केन्द्रबिन्दु एक्सप्रेसः गहिँरिदै सुन प्रकरणमा पक्राउ पर्ने १६ पुगे, २ लाख ३७ हजार श्रमिक सामाजिक सुरक्षा योजनामा [भिडियाे]

केन्द्रबिन्दु एक्सप्रेसः गहिँरिदै सुन प्रकरणमा पक्राउ पर्ने १६ पुगे, २ लाख ३७ हजार श्रमिक सामाजिक सुरक्षा योजनामा [भिडियाे]

केन्द्रबिन्दु
0
Shares

एक क्विन्टल सुन तस्करी प्रकरणमा त्रिभुवन विमानस्थल भन्सार कार्यालयका ३ जना कर्मचारी र ३ जना भन्सार एजेन्ट पक्राउ परेका छन्। राजस्व अनुसन्धान विभागको विशेष टोलीले आइतबार उनीहरूलाई पक्राउ गरेसँगै सुन तस्करी प्रकरणमा पक्राउ पर्नेको संख्या १६ जना पुगेको छ।

प्रधानमन्त्री पुष्पकमल दाहालप्रचण्ड आइतबार इटली पुगेका छन् ।साउन ८ देखि १० गतेसम्म आयोजना हुने संयुक्त राष्ट्रसंघको खाद्य प्रणाली सम्मेलनमा सहभागी हुन इटालीको रोम पुगेका प्रचण्डले उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्कालाइ आफ्नो दैनिक प्रशासनिक काय सुम्पिएका छन्।

राजस्व अनुसन्धान विभागको विशेष टोलीले आइतबार उनीहरूलाई पक्राउ गरेसँगै सुन तस्करी प्रकरणमा पक्राउ पर्नेको संख्या १६ जना पुगेको छ।

राष्ट्रपति रामचन्द्र पौडेल र चिनियाँ कम्युनिष्ट पार्टीका केन्द्रीय कमिटीका राजनीति ब्यूरो सदस्य युआन च्या च्युनबीच शिष्टाचार भेटवार्ता भएको छ। नेपालको तीन दिने भ्रमणका लागि काठमाडौंमा रहेका युआनले राष्ट्रपति पौडेलसँग आइतबार भेटवार्ता गरेका हुन् ।

अब विदेश भ्रमणमा जाने नेपालीले २ हजार ५ सय अमेरिकी डलरसम्मको विदेशी मुद्रा सटही गर्न पाउने भएका छन्। विदेशी मुद्रा सञ्चितिमा सुधार आएसँगै राष्ट्र बैंकले आइतबार विदेश भ्रमणमा जानेलाई सटही सुविधाको सीमा बढाइदिएको हो।

वैदेशिक रोजगारीमा रहेका २ लाख ३७ हजार भन्दा बढी श्रमिकहरू सामाजिक सुरक्षा योजनामा आबद्ध भएका छन्। २०७९ चैत ८ गतेपछि हालसम्म २ लाख ३७ हजार ८२० जना श्रमिक उक्त योजनामा आबद्ध भएकाछन्। महिनामा ५० हजारको हाराहारीमा श्रमिकहरू सामाजिक सुरक्षा योजनामा आबद्ध हुने गरेका छन्।

विदेशी मुद्रा सञ्चितिमा सुधार आएसँगै राष्ट्र बैंकले आइतबार विदेश भ्रमणमा जानेलाई सटही सुविधाको सीमा बढाइदिएको हो।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीतिमा विभिन्न सात वटा लक्ष्य निर्धारण गरेको छ । शेयर धितो कर्जा, रियल स्टेट कर्जा तथा हायर पर्चेज कर्जाका विद्यमान जोखिम भारसम्बन्धी व्यवस्था पुनरावलोकन गरिने मौद्रिक नीतिमा उल्लेख छ। 

मौद्रिक नीति २०८०/८१ लाई सेयर बजारले न्यानो स्वागत गरेको छ। नेपाल राष्ट्र बैंकले मौद्रिक नीति सार्वजनिक गरेको दिन आइतबार सेयर बजार ६३.२४ अंकले बढेर २२२७.१६ विन्दुमा उक्लिएको छ। यो २.९२ प्रतिशतको वृद्धि हो।

अफ्रिकी मुलुक सुडानमा सरकारी सेना र बिद्रोही समुहबीचको भिडन्तमा १६ जनासर्वसाधारणको मृत्यु भएको छ। सुडानको डार्फरमा युद्धरत पक्षबीच भएको बमबारीमा १६ जना सर्वसाधारणको मृत्यु भएको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्।

अब विदेश भ्रमणमा जाने नेपालीले २ हजार ५ सय अमेरिकी डलरसम्मको विदेशी मुद्रा सटही गर्न पाउने भएका छन्।

नेपालका पौडीबाज नासिर याह्या हुसेनले जापानको फुकुओकामा आयोजना भएको वर्ल्ड एक्वाटिक च्याम्पियनसिपमा नयाँ राष्ट्रिय कीर्तिमान बनाएका छन्। नासिरले ४०० मिटर फ्रिस्टायलमा ४ मिनेटमा ८.२३ सेकेन्डमा नयाँ कीर्तिमान कायम गरेका हुन् ।

Logo