झण्डै एक सातादेखि देशबाहिर रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल शुक्रबार बिहान स्वदेश फर्किएका छन्। भ्रमण सकेर स्वदेश फर्केका दाहालको पाँच दिने भ्रमणलाई लिएर राजनीतिक क्षेत्रमा अनेकन् टिप्पणी भइरहेका छन्।
परराष्ट्र स्रोतका अनुसार यस्तो कार्यक्रममा यसअघि नेपालको तर्फबाट कुनै पनि प्रधानमन्त्री सहभागी भएका थिएनन्।
दुई दिनको कार्यक्रमका लागि ७ दिन रोममा बिताएको र कृषिमन्त्री मात्रै उपस्थित भए पुग्ने कार्यक्रममा प्रधानमन्त्री स्वयं गएको भन्दै प्रधानमन्त्रीको आलोचना समेत सुरु भएको छ। पाँच दिनमा के के गरे त प्रधानमन्त्रीले रोममा?
इटालीको ५ दिने भ्रमण सकेर प्रधानमन्त्री पुष्पकमल दाहाल स्वदेश फर्किएका छन्। बुक्रबार बिहान सभामुख, राष्ट्रियसभा अध्यक्ष, उपप्रधानमन्त्रीद्वय पूर्णबहादुर खड्का र नारायणकाजी श्रेष्ठ, अन्य मन्त्री, सुरक्षा निकायका अधिकारीलगायतले प्रधानमन्त्री दहाललाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत गरे।
साउन ८ देखि १० गतेसम्म संयुक्त राष्ट्रसंघ, खाद्य तथा कृषि सङ्गठनद्वारा इटालीको रोममा आयोजित ‘फुड सिस्टम समिट प्लस टु’मा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उनीसाउन ६ गते इटाली प्रस्थान गरेका थिए।
प्रधानमन्त्रीको भ्रमण टोलीमा दाहालकी छोरी गंगा दाहाल तथा कृषि तथा पशुपन्छी विकास मन्त्री वेदुराम भुसाल पनि सहभागी थिए । यसैगरी राष्ट्रिय योजना आयोगका सदस्य डा.जयकान्त राउत लगायतका सरकारका उच्च अधिकारीहरू पनि प्रधानमन्त्रीको टोलीमा सहभागी थिए।
प्रधानमन्त्री दाहालकी पुत्री तथा स्वकीय सचिव गंगा दाहालले बिहीबार सामाजिक सञ्जालमा तस्बिर सार्वजनिक गर्र्दै प्रधानमन्त्रीले इटलीको रोममा रहेको रंगशालाको अबोलकन गरेको जानकारी गराएकी थिइन् ।
प्रधानमन्त्रीको भ्रमण टोलीमा दाहालकी छोरी गंगा दाहाल तथा कृषि तथा पशुपन्छी विकास मन्त्री वेदुराम भुसाल पनि सहभागी थिए ।
पाँच दिने भ्रमण अन्तर्गत सोमबार दाहालले अति कम विकसित राष्ट्रहरुकोसमुहको अध्यक्षको तर्फबाट रोममा आयोजित संयुक्त राष्ट्रसंघको (फुड सिस्टम समिट) खाद्य प्रणाली सम्मेलनको उद्घाटन सत्रलाई सम्बोधन गरेका थिए । सम्बोधनको क्रममा उनले कृषि उत्पादकत्व दोब्बर बनाउने तथा दिगो खाद्य उत्पादन प्रणाली सुनिश्चित गर्ने विषयमा बोलेका थिए ।
यसैगरी उनले उक्त सम्मेलनमा पर्यावरणीय प्रणाली जोगाउन मद्दत गर्ने लचिलो कृषि अभ्यास लागू गर्ने प्रतिबद्धता जनाएका थिए । सभालाई सम्बोधन गर्ने क्रममा दाहालले जलवायु परिवर्तन र अन्य प्रकोपसँग अनुकूलनकालागि क्षमता सुदृढ गर्न र अतिकम विकसित मुलुकको कृषिमा लगानी बढाउने चर्चा गरेका थिए ।
मंगलबार प्रधानमन्त्री रोममा आयोजित यूएन फुट सिस्टम समिट कार्यक्रममा सहभागी भएका थिए। यसैगरी मंगलबार उनले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेस बिच भेटवार्ता गरेका थिए ।
इटलीमा प्रधानमन्त्रीको औपचारिक कार्यक्रम दुई दिनको मात्र हो। तर उनी झण्डै एक साता रोममा विताए। यस अवधिमा उनले केही समय रोममा घुमफिरमा बिताएका थिए ।
इटलीमा प्रधानमन्त्रीको औपचारिक कार्यक्रम दुई दिनको मात्र हो। तर उनी झण्डै एक साता रोममा विताए।
परराष्ट्र स्रोतका अनुसार यस्तो कार्यक्रममा यसअघि नेपालको तर्फबाट कुनै पनि प्रधानमन्त्री सहभागी भएका थिएनन्। त्यसैले यस्तो कार्यक्रममा नेपालको तर्फबाट प्रधानमन्त्री सहभागी भएको यो पहिलो कार्यक्रम हो। परराष्ट्र स्रोतका अनुसार यस्तो कार्यक्रममा कृषिमन्त्री उपस्थिति भए पनि पुग्थ्यो। तर यसपटक प्रधानमन्त्री आफै कार्यक्रममा सहभागी भए।
उता प्रशासनविद्हरू भने नगइ नहुने आवश्यक कार्यक्रमहरूमा बाहेक अन्य कार्यक्रमहरूमा प्रधानमन्त्री तथा मन्त्रीहरू विदेश भ्रमणमा जाँदा देशको साधारण खर्च मात्र बढ्ने, त्यसबाट देशकोलागि खाशै उपलब्धी नहुने बताउँछन।
प्रधानमन्त्रीले यही जेठ महिनामा भारत भ्रमण गरेका थिए। भारत भ्रमणमा गएको दुई महिना पूरा नहुदै उनी युरोप भ्रमणमा पुगेका हुन्। निकट भविष्यमा प्रधानमन्त्री चीन भ्रमणको तयारीमा छन्। राजनीतिक वृतमा प्रधानमन्त्रीको इटाली भ्रमणको उद्देश्य खाद्य प्रणाली कार्यक्रममा सहभागी हुनुभन्दा पनि राजनीतिक र रणनीतिक भएको गाँइगुँइ पनि छ।





























प्रतिक्रिया