सामाजिक सञ्जालमा कुन मान्छे कतिबेला उचाइमा पुग्छ र पछारिन्छ, केही पत्तो हुँदैन। फेसबुक, युट्युब, टिकटक लगायतका माध्यममा ‘नायक’ बनेका व्यक्तिहरू एकाएक ‘खलनायक’ बनेका कैयन् उदाहरण छन्।सामाजिक माध्यममा सबैभन्दा पहिले आफ्ना व्यक्तिगत विचार राख्न खोज्दा कैयन् मानिस अरूका अघि नराम्रो पात्र बन्न पुगेका छन्।
आफ्नो विरोधमा आएका प्रतिक्रियाको उट्पट्याङ जवाफ दिन खोज्दा साम्पाङ कैयौँ पटक मजाकको पात्र बनेका छन्। त्यस्ता पोस्टबाट उनलाई मानिसहरूले हेर्ने नजर पनि बदलिएको छ।
सामाजिक सञ्जाल फेसबुक, ट्वीटरजस्ता माध्यममा राखेका विचारले उनीहरूलाई विवादमा तानेका घटना विश्वभर यत्रतत्र छन्। विशेषगरी सामाजिक सञ्जालमा सामान्य कुरा पनि पोस्ट गर्ने र प्रतिक्रिया दिन खोज्ने ‘सेलिब्रेटी’ तथा ‘पब्लिक फिगर’हरू विवादमा तानिएको पाइन्छ।
विवादले सधैँ पछि पार्छ भन्ने पनि हुँदैन। तर, सो विवाद अस्वाभाविक रहेछ भने त्यसले राजनीतिक वा व्यावसायिक करियर नै धरापमा पार्न सक्छ। आजको केन्द्रबिन्दु विशेषमा हामी सामाजिक सञ्जालमा निकै सक्रिय नेपालका केही ‘पब्लिक फिगर’र उनीहरुको पोष्ट बारेचर्चा गर्दैछौँ जो आफ्नो अभिव्यक्तिका कारण विवादित बन्दै आएका छन्।
१.हर्क साम्पाङ
सुनसरीको धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ यसरी चर्चा कमाउनेमा सधैं अगाडि रहन्छन्। साम्पाङसामाजिक सञ्जालमा निकै सक्रिय छन्। उनी र उनको फेसबुकको अकाउन्ट एक अर्काका परिपूरक नै हुन् भन्दा फरक नपर्ला। एउटा विन्दुमा लोकप्रिय ठहरिएकासाम्पाङका समर्थक अहिले उनका फेसबुक स्टेटसले दुई भागमा विभाजित भएका छन् ।केही मानिसहरूले उनका हरेक पोस्टमा वाहवाही गर्छन्।
उसैगरी विरोध गर्ने जमात पनि छ। आफ्नो विरोधमा आएका प्रतिक्रियाको उट्पट्याङ जवाफ दिन खोज्दा साम्पाङ कैयौँ पटक मजाकको पात्र बनेका छन्। त्यस्ता पोस्टबाट उनलाई मानिसहरूले हेर्ने नजर पनि बदलिएको छ। हुन तसाम्पाङले एक दिनमा अपडेट गर्ने स्टाटसहरु दर्जनौं हुन्छन्। त्यसमा पनि उनी स्टाटसहरुमार्फत सधैँ विवादमा तानिन्छन्।
२.भीम उपाध्याय
नेपाल सरकारका पूर्वसचिव भीम उपाध्याय पनि सामाजिक सञ्जालका अभिव्यक्तिहरुका कारण विवादमा पर्नेहरुको अग्रपंक्तिमै पर्छन्। उनी पनि क्षणक्षणमा आफ्ना अभिव्यक्ति सार्वजनिक गरिरहन्छन्।
उनीमाथि व्यक्तिविशेषको आलोचना गर्दा धर्म,जात,लिंग किटान गरी उसको अस्मिता र अस्तित्वको घोर अपमान गर्ने आरोप समेत लाग्ने गरेको छ।
सामाजिक सञ्जालमा गलत सुचना फैलाएको र सरकारको चर्को आलोचना गरेको भन्दै उनी एकपटक प्रहरी हिरासतसम्म पुगेका छन्। उनीमाथि व्यक्तिविशेषको आलोचना गर्दा धर्म,जात,लिंग किटान गरी उसको अस्मिता र अस्तित्वको घोर अपमान गर्ने आरोप समेत लाग्ने गरेको छ।
