एक वर्षे कार्यकालमा को को हुन् उत्कृष्ट सात सफल मेयर ? [भिडियाेसहित]

एक वर्षे कार्यकालमा को को हुन् उत्कृष्ट सात सफल मेयर ? [भिडियाेसहित]

केन्द्रबिन्दु
0
Shares

२०७९ सालको स्थानीयतह निर्वाचनले नेपाली राजनीतिमा एक प्रकारको तरंग नै ल्यायो। निर्वाचनमा अत्यधिक मत ल्याएर विजयी भएका स्वतन्त्र उम्मेदवारहरुको उदयले राजनीतिप्रति वितृष्णा जागेका युवाहरुलाई आकर्षित मात्र गरेनन्,दशकौं देखि एकछत्र राज गरिरहेका पुराना राजनीतिक दलहरुलाई तिरीमिरी बनाइदिए।

स्थानीय निर्वाचनमा निकै नै चर्चा पाएर विजयी भएका काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह,धरानका हर्क साम्पाङ तथा धनगढीका गोपाल हमालबाट प्रेरित भई नयाँ राजनीतिक दलहरुको उदय र ऐतिहासिक विजय समेत प्राप्त भयो।

फलस्वरुप प्रदेश तथा संघीय निर्वाचनमा पनि प्रचुर मात्रामा स्वतन्त्र उम्मेदवारहरुको इन्ट्री भयो। जनताको नजरमा राम्रा मानिएका कतिपय पुराना मेयरहरु भने पुनः विजयी भए। कतिपयले भने आफ्नो एक वर्षे कार्यकालमा निकै राम्रा काम र परिवर्तन ल्याएर जनताको गुनगान र चर्चा पाइरहेकै छन्। आज हामी देशभरीका ७ सय ५३ मेयरहरुमध्ये काम गरेर चर्चामा आएका र जनताको वाहवाही पाएका केही मेयर बारे कुरा गर्दैछौँ। 

१.बालेन शाह, काठमाडौं महानगर

काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साह ‘बालेन’ चर्चासँगै विवादमा तानिरहने पात्रमा पर्छन्। बालेन नगरप्रमुख भएको एक वर्षको अवधिमा उनले चर्चा र आलोचना दुवै खेपेका छन्। अनधिकृत संरचनामा डोजर चलाउँदा होस् या फुटपाथको व्यवस्थापनमा, उनको प्रसंशा र आलोचना दुवै भयो। महानगरवासीका धेरै अपेक्षामध्ये बालेनले एक वर्षको अन्तरालमा गरेका केही कार्यले भने काठमाडौँवासी उत्साहित देखिन्छन्।

बालेनले प्रमुख पदमा रहँदा एक वर्षको समयमा निकै सकारात्मक काम गरेर चर्चामै रहे। मेयरमा निर्वाचित भएसँगै उनले होटल, रेस्टुराँ, वित्तीय संस्थालगायतका शौचालय पनि सार्वजनिक रूपमा प्रयोग गर्न मिल्ने व्यवस्था गराए।

यही एक वर्षको अन्तरालमा सङ्घीय सरकारको मुख्य प्रशासनिक केन्द्र सिंहदरबारको फोहोर नउठाउने निर्णय,फुटपाथ व्यवस्थापन र त्यस क्रममा फुटपाथमा व्यापार गर्नेहरूमाथि नगर प्रहरीले गरेको व्यवहार, भूमिगत पार्किङमा बनेका संरचना भत्काउन थालेपछि केही आलोचित बनेपनि धेरैले उनको यस कार्यमा साथ दिए।

अनधिकृत संरचनामा डोजर चलाउँदा होस् या फुटपाथको व्यवस्थापनमा,उनको प्रसंशा र आलोचना दुवै भयो। महानगरवासीका धेरै अपेक्षामध्ये बालेनले एक वर्षको अन्तरालमा गरेका केही कार्यले भने काठमाडौँवासी उत्साहित देखिन्छन्।

