सुन तस्करी प्रकरणमा को-को परे प्रकाउ ?[भिडियाेसहित]

सुन तस्करी प्रकरणमा को-को परे प्रकाउ ?[भिडियाेसहित]

केन्द्रबिन्दु
0
Shares

साउन २ गते मंगलबार करिब १ क्विन्टल सुन विमानस्थलबाहिर बरामद भएको थियो। तर, उक्त सुन अझै जोखिएको छैन। नेपाल राष्ट्र बैंकको टक्सार महाशाखामा राखिएको उक्त सुन ठ्याक्कै कति परिमाणको छ, अहिलेसम्म आधिकारिक रुपमा जोखिएको छैन। सुनको तौल गर्ने र त्यसको गुणस्तर मापन गर्ने काम टक्सार महाशाखाकै हो।

यहि बिषयले यतिबेला संसद भवन पनि तातिएको छ संसदमा सुन प्रकरणको अनुसन्धान गर्न उच्चस्तरीय छानबिन समिति माग गर्दै गृहमन्त्री र अर्थमन्त्रीको राजीनामा सेमत मागिएको छ।

तर बिहीबार टक्सार महाशाखामा पुर्‍याइएको सुन अहिलेसम्म किन जोखिएन ? यहि प्रश्न धेरैको मनमा उब्जिएको छ। यहि बिषयले यतिबेला संसद भवन पनि तातिएको छ संसदमा सुन प्रकरणको अनुसन्धान गर्न उच्चस्तरीय छानबिन समिति माग गर्दै गृहमन्त्री र अर्थमन्त्रीको राजीनामा सेमत मागिएको छ। सबैका लागि चासोको बिषय बनेको सुन फेलापरेको १ हप्ता वितीसक्दा पनि आधिकारिुक रुपमा किन जोखिएन ? क कस्को संलग्नता छ यस प्रकरणमा? 

किन जोखिएन सुन ? 
टक्सारमा राखिएको उक्त वस्तु जोख्दा (ब्रेक सु) सहित कुल १ सय ५५ केजी छ। जसमा राजस्व अनुसन्धान विभागले एक सय किलो सुन रहेको अनुमान गरेको छ। टक्सार महाशाखामा राएिको उक्त सुन लाहाछाप लागेको हुनाले आफैँले खोल्न मिल्दैन।

उक्त सुन जोख्नका लागि राजस्व अनुसन्धान विभागले पत्र पठाउनुपर्छ। त्यसपश्चात मात्र प्रहरीको पनि साथमा उक्त सुन खोलिन्छ।त्यसैले सुन नजोखिएको टक्सार महासाखाको भनाई छ। उक्त वस्तुप्रति टक्सार महासाखाका अधिकार भनेको वस्तु सुरक्षित राख्नु मात्र हो।

पछिल्लो तीन महिनामा १८ सय किलो सुन नेपाल भित्र्याएको हुनसक्ने आकलनका साथ विभागले अध्ययन अघि बढाएको छ।

उता राजस्व अनुसन्धान विभागले भने तत्काल सुन जोख्ने काम प्राथमिकतामा नरहेको बताउँदै आएको छ। यो विषय अनुसन्धानकै क्रममा रहेकोले सुन जोख्नभन्दा पनि थप सुन बरामद गर्ने प्रयास भइरहेको विभाग बताउँछ। पछिल्लो तीन महिनामा १८ सय किलो सुन नेपाल भित्र्याएको हुनसक्ने आकलनका साथ विभागले अध्ययन अघि बढाएको छ।

पक्राउ पर्नेमा विमानस्थल भन्सार अधिकृत सन्तोष चन्द, जाँचकी कुमार ढकाल, एक्सरे अपरेटर सरोज श्रेष्ठ तथा भन्सार एजेन्टहरु सुदर्शन गौतम, रुकमेणा सुब्बा र यादव पराजुली ,चिनियाँ नागरिक जेयुङ लिनसहित कार्गो कम्पनीका सञ्चालकहरू राजन श्रेष्ठ, कृष्ण श्रेष्ठ र पुष्करराज भट्ट रहेका छन्।

त्यस्तै बुधबार मात्रै राजश्व अनुसन्धान विभागले काठमाडौँको सोह्रखुट्टेमा रहेको कम्पनीको गोदाममा छापा मार्दा थप ११ सय ६२ थान ब्रेक शु बरामद भएको छ। यसरी थप सुन आउनसक्ने सम्भावना देखिएको भन्दै विभागले सुन जोखन भन्दा पनि अनुसन्धानको क्रमलाई बढि प्राथमिकता दिएको छ।  

को को पक्राउ परे ? 
राजश्व अनुसन्धान विभागले बुधबार थप एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा नरेश भनिने सुरेन्द्र तामाङ पक्राउ परेका हुन्।बुधबार काठमाडाको सोह्रखुट्टेबाट पक्राउ गरेको हो । यसअघि विभागले १६ जनालाई पक्राउगरि सकेको छ। यो सँगै १ क्विन्टल सुन प्रकरणमा पक्राउ पर्नेको सङ्ख्या १७ जना पुगेको छ।

पक्राउ पर्नेमा विमानस्थल भन्सार अधिकृत सन्तोष चन्द, जाँचकी कुमार ढकाल, एक्सरे अपरेटर सरोज श्रेष्ठ तथा भन्सार एजेन्टहरु सुदर्शन गौतम, रुकमेणा सुब्बा र यादव पराजुली ,चिनियाँ नागरिक जेयुङ लिनसहित कार्गो कम्पनीका सञ्चालकहरू राजन श्रेष्ठ, कृष्ण श्रेष्ठ र पुष्करराज भट्ट रहेका छन्। त्यस्तै सुन ओसारपसारमा संलग्न ट्याक्सीका चालक अशोक रानामगर, भन्सार एजेन्ट राजेन्द्रकुमार राई, सुन ल्याउने कम्पनी रेडी ट्रेड प्रालिका सञ्चालक दिलीप भुजेल, सहयोगीहरू हर्कराज राई, थुक्पिन छिरिङ र रामकुमार भुजेल पत्राउ परेका छन्। 

Logo