३.बालेन शाह
काठमाडाैँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह पनि सामाजिक सञ्जालमा गर्ने कतिपय टिप्पणीहरुले विवादमा पर्ने गरेका छन्। कहिले राजनीतिक दलका नेताहरूलाई चोरको संज्ञा दिएर त कहिले नवनिर्वाचित सांसदहरुलाई ‘नयाँ गफाडीहरु’ को संज्ञा दिएर उनी विवादमा तानिएकै हुनछन् ।
उनले गरेका टिप्पणीबारे विभिन्न चर्चापरिचर्चा भइरहन्छ । उनका समर्थकहरुले समेत उनलाई ‘एउटै कुरालाई भाँती पुर्याएर बोल्दा र ठाडै बोल्दा फरक पर्ने र हल्का खालको टिप्पणी गर्दै गए उनको आफ्नै लोकप्रियतामा क्षयीकरण हुने’ सुझाउने गरेका छन् ।
काठमाडाैँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह पनि सामाजिक सञ्जालमा गर्ने कतिपय टिप्पणीहरुले विवादमा पर्ने गरेका छन्।
४.दीपकराज गिरी
समसामयिक विषयहरुमा सामाजिक सञ्जालमा मुख खोल्न नहिच्कचाउने कलाकार हुन् दिपकराज गिरी । फेसबुकमा उनले लेख्ने स्टाटसहरुले ताली र गाली दुवै पाउने गर्छन् । राजनीतिक विषयमा होस् वा समाजको कुनै पनि विषयमा उनी फेसबुकमार्फत आफ्नो धारणा राखि नै हाल्छन् ।
यस्तैमा कुनै चर्चित राजनीतिज्ञको बारेमा चित्त नबुझ्दो कुरा लेखेपछि उनको कमेन्ट बक्समा उनीहरुका समर्थकहरुको गालीको वर्षा हुने गरेको पाइन्छ। दिपाश्री निरौलाको ‘महानायक’ प्रकरण पछि उनी अरु विषयले विवादित हुँदा पनि त्यसै प्रकरणसँग जोडिएर बेला बेला विवादित बन्दै आएका छन् ।
५. करिश्मा मानन्धर
नायिका करिश्मा मानन्धर सामाजिक सञ्जालमा निकै सक्रिय छिन्। उनी विभिन्न भनाईहरु सार्वजनिक गर्छिन् र तस्बिरहरु पनि पोष्ट गर्छिन्। करिश्माले समसामयिक विषयवस्तुमाथि स्टाटस लेख्दै आएकी छन्। धेरैले उनका टिप्पणीलाई ‘मजाक’को रूपमा पनि लिन्छन्।
यस्तैमा कुनै चर्चित राजनीतिज्ञको बारेमा चित्त नबुझ्दो कुरा लेखेपछि उनको कमेन्ट बक्समा उनीहरुका समर्थकहरुको गालीको वर्षा हुने गरेको पाइन्छ। दिपाश्री निरौलाको ‘महानायक’ प्रकरण पछि उनी अरु विषयले विवादित हुँदा पनि त्यसै प्रकरणसँग जोडिएर बेला बेला विवादित बन्दै आएका छन् ।
तर, करिश्माले लेख्न छाडेकी छैनन् ।केही समय अघि उनले कुमारी आमा भनेर चिनिने निहारिका राजपुत र उनका हालका श्रीमान शिवराज श्रेष्ठका गोप्य तस्बिरहरु साझा गरेर विवादित बनेकी थिइन्। उनी आफू भावुक भएका कारण मनमा लागेको कुरालाई सामाजिक सञ्जालमा व्यक्त गर्ने र विवादमा तानिने गरेको बताउँदै आएकी छिन्।





























प्रतिक्रिया