काठमाडौँका सडकमा हुने अव्यवस्थित पार्किङलाई हटाउनु निकै राम्रो कार्य मान्न सकिन्छ। अहिले दरबारमार्ग, बानेश्वरलगायतका मुख्य क्षेत्रमा हुँदै आएको अव्यवस्थित पार्किङ हटाइएको छ; जसले पैदलयात्रीलाई सहज भएको देखिन्छ। दशकौँ अगाडिदेखि टुकुचा खोला खोज्ने र खोलामाथि बनेका संरचना भत्काउने कार्य अघि बढाउने बालेनको अर्को महत्वपूर्ण कार्य हो।

लामो विवाद, पटक पटक उजुरी र फैसलासँगै उच्च अदातल, पाटनले टुकुचा खोलालाई प्राकृतिक स्वरूपमा खुला कायम गर्ने विकल्पलाई स्पष्ट रूपमा मान्यता दिइसकेको छ। काठमाडौँ महानगरलाई नै कुरूप बनाउने गरी यत्रतत्र छरिएर रहेका अव्यवस्थित तार, ठुलाठुला होडिङ बोर्ड हटाउने निर्णयले पनि बालेन लोकप्रिय बने। यद्यपि अझै पनि बालेनबाट महानगरवासीका धेरै अपेक्षा छन्। जुन अपेक्षा पूरा गर्न बालेनले आफ्ना गतिलाई अझ बढाउनुपर्ने र कतिपय सुरु गरेका कामलाई पूर्णता र निरन्तरता दिँदै अगाडि बढ्नुपर्ने चुनौती पनि उनीसामु छन् । 

२.हर्क साम्पाङ
धरान उपमहानगरको नेतृत्व सम्हालेयताको एक वर्षपछिपनि मेयर हर्क साम्पाङ निरन्तर समाचारमा छाइरहेका छन्। भुइमान्छे उपनाम पाएका मेयर साम्पाङ सकारात्मक कामका लागि स्याबासी पाउनुका साथै विवादको भुंग्रोमा पनि परिरहन्छन् ।

स्याबासी र विवादको पात्र बनिरहने मेयर साम्पाङले यस बीचमा गरेका राम्रा कामको चर्चा धेरे छ। करिब १० वर्ष अभियन्ता बनेर दौडेका हर्कले  गत वर्षको वैशाखमा भएको स्थानीय चुनावमा राखेको आफ्नो मुख्य एजेन्डा धरानको खानेपानीलाई सफल बनाउँदैछन्।

साथैसाम्पाङले धरानमा दुइटा अभियान सँगै अघि बढाइरहेका छन्। पहिलो, श्रम अभियान र अर्को लागुऔषधविरोधी अभियान। आफ्नो पृष्ठभूमि नै अभियन्ताको भएको बताउने उनी अभियानहरू निरन्तर जारी राख्ने बताउँछन्।

आर्थिक अनियमिततामा नमुछिनु, सुविधा भोगी नहुनु र आफ्नो मुख्य चुनावी प्रतिवद्धता (खानेपानी ल्याउने योजना) पूरा गर्न दिनरात नभनी खटिनु र हजारौं सर्वसाधारणलाई त्यसमा एकाकार गराउन सक्नु नै मेयर साम्पाङको अहिलेसम्मको मुख्य सफलता हो। 

करिब १० वर्ष अभियन्ता बनेर दौडेका हर्कले  गत वर्षको वैशाखमा भएको स्थानीय चुनावमा राखेको आफ्नो मुख्य एजेन्डा धरानको खानेपानीलाई सफल बनाउँदैछन्।

३.गोपाल हमाल
धनगढीमा गोपाल हमाल गत स्थानीय निर्वाचनमा मेयरका उम्मेदवार बन्दा सुदूरपश्चिम प्रदेशको राजधानी धनगढी उपमहानगरको चर्चा देशैभरी चलेको थियो। अघिल्लो चुनावमा पराजित हमाल फेरि स्वतन्त्र उम्मेदवार बनेर प्रतिस्पर्धामा थिए। मेयरको चुनावमा हमालको मुख्य नारा थियो। धनगढीलाई मोडल नगर बनाउनु र भ्रष्टाचार शुन्यमा झार्नु। मिडियामा त्यति चर्चामा आउन नचाहने धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालका केही उत्कृष्ट कार्यहरूले जनताको वाहवाही पाइरहेका छन्।

