युरोपपछि साउदी लिगप्रति किन खेलाडीको आकर्षण बढ्दो छ ? [भिडियाेसहित]

युरोपपछि साउदी लिगप्रति किन खेलाडीको आकर्षण बढ्दो छ ? [भिडियाेसहित]

केन्द्रबिन्दु
0
Shares

पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डो साउदी प्रो लिग क्लब अल नासरमा अनुबन्ध भएको ८ महिना पुरा भइसकेको छ। 

आफ्नो पूर्व क्लब म्याचेष्टर युनाइटेडसँगको सम्झौता तोड्दै साउदी क्लब अल नासरका लागि आबद्ध भएका रोनाल्डो साउदी लिगलाई विश्वकै उत्कृष्ट पाँच लिगका रुपमा विकास गर्नेमा ढुक्क छन्। उनको सोही विश्वासको सम्मान गर्दै साउदी प्रो लिगले विश्व प्रसिद्ध खेलाडीलाई धमाधम अनुबन्ध गरिरहेको छ। 

आफ्नो पूर्व क्लब म्याचेष्टर युनाइटेडसँगको सम्झौता तोड्दै साउदी क्लब अल नासरका लागि आबद्ध भएका रोनाल्डो साउदी लिगलाई विश्वकै उत्कृष्ट पाँच लिगका रुपमा विकास गर्नेमा ढुक्क छन्।

पछिल्लो समय युरोपकै स्तरमा आफ्नो लिगलाई लिएर अघि बढिरहेको साउदी प्रो लिगले एकपछि अर्को सुपरस्टार खेलाडीहरुलाई भित्राउने क्रम जारी राखेको छ। साउदी प्रो लिगले जारी वर्ष मात्र अहिलेसम्म विदेशी खेलाडी भित्राउन ४०९ मिलियन यूरो खर्च गरिसकेको छ। यो विश्व फुटबलमा पाँचौं-उच्च खर्च हो। इंग्लिस प्रिमियर लिगले एकै सिजनमा अहिलेसम्मकै सबैभन्दा धेरै १.३७ बिलियन युरो खर्च गरेको थियो। 

यस्तोमा पोर्चुगिज सुपरस्टार क्रिस्टियानो रोनाल्डोपछि साउदी प्रो लिगमा कुन-कुन खेलाडी जोडिए त ? 

रोनाल्डो अल नासरमा आबद्ध छन् भने बेन्जिमा अल इत्तिहादमा। बेन्जिमा साउदी क्लब इत्तिहादमा प्रतिसिजन २०० मिलियन युरोमा २ वर्षका लागि आवद्ध भएका हुन्। 

१.करिम बेन्जिमाः क्रिस्टियानो रोनाल्डोपछि साउदी प्रो लिगमा जोडिने अर्का ठुला स्टार हुन् फ्रान्सका करिम बेन्जेमा। यी दुई खेलाडी रियल मड्रिडमा रहँदा साहपाठी थिए। तर साउदी लिगमा भने यी दुई प्रतिद्वन्द्वीका रुपमा आमनेसामने हुने भएका छन्।

रोनाल्डो अल नासरमा आबद्ध छन् भने बेन्जिमा अल इत्तिहादमा। बेन्जिमा साउदी क्लब इत्तिहादमा प्रतिसिजन २०० मिलियन युरोमा २ वर्षका लागि आवद्ध भएका हुन्। 

२.साडियो मानेः इंग्लिस क्लब चेल्सी जाने हल्ला चलिरहेको बेला बार्यन म्युनिखका स्टार माने अन्तत रोनाल्डो आबद्ध क्लब अल नासरमा आबद्ध भएका छन्। दुईपटकको अफ्रिकी फुटबल वर्ष खेलाडी मानेलाई भित्र्याउन अल नासरले ३ करोड युरो खर्चेको छ। माने र नासरबीचको अनुबन्ध तीन वर्षका लागि गरिएको हो।

क्लब सेल्टिकमा आफूलाई अब्बल साबित गर्दै आएका २६ वर्षे एक पोचुर्गिज स्टार २५ मिलियन युरोमा साउदी क्लब अल–इतिहादमा जोडिएका हुन्।

३.रुबेन नेभ्सः इंग्लिस क्लब वोल्भरहेम्प्टनका मिडफिल्डर रुबेन नेभ्स ४७ मिलियन युरोमा अल हिलाल गएका छन्। २४ वर्षका नेभ्स अन्य चर्चित खेलाडीको तुलनामा कम उमेरमै साउदी लिगमा आवद्ध भएका हुन्। 

४. कालिदो कुलिबालीः सेनेगल राष्ट्रिय टोलीका कप्तान तथा चेल्सीका पूर्व खेलाडी कालिदो कुलिबाली साउदी क्लब अल–हिलालमा आबद्ध भएका छन्। पूर्व क्लब चेल्सीमा राम्रो सिजन बिताउन नसकेपछि कुलिबाली साउदी लिगमा जोडिएका हुन्। रिपोर्टका अनुसार कुलिबाली अल-हिलालमा २० मिलियन डलरमा आबद्ध भएका हुन्। 

५.एडुआर्ड मेन्डीः कुलिबाली साउदी जस्तै सेनेगल राष्ट्रिय टोलीका गोलकिपर एडुआर्ड मेन्डी अल अहलीमा आबद्ध भएका छन्। उनी पनि चेल्सीमै आबद्ध थिए।

