एसिया कपः विश्व नम्बर एक टोली पाकिस्तानविरुद्ध कस्तो प्रदर्शन गर्ला नेपालले ? [भिडियाेसहित]

एसिया कपः विश्व नम्बर एक टोली पाकिस्तानविरुद्ध कस्तो प्रदर्शन गर्ला नेपालले ? [भिडियाेसहित]

केन्द्रबिन्दु
0
Shares

विश्व क्रिकेटका दुई महारथी भारत र पाकिस्तानसँग नेपालले बुधबारदेखि सुरु हुने एसिया कपमा प्रतिस्पर्धा गर्दैछ।

नेपालले अन्तर्राष्ट्रिय क्रिकेटमा सहभागी भएको २७ वर्षे इतिहासमा पहिलो पटक दुई टेष्ट राष्ट्र, भारत र पाकिस्तानसँग भिड्ने मौका पाएको हो।

एसिया कप भारत र पाकिस्तानका लागि जति अर्थपूर्ण हुने गर्छ, यो पटक नेपालका लागि त्यो भन्दा बढी अर्थपूर्ण र प्रतीक्षित छ।  नेपालले अन्तर्राष्ट्रिय क्रिकेटमा सहभागी भएको २७ वर्षे इतिहासमा पहिलो पटक दुई टेष्ट राष्ट्र, भारत र पाकिस्तानसँग भिड्ने मौका पाएको हो। एसिया कपको डेब्यू खेलमा नेपालले विश्वको एक नम्बर टोली पाकिस्तानसँग उद्घाटन खेल खेल्दैछ। 

पाकिस्तानले भर्खरै सम्पन्न अफगानिस्तानविरूद्धको तीन खेलको एकदिवसीय सिरिज ३-० ले क्लिनस्विप गरेपछि पाकिस्तान विश्व नम्बर एक टोली बनेको हो। 

पाकिस्तानको मुल्तान रंगशालामा नेपाली समय अनुसार दिउँसो सवा तीन बजे सुरु हुने उक्त खेलमार्फत् नेपालको लामो समयदेखि पाकिस्तानसँग खेल्ने लक्ष्य पूरा हुँदैछ।

पाकिस्तानले भर्खरै सम्पन्न अफगानिस्तानविरूद्धको तीन खेलको एकदिवसीय सिरिज ३-० ले क्लिनस्विप गरेपछि पाकिस्तान विश्व नम्बर एक टोली बनेको हो। 

गएको बैशाखमा सम्पन्न एसीसी प्रिमियर कपमा नेपाल अपराजित हुँदै फाइनलमा युएईलाई ७ विकेटले हराउँदै एसिया कपका लागि छनोट भएको थियो। 

तर नेपाली टोलीले एसिया कपका लागि जति तयारीमा जुट्नुपर्ने हो त्यति नजुटेको देखिन्छ। अहिलेसम्म नेपाली टोलीले जति पनि खेलहरु खेलेको छ ती सबै नेपाल भन्दा र्यांकिङको आधारमा कमजोर टोलीहरुसँग खेलेको थियो। बुधबार पाकिस्तानविरुद्ध मैदानमा उत्रदा नेपालको हार लगभग निश्चित जस्तै छ तर खेल हो, अहिल्यै नै यस्तो भन्न सकिन्न। 

नेपालले केही महिना अघि मात्रै आफ्नो होम ग्राउण्डमा खेलेको सवैजसो खेलहरुमा निकै राम्रो प्रदर्शन गरेको थियो। तर देशभन्दा बाहिर गएपछि नेपालले जित्न नै बिर्सेको छ भन्दा फरक नपर्ला। पाकिस्तानविरुद्ध नेपालको प्रमुख हतियार भनेको स्पिन वलिङ रहेको नै हो तर पाकिस्तानी ब्याटरहरु स्पिन वलिङका सामु खेल्न निकै माहिर रहेका छन्।

नेपालले आफ्नो मुख्य हतियारका रुपमा लिएको स्पिन बलिङलाई निस्तेज पार्न पाकिस्तानी ब्याटरहरु तयारी अवस्थामा रहेको प्रस्ट देखिन्छ। बुधबार पाकिस्तानका कप्तान एवं प्रमुख ब्याटर बाबर आजम नेपालका लागि सबैभन्दा चुनौतीपूर्ण खेलाडी बन्ने पक्का छ। उनी हाल एक दिवशीय क्रिकेटका एक नम्बर खेलाडी हुन्। उनी एक्लैले नेपालविरुद्धको खेल जिताउने क्षमता राख्दछन्।

उनले पछिल्ला १० खेलमा ४७ को औसतमा ४ सय ७२ रन बनाएका छन्, उनको स्ट्राइक रेट लगभग ८२ को रहेको छ। त्यस्तै,पाकिस्तानी व्याटर इमाम उल हक नेपालको वलिङ लाइनका लागि खतरा हुन सक्छन्। उनी विश्व क्रिकेटको र्यांकिङ अनुसार तेस्रो नम्बरमा रहेका छन्। 