कार्यकालको एक वर्षमा उनले घरभित्र सर्प पसे समात्न तालिम प्राप्त नगर प्रहरीको व्यवस्था गरेका छन् । आमा सुरक्षा र रातिको समयमा बिरामी भए अस्पताल आउन निःशुल्क एम्बुलेन्स, मृतकलाई अस्पतालबाट लैजान निःशुल्क शव वाहन, नगर प्रहरी, २४ सैं घण्टा एम्बुलेन्स र दमकल सेवा,अपाङ्गता भएकालाई खोजीखोजी सहयोगी सामग्री प्रदान गर्ने सेवाले उनलाई सर्वसाधारणसँग नजिक बनाएको छ।

धनगढीको मुख्य सडक विस्तार,डुबान रोक्न जग्गा खाली गर्ने अभियान, हरेक वडामा विशेषज्ञ डाक्टर सहितको क्लिनिक,ज्येष्ठ नागरिकको सेवा,दिउँसो हरियो, राति उज्यालो सडक,प्लास्टिक प्रतिबन्ध, विकल्पको जोहो,व्यवस्थित ठेला र सडक व्यापार,सरसफाइ अभियान, हरित धनगढी अभियानमा आम जनसहभागिता, प्रदेश र संघीय सरकारसँग समन्वय कायम आदि उनका मुख्य काम हुन्।

धनगढीको ६ लेनको सडक पूरा भएपछि आफूखुसी जताततैबाट बाटो काट्ने क्रमको अन्त्यका लागि उनले सडकै खादा लगाइदिने काम गरे। जसको केहीले प्रशंसा गरे भने केहीले आलोचना पनि गरे। तर अहिले सडकको मेडियम नाघेर हिँड्ने पैदलयात्री बिरलै मात्रै देखिन्छन्। 

धनगढीको मुख्य सडक विस्तार,डुबान रोक्न जग्गा खाली गर्ने अभियान, हरेक वडामा विशेषज्ञ डाक्टर सहितको क्लिनिक,ज्येष्ठ नागरिकको सेवा,दिउँसो हरियो, राति उज्यालो सडक,प्लास्टिक प्रतिबन्ध, विकल्पको जोहो,व्यवस्थित ठेला र सडक व्यापार,सरसफाइ अभियान, हरित धनगढी अभियानमा आम जनसहभागिता, प्रदेश र संघीय सरकारसँग समन्वय कायम आदि उनका मुख्य काम हुन्।

४.रेनु दाहाल
२०७४ सालको स्थानीय निर्वाचनअघि रेनु दाहालको परिचय ‘प्रचण्डपुत्री’का नाममा मात्रै थियो। स्थानीय तहको निर्वाचन हुने भएपछि रेनु दाहालको नाम एकाएक चर्चामा आयो। उनी भरतपुर महानगरपालिकाकी मेयर बनेपछि भरतपुरको विकासका लागि हरसम्भव प्रयत्न गरिन्। पाँच वर्षको निरन्तर खटाइ र गरेको कामका कारण भरतपुरका मतदाता माझ रेनु लोकप्रिय बनिन्। आफ्नै पहिचान र परिचय बनाइन्।

६ वर्ष अघिसम्मको भरतपुरको दृश्य हेर्ने हो भने विकासमा यो सहरमा सुस्त जस्तै थियो। नजिकका नयाँ शहरहरुले विकास र पूर्वाधारको क्षेत्रमा फड्को मारिरहँदासमेत भरतपुरसँग कुनै विकासको मोडेल थिएन। अव्यवस्थित शहर, नारायणी तटबन्धले वर्षेनि बेहोर्नुपर्ने हैरानीले भरतपुरवासीलाई सधैँ बिझाइरहन्थ्यो। साबिकका भरतपुर क्षेत्र, नारायणी नगरपालिका, चितवन नगरपालिका र कविलास गाउँविकास समितिलाई गाभेर २०७३ फागुनमा राज्य पुनर्संरचना आयोगले यस क्षेत्रलाई स्तरोन्नति गर्दै भरतपुर महानगरपालिका घोषणा गरिदियो।

