रवृत्ती परीक्षा सञ्चालन गर्ने भनि जनाएका थिए।
यसैगरी तेस्रो महत्वपूर्ण कामका रुपमा मेयर बालेनले बहुचर्चित जग्गा घोटला काण्डको रुपमा परिचित बालुवाटारमा रहेको ललिता निवासको सरकारी जग्गा संरक्षण गर्न नगर प्रहरीलाई निर्देशन दिएका थिए। निर्देशन बमोजिम महानगर प्रहरी प्रमुख राजुनाथ पाण्डे नेतृत्वको जम्बो टोली ललिता निवासको जग्गामा तारबार लगाउन भनी गएको थियो तर टहरा र जग्गामा राखिएको सामानहरु हटाउन महानगरले सात दिने अल्टिमेटम दिएको छ।
यसैगरी मेयर बालेन शाहले गरेको चौथो परिवर्तनको कामका रुपमा हनुमानढोका दरबार क्षेत्रको मौलिकता र सौन्दर्यको जगेर्ना गर्न सवारी आवतजावतमा रोक लगाएका थिए। केहीदिन अघि मात्रै महानगरले विश्व सम्पदामा सूचीकृत हनुमानढोका दरबार क्षेत्रमा सवारी छिर्न नदिने बताउँदै आएको थियो। सोही उद्देश्यलाई परिपुर्ति गर्न मेयर बालेनले हनुमानढोका क्षेत्रमा सवारी आवतजावतमा रोक लगाएका हुन्।
यसैगरी मेयर बालेन शाहले गरेको अर्को उदाहरणीय कार्यका रुपमा कक्षा ११ मा छात्रवृत्ति कोटा निर्धारण गरेर त्यसको विवरण बुझाउन निजी शिक्षण संस्थालाई निर्देशन दिएका छन्। यसैबीच काठमाडौं महानगरले माध्यमिक शिक्षा परीक्षा एसइईको नतिजा सार्वजनिक भएको मितिबाट कम्तीमा १५ दिनसम्म आवेदन दिनसक्ने गरी कक्षा ११ वा सो सरहका तहमा भर्ना कार्यक्रम तय गर्न सबै शिक्षण संस्थालाई निर्देशन दिएको छ।
मेयर बालेन शाहले गरेको उदाहरणीय कार्यका रुपमा महानगरको स्वीकृति बिना सरकारी जग्गा लिजमा लिनेदिने कार्य नगर्नलाई पनि लिन सकिन्छ । उनले नेपाल सरकारको हक, स्वामित्व, नियन्त्रण वा अधीनमा रहेको सरकारी जग्गाको संरक्षणसम्बन्धी काम कारबाहीलाई काठमाडौं महानगरपालिकाले उच्च प्राथमिकता राखेको जानकारी पनि दिएका छन्।
यसैगरी शनिबार मात्रै मेयर बालेन शाहले महानगरपालिका अर्न्तगत सञ्चालित संस्थागत शिक्षण संस्थामा शैक्षिक सत्र २०८०/८१ मा कक्षा ११ मा छात्रवृत्तिमा अध्ययन गर्न चाहने विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्नका लागि परीक्षा सञ्चालनको मिति सार्वजनिक गरेका छन्। आवेदन अनुसार, अनलाईन आवेदन फाराम भर्नाको लागि मिति असार २८ गते विहान १० बजेदेखि साउन १२ गते बेलुका ५ बजे सम्मको समय तोकिएको छ।
यस्तै, छात्रवृत्तिका लागि परिक्षा सञ्चालन हुने मिति साउन २० गते विहान ११ बजेदेखि तोकिएको छ। परिक्षामा सोधिने प्रश्न, विषय र क्षेत्र माध्यमिक तह कक्षा १० को पाठ्यक्रममा आधारित १ सय वटा बहुवैकल्पिक वस्तुगत हुने पनि मेयर शाहले जानकारी गराएका छन्।
त्यसैगरी, विद्यालयगत छात्रवृत्तिको कोटा र परिक्षा केन्द्र सम्बन्धी अन्य विवरण भने पछि प्रकाशन हुने जानकारी मेयर बालेनले दिएका छन्। मेयर बालेन शाह महानगरको कामसँगै सामाजिक सञ्जालमा राजनीतिक नेताहरुमाथि पनि खरो रुपमा उत्रिँदै आएका छन्।
मेयर बालेन शाहले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को वक्तव्यलाई ब्यङग्य गर्दै प्रधानमन्त्री बनाउने सांसदहरूमाथि नै शंका लागेको बताएका छन्। बिहीबार सामाजिक सञ्जालमार्फत बालेनले सरकारमा दिल्लीको आदेश मान्ने सांसदहरुको बहुमत रहेको पनि आरोप लगाएका छन्।
उनले देश भारतीय गुलामहरुले चलाईरहेको र आफूमात्र विरोधमा रहेको बताएका छन्। उनले स्टाटसमा अरु सबै मरेको लाश हो? भन्दै प्रश्नसमेत गरेका छन्।
त्यसअघि उनले नेपाली कांग्रेसका महामन्त्री गगन थापालाई बोलेको कुरा पूरा गर्न चुनौती दिएका थिए। महानगर प्रमुख बालेनले कांग्रेस महामन्त्रीले एक कार्यक्रममा झोला बोकेर प्राध्यापक, कर्मचारी र विद्यार्थी विश्वविद्यालय छिर्न पाइँदैन भनेको भन्दै अब महानगर शिक्षण संस्था,कार्यालय सबैतिर कांग्रेसको भ्रातृ संगठन नभएको रुपमा लिने बताएका छन्।
आफ्नै बोलीलाई पूरा गर्न सांसदसमेत रहेका महामन्त्री थापालाई बालेनले चुनौती पनि दिएका थिए। मेयर बनेदेखि नै विभिन्न सुधारका कामहरू गर्दै आएका मेयर बालेन महानगरका निम्ती परिवर्तनका संवाहक नै सावित भइसकेका छन्।





























प्रतिक्रिया