दोहोरी ब्याटलमार्फत चर्चामा आएका गायक प्रकाश सपुतले त्यसपछि सफलताका लागि पछाडि फर्किएर हेर्नुपरेको छैन। समाजका समस्यालाई गीतको माध्यमबाट कथानक शैलीमा पस्कन खप्पिस उनी बेला-बेला निकै राम्रो सिर्जना गरेर दर्शक तथा श्रोताको वाहवाही पाइरहेकै हुन्छन्।
त्यसो त सपुतलाई कतिपयले विवादको पर्याय भन्दै आलोचना समेत गर्ने गरेका छन्। त्यतिमात्र होइन उनलाई गीतको भ्युज बढाउन तथा चर्चामा आउन जानीजानी विवाद तुल्याउने सिर्जना गर्ने गरेको आरोप पनि लाग्ने गरेको छ।
सपूतका गीत आफैंमा सम्पूर्ण छोटा चलचित्र जस्ता लाग्छन्। बहुमुखी प्रतिभाका धनी सपुत गायनमा मात्रै होइनन कथा, पटकथा, लेखन, गीत, संगीत, अभिनय तथा निर्देशनको सबै विधामा जमेका छन्। त्यति मात्रै नभई उनी कुशल नर्तक पनि हुन्। ‘डाँडाघरे साइँली’ गीतमा उनले लोक भाकामा राम्रो नृत्य गरेका छन्। जति धेरै चर्चा त्यति नै विवादित पनि बन्दै आएका प्रकाश सपुत फेरी आफ्नो नयाँ गीत ‘दमाइ महाराज’ लाई लिएर विवादित बनेका छन्।
त्यसो त सपुतलाई कतिपयले विवादको पर्याय भन्दै आलोचना समेत गर्ने गरेका छन्। त्यतिमात्र होइन उनलाई गीतको भ्युज बढाउन तथा चर्चामा आउन जानीजानी विवाद तुल्याउने सिर्जना गर्ने गरेको आरोप पनि लाग्ने गरेको छ।
उनका गीतमा गीत, संगीत, कला, अभिनय, भव्य सेट, प्रस्तुति तथा मार्मिक कथा र मूलतः विभेदविरूद्धको सन्देश हुन्छ। केही दिनयता युट्युबमार्फत सार्वजनिक भएको ‘दमाइ महाराज’ लाई उनले आफ्नै गीत ’गलबन्दी’ र ’बोल माया’ को सिक्वेलका रूपमा प्रस्तुत गरेका छन्। ‘बोल माया’ मा वैदेशिक रोजगारी गएर बाकसमा फर्किएका बाबुको छोरा पनि बाबुजस्तै हुन्छ। एकदिन ऊ गाउँको मन्दिरमा पस्दा गाउँलेले लखेटेका हुन्छन्। यसरी सानो केटालाई लखेट्दा कहाँ पुग्छ भनेर त्यसमा देखाइएको हुँदैन। त्यही कथालाई जोडेको छ ‘दमाई महाराज’ले।
गाउँबाट लखेटिएको त्यही केटो कुनै धार्मिक शिक्षा दिने विद्यालय तथा ठाउँमा पुग्छ। हिन्दु धर्मका शास्त्र, ग्रन्थ, वेद पुराण आदि सबै पढ्छ र धार्मिक आस्था राख्ने सबैलाई ऊ शिक्षा तथा प्रवचन दिने व्यक्ति बन्छ।
केही दिनयता युट्युबमार्फत सार्वजनिक भएको ‘दमाइ महाराज’ लाई उनले आफ्नै गीत ’गलबन्दी’ र ’बोल माया’ को सिक्वेलका रूपमा प्रस्तुत गरेका छन्।
उनका गीतका भ्युजहरु हेर्दा उनी सफल छन्। शब्दमा उनी जातपात, अन्धविश्वासको विपक्षमा उभिन्छन्। तर कथानक लगेर त्यही अन्धविश्वासमा लगेर जोड्नाले उनी पटक-पटक विवादमा पर्ने गरेको कतिपयले टिप्पणी गरेका छन्। ’बोल माया’ को अपार सफलतापछि उनले कला क्षेत्रमा हुने यौन दुर्व्यवहारको घटना चर्चामा रहेकै बेला बलात्कार विरोधी भावमा सपूतले ’बदला बरिलै’ ल्याए।
दुई वर्ष अगाडि रिलिज भएको यो गीतले करोड भ्यूज पायो। शब्दमा बलात्कारजस्तो जघन्य अपराधको विपक्षमा उभिएका उनी समाधान देखाउँदा भूतप्रेतसँग लगेर अन्धविश्वासकै पक्षमा उभिए। बीचमा उनले ल्याएको ’फुटेका चुरा’ , ‘मेरो पनि हैन र यो देश’ र ‘कुरा बुझ्न पर्च’ बोलको गीतले भने राम्रो प्रशंसा पायो।
उनका दर्शक र स्रोता बाँडिएनन्। त्यसपछि उनले ल्याएको दशैँ तिहारमा आधारित म्युजिक भिडियो ’अर्को साल’ , ’खुसी बाँडे खुसी’ , ’तरुनी बन्दीपुर’ अनि ’मिठो सांरगी’ आदि कुनै पनि चलेनन् । त्यसपछि सपूतले माओवादी लडाकूहरूको कथामा एउटा गीत बनाए, ’पीर’। गीत व्यापक चल्यो। चर्चासँगै विवादमा पनि तानिए सपूत। वेश्यावृत्तिमा लागेको दृश्य समावेश गरिएको उक्त गीतप्रति पूर्वलडाकु मात्र होइनन्, माओवादी केन्द्रका शीर्ष नेताहरू नै विरोधमा उत्रिए। यो गीतको दृश्यले संसदमा समेत चर्चा पाएको थियो।
‘दमाई महाराज’ मा गायक सपूतले चोर औंलाले माला जपेको र हिन्दु संस्कारमा चोर औंलाले माला जपिदैन भन्दै उनको आलोचना भइरहेको छ। गायक सपूतले हिन्दु धर्मप्रति खेलवाड गरेको आरोप छ।
तीव्र आलोचना हुन थालेपछि सपूतले यस गीतको म्युजिक भिडियोको दृश्य युट्युबबाट हटाउनुपरेको थियो। त्यस्तै तीन महिना अगाडि रिलिज भएको सपूतको ’सकम्बरी’ ले भने प्रशंसाभन्दा आलोचना धेरै बटुल्यो। सामाजिक सञ्जालदेखि चोकदेखि गल्लीसम्म गीत बज्यो। तीन महिनामा यो गीतले ४ करोड ४० लाख भ्यूज पायो।
‘दमाई महाराज’ मा गायक सपूतले चोर औंलाले माला जपेको र हिन्दु संस्कारमा चोर औँलाले माला जपिदैन भन्दै उनको आलोचना भइरहेको छ। गायक सपूतले हिन्दु धर्मप्रति खेलवाड गरेको आरोप छ।
साथै उनले प्रवचन थलो अनि मञ्चमा पुरस्कृत गर्ने दृष्यमा विभिन्न उत्पादनको प्रचार गराएर चलाखीपूर्ण रूपमा अर्थ संकलन गरेको भन्दै आलोचना भइरहेको छ । अब गायक सपूतले विवादित दृष्यलाई हटाउँछन् वा के गर्छन् हेर्न बाँकी छ।































प्रतिक्रिया