आफ्नो पहिलो कार्यकालमा उनले महानगरभित्रका अधिकांश सडक कालोपत्रे गर्ने, नारायणी नदीमा तटबन्ध निर्माण,योजनाको अनुगमन र नयाँ योजना निर्माण गर्दै बजेटको लागि ताकेता गर्ने कामहरु गरिन्। जनताको मनमा भिजिन् र २०७९ को स्थानीय निर्वाचनमा पुनःमेयरमा विजयी भइन्। 

नारायणी तथा राप्ती नदी नियन्त्रण,शैक्षिक गुणस्तर अभिवृद्धिका लागि प्रत्येक वडामा एक नमुना विद्यालय विकास, एमबीबीएस पढ्ने भरतपुरका विद्यार्थीलाई लगभग ४० हजार छात्रवृत्ति, तारहरूलाई भूमिगतगर्ने योजना, नारायणी नदीमा सिक्नेचर पुल, नारायणी नदी किनारलाई ‘सी बीच’ मोडलमा रूपान्तरण जस्ता आयोजनाहरू निरन्तर चलिरहेका छन्।

वर्षौंसम्म भोगाधिकार पाउन नसकेका भरतपुर महानगरपालिका- २ का ४६ घरधुरी भूमिहीन दलित परिवारलाई रेनुले लालपुर्जासमेत वितरण गरेकी छिन्। हालसालै स्वीट्जरल्याण्ड सरकारले पर्यटन, धार्मिक र सांस्कृतिक सम्पदा व्यवस्थापनका लागि भरतपुर महानगरलाई स्विस टुरिजम अवार्ड-२०२३ को उत्कृष्ट गन्तव्यका रूपमा छनोट गरेको छ। स्विट्जरल्याण्ड सरकारले मेयर दाहाललाई स्विट्जरल्याण्डको औपचारिक भ्रमणको निम्तो समेत दिएको छ।

आफ्नो पहिलो कार्यकालमा उनले महानगरभित्रका अधिकांश सडक कालोपत्रे गर्ने, नारायणी नदीमा तटबन्ध निर्माण,योजनाको अनुगमन र नयाँ योजना निर्माण गर्दै बजेटको लागि ताकेता गर्ने कामहरु गरिन्। जनताको मनमा भिजिन् र २०७९ को स्थानीय निर्वाचनमा पुनःमेयरमा विजयी भइन्। 

५.चिरीबाबु महर्जन
देशमा युवापुस्ताको लहर चलिरहँदा ललितपुरवासीले भने गत स्थानीय निर्वाचनमा पाका प्रतिनिधिलाई रोजे। २०७४ सालको स्थानीय निर्वाचनमा मेयर बनेका चिरिबाबु महर्जनलाईदोस्रोपटक पनि ललितपुरवासीहरुले भारी मतले जिताए।

यसअघिको कार्यकालमा उनले ललितपुर महानगरपालिका सामुन्ने रहेको समय फल्चालाई जीवित राख्न सफल भएका थिए। लालीगुराँस सहकारी संस्थाले खोसेको फल्चालाई पुरानो फोटोको आधारमा मुद्दा लडेर उनले फिर्ता ल्याएका थिए।

त्यसबाहेक ललितपुरमा साइकल लेन विस्तार, सम्पदा संरक्षण, महानगरको नगर प्रहरी व्यवस्थापन, क्लिन ललितपुरलगायत कार्य गरेका थिए। पुनः निर्वाचित भएर आएपछि पुरानासँगै नयाँ योजनाका कामलाई अघि बढाउन उनी सक्रिय छन्।

