केन्द्रबिन्दु एक्सप्रेसः सुन प्रकरणलाई लिएर संसदमा हंगामा, सत्तारुढ दलकै सांसदले मागे गृह र अर्थमन्त्रीको राजीनामा [भिडियाे]

केन्द्रबिन्दु एक्सप्रेसः सुन प्रकरणलाई लिएर संसदमा हंगामा, सत्तारुढ दलकै सांसदले मागे गृह र अर्थमन्त्रीको राजीनामा [भिडियाे]

केन्द्रबिन्दु
0
Shares

प्रमुख प्रतिपक्षी दल एमालेको अवरोधमा प्रतिनिधिसभा बैठक स्थगित भएको छ। एमाले सांसदले रोष्टम घेराउ गर्दै नाराबाजी जारी राखेपछि सभामुख देवराज घिमिरेले असार १५ गते दिउँसो १ बजेसम्मका लागि बैठक स्थगित भएको जानकारी गराएका हुन्। एमालेले सुन तस्करीको छानबिन गर्न संसदीय उच्चस्तरीय समिति गठन गर्न माग गरेको छ।  

शर्माले आफ्नै पार्टीका अर्थमन्त्री महत र गृहमन्त्री श्रेष्ठको राजीनामा मागेका हुन्।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले क्विन्टलका क्विन्टल सुन भित्र्याउने प्रकरणलाई निष्कर्षमा नपुर्याए सरकारको दिनगन्ती सुरु हुने चेतावनी दिएका छन्।  बुधबारको प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै सांसद लामिछानेले कुनै पनि प्रकरणको फाइल खोल्ने र गिजोलेर छाड्ने काम गरे सरकारको दिनगन्ती सुरु हुने चेतावनी दिएका हुन्।  

नेपाली कांग्रेसका सांसद सुनिल शर्माले उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अर्थमन्त्री प्रकाशशरण महतको राजीनामा मागेका छन्। शर्माले आफ्नै पार्टीका अर्थमन्त्री महत र गृहमन्त्री श्रेष्ठको राजीनामा मागेका हुन्। एक क्विन्टल सुन तस्करी प्रकरणमा बोल्ने नैतिकता गृहमन्त्री र अर्थमन्त्रीले गुमाइसकेकाले पदमा बस्न नमिल्ने उनको धारणा छ। 

कोसी प्रदेश सरकारविरुद्धको रिटमा आज आदेश आएन। सर्वोच्च अदालतका न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा,डा.आनन्दमोहन भट्टराई र तिलप्रसाद श्रेष्ठको पूर्ण इजलासमा सुनुवाइ भएको उक्त रिटमा आदेश नभएको हो। रिटमाथिको बहस सकिए पनि बुधबार आदेश जारी नभएपछि रिटलाई हेर्दाहेर्दैमा राखिएको छ। 

ललिता निवास प्रकरणमा पक्राउ परेकाहरुलाई थप ७ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ। जिल्ला अदालत काठमाडौँले बुधबार उक्त प्रकरणमा पक्राउ परेका मीनबहादुर गुरुङसहितका आरोपीलाई थप ७ दिन हिरासतमा राख्न अनुमति दिएको हो। उक्त प्रकरणमा हालसम्म २२ जना पक्राउ परिसकेका छन्। 

नेपाल प्रहरीका प्रहरी नायब उपरीक्षक (डिएसपी) ठगबहादुर केसीलाई प्रहरी सेवाबाट बर्खास्त गरिएको छ। प्रहरी प्रधान कार्यालयले गरेको सिफारिसअनुसार गृह मन्त्रालयका सचिव दिनेश भट्टराईले केसीलाई बर्खास्त गरेका हुन्। उनका अनुसार प्रहरी नायब उपरीक्षक केसीलाई भविष्यमा अयोग्य नठहरिने गरी बर्खास्त गर्ने निर्णय गरिएको हो। 

जिल्ला अदालत काठमाडौँले बुधबार उक्त प्रकरणमा पक्राउ परेका मीनबहादुर गुरुङसहितका आरोपीलाई थप ७ दिन हिरासतमा राख्न अनुमति दिएको हो।

