राष्ट्रिय स्वतन्त्र पार्टीकासभापति रवि लामिछानेले जो पहिला पार्टीमा प्रवेश गर्यो उसैले प्राथमिकता पाउने भन्ने सोचका साथ अघि बढ्ने हो भने प्राप्त उपलब्धि समेत गुम्ने चेतावनी दिएका छन् ।
सभापति लामिछानेले रास्वपामा आवद्ध हुनु भनेको उम्मेदवार बन्नु नभएको बताउदै रास्वपा कसैलाई पोस्न, पाल्न बनेको पार्टी नभएको जिकिर गरे। त्यस्तै सभापति लामिछानेले सरकारले सुनका मालिकहरुलाई जोगाउन खोजेको आशंका व्यक्त पनि गरेका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टीकासभापति रवि लामिछानेले जो पहिला पार्टीमा प्रवेश गर्यो उसैले प्राथमिकता पाउने भन्ने सोचका साथ अघि बढ्ने हो भने प्राप्त उपलब्धि समेत गुम्ने चेतावनी दिएका छन् ।
उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले यो वा त्यो बहानामा भ्रष्टाचारी उम्कन नसक्ने ठोकुवा गरेका छन्। शनिबार काठमाडौँमा आयोजित हरित स्वयंसेवक परिचालन कार्यक्रममा उनले भ्रष्टाचार विरुद्धको अभियानमा सरकारलाई रोक्ने काम भैरहेको भन्दै राष्ट्र विकासको बाधको रुपमा रहेको भ्रष्टाचार र कमिसनखोर प्रवृतिलाई अन्त्य गर्न सरकार डटेर लागेको बताएका हुन्।
नेपालमा बाघको संख्या तेब्बरले बढेसंगै बाघ र मानिस बीचको द्वन्द्वपनि पछिल्लो समय बढ्दै गएको छ । बाघकै आक्रमणबाट धेरैले ज्यानगुमाएका पनि छन् । बाघको सङ्ख्या वृद्धि भएसँगै थपिएको व्यवस्थापनको चुनौती र बढ्दो मानव–बाघ द्वन्द्वलाई व्यवस्थापन गर्ने सम्बन्धी विविध मुख्य विषयमा छलफल गर्ने तयारी वन तथा वातावरण मन्त्रालयले गरेको छ ।
चितवनको मुग्लिन–नारायणगढ सडकखण्डमा पुनः दुईतर्फी नै यातायात सञ्चालनमा ल्याइएको छ । पहिरोका कारण आज बिहानैदेखि सडक अवरुद्ध भएको थियो । शनिबार दिउँसो करिब साढे २ बजेदेखि उक्त सडकखण्डमा दुईतर्फी नै सवारीसाधन सञ्चालनमा आएको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ ।
बाघको सङ्ख्या वृद्धि भएसँगै थपिएको व्यवस्थापनको चुनौती र बढ्दो मानव–बाघ द्वन्द्वलाई व्यवस्थापन गर्ने सम्बन्धी विविध मुख्य विषयमा छलफल गर्ने तयारी वन तथा वातावरण मन्त्रालयले गरेको छ ।
काठमाडौँ महानगरपालिकाले कक्षा ११ को छात्रवृत्ति कोटामा अध्ययन गर्न आवेदनका लागि ३ दिन म्याद थप गरेको छ। शिक्षा विभागले सूचना जारी गर्दै साउन १५ गते दिउँसो ३ बजेसम्म आवेदन दिन पाइने शिक्षा अधिकारी सीताराम कोइरालाले जानकारी दिए।
मिटरब्याज पीडितलाई न्याय दिन सरकारले कार्यान्वयनमा ल्याएको विधेयकको विरोध गर्दै पीडितहरूले विधेयक नै जलाएका छन्। यसका प्रावधानहरूले साहुहरूलाई संरक्षण गरेको ठहर गर्दै उनीहरूले शुक्रबार साँझ शान्तिवाटिकामा विधेयक जलाएका हुन्। शुक्रबार दिउँसो राष्ट्रपति रामचन्द्र पौडेलले मिटरब्याजसम्बन्धी विधेयक प्रमाणीकरण गरेका थिए।
