गुणस्तरीय शिक्षाका लागि समस्याग्रस्त विद्यालयहरु मर्ज गर्न जरुरी छ: प्रिन्सिपल कृष्णदत्त अवस्थी [भिडियाे]

गुणस्तरीय शिक्षाका लागि समस्याग्रस्त विद्यालयहरु मर्ज गर्न जरुरी छ: प्रिन्सिपल कृष्णदत्त अवस्थी [भिडियाे]

केन्द्रबिन्दु
0
Shares

लिटल एन्जल्स कलेजका प्रिन्सिपल कृष्णदत्त अवस्थीले कोभिडपछि झन्डै ३ सय विद्यालयहरु बन्द भइसकेको बताएका छन् । 

केन्द्रबिन्दु शिक्षा संवादमा प्रिन्सिपल अवस्थीले कोभिडको समस्याले गर्दा विद्यालयहरुमा आर्थिक मन्दीको अवस्था सृजना भएसंगै सयौँ विद्यालयहरु बन्द भएको बताएका हुन् । कतिपय विद्यालयहरु संचालनको अवस्थामा नरहेर मर्जको स्थितिमा पुगेको पनि उनले बताए । 

नेपालको शिक्षा सर्टिफीकेट लिनको लागि मात्रै बनेको जस्तो देखिएको प्रिन्सिपल अवस्थीको गुनासो छ । अहिलेको शिक्षालाई सिप, रोजगारी र व्यवहारसंग जोड्न नसकिएकोले व्यवहारीक शिक्षामा कमी आएको उनले बताएका छन् । शिक्षामा सुहाउँदो किसिमको पाठ्यक्रमको विकास गर्न नसक्नु नै सरकारको मुख्य कमजोरी रहेको उनकोे दावी छ । 

सरकारले हरेक क्षेत्रमा राजनीति घुसाउने गरेकोले सामुदायिक क्षेत्रमा पठनपाठन गराउने शिक्षक शिक्षिकाहरु नै यसको मुख्य कारण बनेको प्रिन्सिपल अवस्थीले बताए । नेपालमा नै पठनपाठन गरेका विद्यार्थीहरुलाई रोजगारीको व्यवस्था दिने जिम्मेवारी सरकारको हो तर सरकार यो कदमबाट हरेक ठाउँमा चुकेको उनको तर्क छ ।

Logo