६. खेलराज पाण्डेय
बुटवल उपमहानगरपालिका प्रमुख खेलराज पाण्डेय बुटवलबासीमाझ वर्षौदेखिको परिचित नाम हो । बुटवलका टोल–टोलमा परिचित मेयर पाण्डेय बुटवलको विकासका पर्याय मानिन्छन् । पाण्डे कांग्रेसभित्र मात्रै होइन बुटवल बासीमाझ नै  सरलस्वभावका नेताको रुपमा परिचित छन्।

पदमा हुँदा र नहुँदाका अवस्थामा पनि उनी समग्र नगरबासीको सुखदुखमा सरीक हुने जनताको घरदैलोमा निरन्तर पुगिरहने र सादा जीवन र सहज स्वभावका कारण उनी पार्टी भित्र र बाहिर पनि लोकप्रिय छन्।पाण्डेको एक वर्षको उपलब्धिमा अस्पताल निर्माण, पशु बधशाला निर्माणजस्ता ठूला योजनादेखि परिचयपत्र वितरण तथा नियमित बैठक,बुटवल-१५ सेमलारमा कृषि बजार केन्द्र स्थापना,सार्वजनिक स्थानहरुको नियमित तथा विशेष सरसफाई अभियान सञ्चालन आदि छन्।

यस्तैगरी, सडक क्षेत्रमा अव्यवस्थित रुपमा रहेका विद्युत्, इन्टरनेट, केवलका तारहरुले सहरको सौन्दर्य बिगारेका कारण व्यवस्थित गर्ने काम निरन्तर सञ्चालन भइरहेको, चार प्रकारका जटिल रोगहरु मृगौला प्रत्यारोपण गरेका,डायलाईसिस गरिरहेका, क्यान्सर रोगी र मेरुदण्ड पक्षघात भएका १ सय ९० जना बिरामीहरुलाई मासिक ५ हजार,जटिलरोग अनुदान सहयोग कार्यक्रमअन्तरगत १ सय ४५ जनालाई प्रतिबिरामी १७ हजार बिरामीकै बैंक खातामा उपलब्ध गराउने कामहरु सम्पन्न भएका छन् ।

७.राजेशमान सिंह

चर्चामा रहेका र जनताको वाहवाही पाएका अर्का मेयर हुन् वीरगञ्ज महानगरपालिकाका राजेशमान सिंह। यो वर्षको अवधिमा वीरगंज महानगरले सेवा प्रवाहमा निकै सुधार गरेको छ।सेवाग्राहीको बढी भिड हुने कोठामा एसी जडान,खानेपानी र बस्ने बेन्च अनि सहजताका लागि डिजिटल टोकन प्रणाली समेत लागू भएको छ।

समयमा फोहोर नउठ्ने,सडक गल्ली तथा घरबाट फोहोरसङ्कलन नहुने समस्या करिब करिब समाधान भएको वीरगंजवासी बताउँछन्। फोहोर व्यवस्थापन अझ प्रभावकारी बनाउन सफा नेपाल एप प्रयोगमा ल्याई सरसफाइको गुनासो मोबाइल,ल्यापटपबाट सोझै दिन सकिने व्यवस्था समेत गरेको छ।हरियाली सहर बनाउनका लागि बाइपास,घण्टा घर,मितेरी पुल प्रवेशद्वार, डूाइपोर्टलगायतका स्थानमा करिब पाँच हजार बोटबिरुवा रोपिएको छ भने घण्टा घरदेखि पावरहाउससम्मका सडक बिचको डिभाइडरमा तीन तह हुने गरी वृक्ष तथा फूल रोप्ने कार्य गरिरहेको छ।

जनशक्ति थप गरी फुटपाथ अवरोध गर्ने छाडा चौपाया नियन्त्रण लिने काम भएको छ।महानगरले ट्राफिक व्यवस्थापनमा उल्लेख्य सुधार गरेको छ।सिंहको एक वर्ष कार्यकालमा भएका कामहरुले उनी सञ्चारमाध्यममा बारम्बार छाइरहन्छन्। 

Logo