एक दिवशीय र्यांकिङमा ९ औँ नम्बरमा रहेका शाहिन शाह अफ्रिदीले पछिल्ला ७ खेलमा १४ विकेट लिएका छन्। उनी नेपालको व्याटिङ लाईनअफका लागि खतरा बन्न सक्छन्। 

यस्तै, बलरको कुरा गर्ने हो भने पाकिस्तानमा कोही भन्दा कोही कम छैनन्। पाकिस्तानको फास्ट बलर र स्पिनरको प्रदर्शन उतिकै दमदार रहेको छ। एक दिवशीय र्यांकिङमा ९ औँ नम्बरमा रहेका शाहिन शाह अफ्रिदीले पछिल्ला ७ खेलमा १४ विकेट लिएका छन्। उनी नेपालको व्याटिङ लाईनअफका लागि खतरा बन्न सक्छन्। 

यस्तै, अर्का फास्ट बलर हरिस रउफ पनि नेपालका लागि उतिकै खतरा रहेका छन्। उनले पछिल्ला ८ खेलमा १५ विकेट लिएका छन्। नेपालका व्याटरहरुमा कुशल भुर्तेलले निक्कै ठुलो जिम्मेवारी वहन गर्नु जरुरी देखिन्छ उनले पछिल्ला १० खेलमा ३० को औसतमा २९७ रन बनाएका छन्।

त्यस्तै, अर्का व्याटर भीम सार्कीले १० खेलमा ३७ को औसतमा २५८ रन बनाएका छन्। यस्तै कप्तान रोहित पौडेलको पनि पाकिस्तानविरुद्धको खेलमा मुख्य भुमिका खेल्न सक्ने खेलाडी हुन्। ‘टप अडर’ यदि प्लप भएमा उनले खेल सम्हाल्नु पर्ने देखिन्छ।

सन्दीपको पछिल्ला १० खेल हेर्ने हो भने उनीले १८ विकेट लिन सफल भइसकेका छन्। यस्तै नेपालका लागि अर्का वलर ललित राजवंशी पनि पाकिस्तानी खेलाडीका सामु चुनौती पेस गर्न सक्छन्। 

 

यसैगरी नेपाली बलरको कुरा गर्ने हो भने सन्दीप लामिछाने पहिलो रोजाईमा पर्छन् उनको लेग स्पिनरविरुद्ध पाकिस्तानी व्याटरलाई निक्कै मुस्किल हुने सम्भावना देखिन्छ। तर सन्दीपले विश्वभर विभिन्न फ्रेन्चाइजमा खेलीसकेकाले पाकिस्तानले उनको वलिङलाई एनालाइसिस् गरेर उनीविरुद्ध  पाकिस्तानी ब्याटरले एट्याक बुन्न सक्ने सम्भावना प्रवल देखिन्छ। 

सन्दीपको पछिल्ला १० खेल हेर्ने हो भने उनीले १८ विकेट लिन सफल भइसकेका छन्। यस्तै नेपालका लागि अर्का वलर ललित राजवंशी पनि पाकिस्तानी खेलाडीका सामु चुनौती पेस गर्न सक्छन्। 

उनी अहिले निक्कै फर्ममा देखिएका छन् उनको वलिङ पाकिस्तानको लागि खतरा बन्न सक्छ। यस्तै करण केसी र सोमपाल कामी पनि पाकिस्तानविरुद्धको खेलमा महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्ने बलरहरु हुन्।

बुधबारबाट सुरु हुने एसिया कपमा जम्मा १३ खेल हुनेछन्, जसमध्ये ४ खेल पाकिस्तान र ९ खेल श्रीलंकामा हुनेछ। १६ औँ संस्करणको एसिया कपमा ६ राष्ट्रको सहभागीता रहेको छ भने यसलाई दुई समूहमा विभाजन गरिएको छ। समूह ए मा नेपाल, भारत र पाकिस्तान छन् भने समूह बी मा बंगलादेश, श्रीलंका र अफगानिस्तान छन्। 

पाकिस्तानविरुद्ध नेपालको प्रमुख हतियार भनेको स्पिन वलिङ रहेको नै हो तर पाकिस्तानी ब्याटरहरु स्पिन वलिङका सामु खेल्न निकै माहिर रहेका छन्।

नेपाली खेलाडीहरुः रोहित कुमार पौडेल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, भीम सार्की, कुशल मल्ल, आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, गुल्सन झा, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, ललित राजवंशी, प्रतिश जीसी, मौसम ढलका, सन्दीप जोरा, किशोर महतो र अर्जुन साउद।

पाकिस्तानी खेलाडीहरुः बाबर आजम (कप्तान), अब्दुल्लाह शाफिक, फखर जमान, इमामुल हक, सलमान अली अघा, इफ्तियार अहमद, मोहम्मद रिजवान, मोहम्मद हरिस, शदाब खान, मोहम्मद नवाज, उसमा मीर, फहीम अस्रफ, हरीश रउफ, मोहम्मद वासिम जुनियर, नसीम शाह, शाहीन अफ्रिदी, साउद शकील र तय्यब ताहिर (रिजर्भ)।

Logo