तर स्पेनिस गोलकिपर केपा अरिजाबालागा क्लबमा आबद्ध भएपछि दोस्रो रोजाइको गोल किपर बनेपछि मेन्डीले साउदी लिगलाई गन्तब्य बनाएका हुन्। रिपोर्टका अनुसार साउदी क्लब अल अहलीले उनलाई भित्राउन १६ मिलियन युरो खर्च गरेको छ। 

तर स्पेनिस गोलकिपर केपा अरिजाबालागा क्लबमा आबद्ध भएपछि दोस्रो रोजाइको गोल किपर बनेपछि मेन्डीले साउदी लिगलाई गन्तब्य बनाएका हुन्।

६.मार्सेलो ब्रोजोभिकः मार्सेलो ब्रोजोभिक केही समयका लागि भएपनि विश्वकै उत्कृष्ट डिफेन्सिभ मिडफिल्डरमध्ये एक बनेका थिए। इन्टर मिलानलाई सन् २०२३ मा च्याम्पियन्स लिगको फाइनलसम्म पुर्‍याउन महत्वपुर्ण भुमिका खेलेका ब्रोजोभिक चोटका कारण धेरै समय मैदान बाहिरै रहे। मिलानमा लामो समय मैदान बाहिरै रहेका ब्रोजोभिक रोनाल्डो आबद्ध अल नासरमा १८ मिलियन युरोमा आबद्ध भएका छन्।

७.सेको फोफानाः पूर्वक्लब लेन्सबाट २५ मिलियन युरोमा साउदी क्लब भित्रिएका २८ वर्षे फ्रेन्च म्यान फोफानाले पनि रोनाल्डो आबद्ध क्लब नै रोजेका छन्। रिपोर्टका अनुसार फोफानाले अल-नासरसँग तीन वर्षका लागि को सम्झौता गरेका छन्। 

८. डिएगो जोटाः अर्का पोचुर्गिज स्टार डिएगो जोटा पनि साउदी लिगमा आबद्ध भएका छन्। क्लब सेल्टिकमा आफूलाई अब्बल साबित गर्दै आएका २६ वर्षे एक पोचुर्गिज स्टार २५ मिलियन युरोमा साउदी क्लब अल-इतिहादमा जोडिएका हुन्। साउदी प्रो लिग आबद्ध जोटा सबैभन्दा कान्छो युरोपेली खेलाडी हुन्।

९.स्टेभन जेरार्डः एस्टन भिल्लाका पूर्व प्रशिक्षक तथा इङ्ल्याडका पूर्व खेलाडी जेरार्ड साउदी क्लब अल-एटिफाकका लागि नयाँ प्रशिक्षक बनेका छन्। एस्टन भिल्लाका लागि लिग खेलमा १२ मध्ये २ खेलमात्र जिताएपछि क्लबबाट बिदा भएका जेरार्ड सन् २०२४ सम्मका लागि साउदी क्लमै रहने सम्झैता रहेको छ।
  
१०.सर्गेज मिलिन्कोभिक-साभिकः लामो समय म्यानचेष्टर युनाइटेडका लागि खेलेका २८ वर्षिय मिलिन्कोभिक-साभिकले अन्तत युरोप छाडेर साउदी पुगेका छन्। रिपोर्टका अनुसार पूर्व म्यानचेष्टर युनाइटेडका मिडफिल्डर साउदी प्रो लिग क्लब अल-हिलालका लागि ४० मिलियन युरोमा अनुबन्ध भएका हुन्। 

११.रोबर्टो फिरमिनोः फिरिमिनो पनि गत सिजनदेखि युरोप छाडी साउदी प्रवेश गरेका छन्। रियल म्याड्रिड जान सक्ने हल्ला चरिरहेको समय सबैलाई आश्चर्यमा पार्दै साउदी क्लब अल-अहली रोजेका ३१ वर्षिय ब्राजिलियनको यो कदमलाई सराहनिय भनिएको। 

१२.एलेक्स टेल्सः ३० वर्षीय एलेक्स टेल्स म्यानचेष्टर युनाइटेडका पूर्व खेलाडी हुन्। एक समय म्यानचेष्टर युनाइटेडका लागि पहिलो रोजाइका खेलाडी बनेका टेल्स, ल्यूक श फर्ममा फर्किएपछि भने सधैं छाँयामा नै रहे। टेल्स गएको सिजन नै लोनमा अल नासरमा जोडिएका हुन्। जहाँ उनी पूर्व युनाइटेडका सहकर्मी रोनाल्डोसँग काधँमा काधँ राखेर खेल्ने छन्। 

जारी सिजन साउदी प्रो लिगसँग जोडिन सक्ने सम्भावित नामहरु…
१. केलियन एमबाप्पे- अल हिलाल
२.  जेसी लिंगार्ड, अल- अहली
३. रियाद महरेज- अल अहली
४. नेमार अल- हिलाल
५. सन हेङ मिङ- क्लब टुंगो लाग्न बाँकी
६. जोसे मोरिन्हो- अल अहली
७. विल्फ्रिड जाहा- अल नासर
८. लुका मोड्रिचलाई- अल हिलाल
९. बर्नार्डो सिल्भालाई- अल हिलाल
१०. हाकिम जिइच- अल नासर
११. जोर्डन हेन्डरसन- अल एत्तिफाक
१२. फाविनो- अल एत्तिहाद
१३. रोमेलु लुकाकु-अल हिलाल
१४. डेभिड डे जिया
१५. ह्युगो लोरिस

Logo