केन्द्रबिन्दु एक्सप्रेसः राप्रपालाई मूख्यालय खाली गर्न बालेनको अल्टिमेटम, मिटरब्याजीसम्बन्धी विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण [भिडियाे]

केन्द्रबिन्दु एक्सप्रेसः राप्रपालाई मूख्यालय खाली गर्न बालेनको अल्टिमेटम, मिटरब्याजीसम्बन्धी विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण [भिडियाे]

केन्द्रबिन्दु
0
Shares

राष्ट्रपति रामचन्द्र पौडेलले मिटरब्याजीलाई कारबाही गर्न ल्याइएको विधेयक प्रमाणीकरण गरेकाछन् । राष्ट्रपति पौडेलले ‘मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक २०८०’ प्रमाणीकरण गरेका हुन्। योसँगै मिटर ब्याजसम्बन्धी ऐन कार्यान्वयनमा आएको छ। 

काठमाडौँ महानगरपालिकाले राष्ट्रिय प्रजातन्त्र पार्टीको धुम्बाराही स्थित केन्द्रीय कार्यालय भवन खाली गर्न आदेश दिएको छ ।

कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङले नयाँ सरकार गठनका लागि दाबी पेश गर्न आह्वान गरेका छन् । सर्वोच्च अदालतको आदेशमा उद्धव थापा नेतृत्वको सरकार ढलेसँगै शुक्रबार प्रदेश प्रमुख खापुङले संविधानको धारा १६८ (२) अनुसार दुई वा दुईभन्दा बढी दलको सर्मथनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभा सदस्यलाई १६ गते अपराह्न ५ बजेभित्र मुख्यमन्त्रीमा दाबी पेश गर्न आह्वान गरेका हुन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ५ दिने इटाली भ्रमण सम्पन्न गरी स्वदेश फर्किएका छन् । शुक्रबार बिहान संयुक्त राष्ट्रसङ्घ, खाद्यतथा कृषि संगठनद्वारा इटालीको रोममाआयोजित ‘फुड सिस्टम समिट प्लस टु’मा सहभागीभई उनी काठमाडौँ फर्किएका हुन् । 

सर्वोच्च अदालतको आदेशमा उद्धव थापा नेतृत्वको सरकार ढलेसँगै शुक्रबार प्रदेश प्रमुख खापुङले संविधानको धारा १६८ (२) अनुसार दुई वा दुईभन्दा बढी दलको सर्मथनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभा सदस्यलाई १६ गते अपराह्न ५ बजेभित्र मुख्यमन्त्रीमा दाबी पेश गर्न आह्वान गरेका हुन् ।

अधिवक्ता भगवती पाण्डेविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । केही समयअघि सञ्चारमाध्यमलाई दिएको विवादास्पद अभिव्यक्ति प्रकरणलाई लिएर उनीविरुद्ध पक्राउ पुर्जी जारी भएको हो । आफ्नो समूदायको भावनामा चोट पुर्याएको भन्दै तामाङ, मगर समुदायका समूहले दिएको उजुरीको आधारमा अधिवक्ता पाण्डेविरुद्ध पक्राउ पुर्जी जारी भएको हो ।  

सरकारले विभिन्न मुलुक तथा कुटनीतिक नियोगका लागि सिफारिस गरेका ६ जना राजदूतहरूमाथि संसदीय सुनुवाई समितिमा एउटा मात्र उजुरी परेको छ। नियुक्ति प्रक्रियाका लागि गत साउन ३ गते बसेको संसदीय सुनुवाई समितिको बैठकले १० दिनभित्र उजुरी आह्वान गरेको थियो ।   

काठमाडौँ महानगरपालिकाले राष्ट्रिय प्रजातन्त्र पार्टीको धुम्बाराही स्थित केन्द्रीय कार्यालय भवन खाली गर्न आदेश दिएको छ । महानगरका कर्मचारीहरुले कार्यालय भवन अगाडि पुगेर आज माइकिङ गरेका थिए । राप्रपाका मुख्यसचिव केदारबहादुर अधिकारीले महानगरका कर्मचारीहरुले भवन खाली गर्न भने पनि कारण नखुलाएको बताए । 

“एकजीवन, एक कलेजो” भन्ने नाराका साथ शुक्रबार विश्व हेपाटाइटिस विरुद्धको दिवसमनाइएकोछ । हेपाटाइटिसबारे जागरुकता बढाउन सन् २००८ देखि विश्वभर हरेक वर्ष यो दिवस मनाउन थालिएको हो । तर नेपालमा भने सन् २०१० देखि मात्र यो दिवस मनाउन थालिएको हो ।

