ग्लोबल कलेज अफ साईन्सका कार्यक्रम निर्देशक गोकुल देव बडुले शिक्षा क्षेत्रमा राजनीतिको संलग्नता नभई विद्यार्थीहरुले सहज रुपमा शिक्षा लिने वातावरण बनाउनुपर्ने बताएका छन् ।
केन्द्रबिन्दु शिक्षा संवादमा कुरा गर्दै निर्देशक बडुले विद्यार्थीहरु उच्च शिक्षाका लागि मात्र नभएर रोजगारीका लागि पनि विदेशीने गरेको बताए । एक्काइसौं शताब्दीमा पनि पुरानै पाठ्यक्रमअनुसार पठनपाठन हुनु दुखद् रहेको बताउँदै उनले हरेक संकायका पाठ्यक्रमलाई समयसान्दर्भिक बनाउनु जरुरी रहेको उल्लेख गरे ।
अब प्राईभेट कलेजका संचालकहरुले आफ्नो शिक्षाको गुणस्तरमा वृद्धि गर्न नसक्ने हो भने लगानी खेर जाने उनको दावी छ । नेपालमा धेरै अवसरहरु भए पनि विदेशलाई नै उत्तम गन्तव्यका रुपमा बुझ्नु गलत भएको बताउँदै निर्देशक बडुले सम्भावनाका हरेक क्षेत्रमा खोजी आवश्यक रहेको उल्लेख गरे ।































प्रतिक्रिया