काठमाडौँ महानगरपालिकाले भूमिगत स्रोतको पानी उपयोग गर्न अनुमतिपत्र लिन र पुराना उपभोक्तालाई अनुमतिपत्र नवीकरण गर्न आग्रह गरेको छ। तोकिएको समयभित्र अनुमतिपत्र नलिने वा नवीकरण नगराउने उपभोक्ताहरूको विस्तृत नामावली राष्ट्रिय दैनिक पत्रिकामा प्रकाशन गरिने महानगरले जनाएको छ। 

धरानमा डेंगुका कारण ७ जनाको मृत्यु भएको छ। जेठ महिनादेखि धरानमा डेंगु फैलिएको थियो। धरानमा हालसम्म ३ हजार ५ सय ३२ जना डेंगु परीक्षण गर्दा २ हजार ६६ जनामा डेङगु सङ्क्रमण देखिएको छ भने देशैभरबाट डेंगी संक्रमित हुनेको सङ्ख्या चार हजार नाघि सकेको छ।

नेपाल प्रहरीको विभिन्न पदमा कार्यरत २२ जना प्रहरी कार्यालयको सम्पर्कमा नरहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ। बिदा स्वीकृत नगराई कार्यालयमा हाजिर नभएका २२ जना प्रहरीलाई गैरहाजिर हुनुको कारण खुल्ने सन्तोषजनक स्पष्टीकरणसहित सात दिनभित्र हाजिर हुन प्रहरी प्रधान कार्यालय नक्सालले आग्रह गरेको छ। 

लुम्बिनी प्रदेशको स्वास्थ्य मन्त्रालयले प्रदेशभर ‘कर्निया’ अर्थात् आँखाको नानी प्रत्यारोपण निःशुल्क गर्ने भएको छ। चालु आर्थिक वर्ष २०८०/८१ को बजेटमा आँखाको नानी प्रत्यारोपण निःशुल्क गर्ने व्यवस्था मिलाइएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। यो कार्यक्रम लागू गर्नेमा सात वटा प्रदेशमध्ये लुम्बिनी पहिलो हो। 

बुधवार लगातार तेस्रो दिन पनि शेयर बजार घटेको छ। शेयर बजार परिसूचक नेप्से बुधबार आठ दशमलव ११ अङ्कले घटेर दुई हजार एक सय ५६ दशमलव २० विन्दुमा झरेको छ।  

अष्ट्रियाको भियना सहर बस्नका लागि सबैभन्दा योग्य सहरको सूचीको पहिलो नम्बरमा रहेको छ। यसअघि पनि सन् २०२२ मा भियना नै सूचीको पहिलो नम्बरमा रहेको थियो। प्राकृतिक सुन्दरताले भरिपूर्ण देश नेपाल भने यो सूचीमा अटाएको छैन।

दक्षिण एशियाली खेलकुद (साग)की ४ स्वर्ण पदकधारी गौरिका सिंहले जापानको फुकुओकामा जारी २० औँ संस्करणको वल्र्ड एक्वाटिक च्याम्पियनसिप २०२३ मा फेरि अर्को नयाँ राष्ट्रिय कीर्तिमान राख्न सफल भएकी छिन्।

फिफा महिला विश्वकपमा जापान र स्पेन समूह ‘सी’ बाट एक खेल अगावै अन्तिम-१६ मा प्रवेश गरेका छन्। बुधबार भएको समूह चरणको आ-आफ्नो खेलमा दुबै टोलीले जित निकाल्दै प्रि–क्वार्टरफाइनलमा स्थान सुरक्षित गरेका हुन्। बुधबार भएको खेलमा जापानले कोस्टा रिकालाई २-० ले र स्पेनले जाम्बियालाई ५-० गोलले पराजित गरेका थिए।
 
दक्षिण एशियाली खेलकुद (साग)की ४ स्वर्ण पदकधारी गौरिका सिंहले जापानको फुकुओकामा जारी २० औँ संस्करणको वल्र्ड एक्वाटिक च्याम्पियनसिप २०२३ मा फेरि अर्को नयाँ राष्ट्रिय कीर्तिमान राख्न सफल भएकी छिन्।

बुधबार सम्पन्न ५० मिटर ब्याकस्ट्रोकमा गौरिकाले २०१६ मा भारतको गुवाहटीमा आयोजना भएको १२ औँ साग गेम्समा राखेको ३१.८७ सेकेन्डको समयमा सुधार गर्दै ३१.४४ सेकेन्ड समयको नयाँ राष्ट्रिय कीर्तिमान कायम गरेकी हुन्।

Skip This
Skip This
Logo