सर्वोच्च अदालतले कान्ति बाल अस्पतालले एक बालकलाई गलत खोप लगाएर चिकित्सकीय लापरबाही गरेको मुद्दामा ३० लाख रुपैयाँ क्षतिपूर्ति दिनुपर्ने आदेश दिएको छ ।

सर्वोच्च अदालतले कान्ति बाल अस्पतालले एक बालकलाई गलत खोप लगाएर चिकित्सकीय लापरबाही गरेको मुद्दामा ३० लाख रुपैयाँ क्षतिपूर्ति दिनुपर्ने आदेश दिएको छ । न्यायाधीशद्वय हरिप्रसाद फुयाँल र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले २०७९ साल माघ २५ गते गरेको फैसलाको शुत्रबार सार्वजनिक पूर्णपाठमा क्षतिपूर्ति हुने ठहर गरिएको हो । 

राष्ट्रिय किसान सञ्जालले शुक्रबार कालीमाटी तरकारी तथा फलफूल बजार विकास समितिको कार्यालय अगाडि धर्नादिएको छ ।  धर्नामा राष्ट्रिय किसान सञ्जालका अध्यक्ष गणेशचन्द्र तिमल्सिनाले किसान र उपभोक्ता दुवैको हितको लागि सातै प्रदेशमा धर्ना, ज्ञापन पत्रजस्ता कार्यक्रमहरुको आयोजना गरेको बताएका छन् ।

घरजग्गा, रियल स्टेट तथा सवारी कर्जाको जोखिमभार १०० प्रतिशतमा झारिएको छ । नेपाल राष्ट्र बैंकले शुक्रबार बैंक तथा वित्तीय संस्थाको नाममा सर्कुलर जारी गर्दै रियल स्टेट, हायर पर्चेज तथा व्यक्तिगत सवारी कर्जालाई १०० प्रतिशत जोखिमभार कायम गरिएको जनाएको हो । 

भारत बाहेक अन्य मुलुकहरूको भ्रमणमा जाने नेपाली नागरिकले अब एक आर्थिक वर्षमा दुई पटक अमेरिकी डलर सटही गर्न पाउने भएका छन्। नेपाल राष्ट्र बैंकले एकीकृत परिपत्र-२०७९ मा संशोधन गरी एक पटकमा २५ सयका दरले दुई पटकमा पाँच हजार अमेरिकी डलर सटही सुविधा गर्नसक्ने व्यवस्था गरेको हो । 

सामाजिक सञ्जाल फेसबुकले मासिक तीन अर्ब सक्रिय प्रयोगकर्ताको आँकडा पार गरेको छ । जस्मा मेटाका सामाजिक सञ्जालका प्लेटफर्महरू ह्वाट्सएप, इन्स्टाग्राम, मेसेन्जर र थ्रेड्समा कूल ३.८८ अर्ब मासिक सक्रिय प्रयोगकर्ता छन् । यो सङ्ख्या विश्वको आधा जनसङ्ख्या बराबर हो ।

जस्मा तीव्र गतिका बलर अभिनाश बोहरा, विकेटकिपर विनोद भण्डारी र अलराउन्डर विवेक यादवले पूनरागमन गरेका छन् भने ओडिआईका तीन नियमित खेलाडी आरिफ शेख, ज्ञानेन्द्र मल्ल र भीम सार्की भने टिममा परेका छैनन्। 

यो वर्ष जुलाई तापक्रमको रेर्कड राख्न थाले यताकै उच्च गर्मी भएको महिना बनेको छ। अनुसन्धानकर्ताहरुले सन् २०१९ को रेर्कड तोड्दै सन् २०२३ को जुलाई इतिहासकै तातो महिना बनेको बताएका छन् ।  बढ्दो तापक्रमलाई लिएर संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेर्रेसले यो ग्रह उम्लिएको युगमा प्रवेश गरेको टिप्पणी गरेका छन् । 

चीनको हान्झोउमा हुने १९औँ एसियाली खेलकुदको नेपाली पुरुष क्रिकेट टोलीको घोषणा भएको छ।नेपाल क्रिकेट संघ (क्यान)ले राष्ट्रिय खेलकुद परिषद् (राखेप)लाई रोहितकुमार पौडेलको कप्तानीमा १५ सदस्य टोलीको नाम पठाएको हो। जस्मा तीव्र गतिका बलर अभिनाश बोहरा, विकेटकिपर विनोद भण्डारी र अलराउन्डर विवेक यादवले पूनरागमन गरेका छन् भने ओडिआईका तीन नियमित खेलाडी आरिफ शेख, ज्ञानेन्द्र मल्ल र भीम सार्की भने टिममा परेका छैनन्। 

Logo