नेपाल गुणस्तर परिषद्ले गत आर्थिक वर्ष २०७९/८० मा विभिन्न ३५ वटा वस्तुको गुणस्तर पारित गरेको छ । नेपाल गुणस्तर तथा नापतौल विभागको प्राविधिक समितिले ५० वस्तुको गुणस्तर पारितका लागि सिफारिस गरे पनि जम्मा ३५ वटा वस्तुको गुणस्तर पारित भएको विभागका महानिर्देशक दिनानाथ मिश्रले जानकारी दिए ।
जातीय विभेदका घटना बढ्दै गएको भन्दै नेकपा (एमाले)को विद्यार्थी संगठन अनेरास्ववियुमा आबद्ध व्यक्तिहरूले शनिबार काठमाडौँको बालुवाटारमा प्रदर्शन गरेका छन् ।बझाङमा दलितको घर भत्काइएको, जुम्लामा प्रेम विवाह गरेको निहुँमा आगो लगाइएको, पश्चिम रुकुमको घटनालगायत विभेद बढ्दै जाँदा पनि राज्य मौन रहेको भन्दै प्रधानमन्त्रीको सरकारी निवासअगाडि प्रदर्शन गरिएको हो।
काठमाडौँ उपत्यकासहित देशभर मनसुनी वर्षा भइरहेको छ। मुलुकमा मनसुनी वायुको आंशिक प्रभाव रहनुका साथै मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ अवस्थित रहेकाले देशका आधिकांश स्थानमा वर्षा भइरहेको हो। जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार उक्त मौसमी प्रणालीको प्रभावले अझै केही दिन निरन्तर वर्षाको सम्भावना छ।
मन्त्रालयले विज्ञप्ति निकालेर पछिल्लो समय थाइल्याण्ड र म्यानमारमा सूचना प्रविधि (आईटी) क्षेत्रमा आकर्षक रोजगारी र सुविधाको प्रलोभन देखाएर नेपालीलाई म्यानमारको कायिन प्रान्तको म्यावडी लगेर बन्धक बनाई अवैध काम गर्न बाध्य बनाइएको भन्दै सचेत रहन आग्रह गरेको हो।
गत आर्थिक वर्ष २०७९/८० मा उद्योग विभागमा तीन सय २२ उद्योग दर्ता भएका छन् । विभागले सार्वजनिक गरेको गत आवको प्रगति विवरणअनुसार स्वदेशी र विदेशीसमेत गरी तीन सय २२ उद्योग दर्ता भएका हुन् । गत आवमा विभागमा दर्ता भएका उद्योगले प्रस्ताव गरेको कूल लगानी रू दुई खर्ब १४ अर्ब बराबर रहेको छ ।
परराष्ट्र मन्त्रालयले झुटा आश्वासन र प्रलोभनमा परेर वैदेशिक रोजगारीका लागि थाइल्याण्ड र म्यानमार नजान आग्रह गरेको छ। मन्त्रालयले विज्ञप्ति निकालेर पछिल्लो समय थाइल्याण्ड र म्यानमारमा सूचना प्रविधि (आईटी) क्षेत्रमा आकर्षक रोजगारी र सुविधाको प्रलोभन देखाएर नेपालीलाई म्यानमारको कायिन प्रान्तको म्यावडी लगेर बन्धक बनाई अवैध काम गर्न बाध्य बनाइएको भन्दै सचेत रहन आग्रह गरेको हो।
संयुक्त राष्ट्रसंघले फाँसीको सजाय दिने प्रावधान हटाउन आग्रह गरेको छ । सिङ्गापुर र कुवेतमा हालै भएको मृत्युदण्डको घटनालाई निन्दा गर्दै राष्ट्रसङ्घले ती देशलाई फाँसीको सजायमा रोक लगाउन आह्वान गरेको हो ।
फिफा महिला विश्वकप फुटबलमा शनिबार समूह एफको फ्रान्सले ब्राजिलमाथि २–१को जित दर्ता गरेको छ। भने फ्रान्सको जितमा युजेनी ले सोमर र वेन्डी रेनार्डले एकएक गोल गरे भने ब्राजिलका लागि डेबोरा क्रिस्टियान डे ओलिभेराले एक गोल फर्काएकिछिन्। त्यस्तै, समूह जीको स्विडेनले लगातार दोस्रो जित निकालेर शिर्षस्थानमा उक्लेको छ । स्विडेनले इटालीलाई ५-० गोलअन्तरले पराजित गरेको हो ।





























प्रतिक्रिया