गिनिज वर्ल्ड रेकर्डमा रोनाल्डो सबैभन्दा अघि, मेसी, नेईमार र लेवान्डोस्की कति नम्बरमा ? [भिडियाेसहित]

गिनिज वर्ल्ड रेकर्डमा रोनाल्डो सबैभन्दा अघि, मेसी, नेईमार र लेवान्डोस्की कति नम्बरमा ? [भिडियाेसहित]

केन्द्रबिन्दु
0
Shares

पोर्चुगलका क्रिस्टियानो रोनाल्डोले गत वर्ष २०२२ र २०२३ मा गएर दुई ठूला गिनिज वर्ल्ड रेकर्डस् राखेका छन्। केही समयअघि मात्रै रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलमा २०० खेलको कोसेढुंगा पूरा गरेका थिए। 

अब रोनाल्डो अन्तर्राष्ट्रिय फुटबलमा २०० खेल पूरा गर्ने आधिकारिक पहिलो खेलाडी बनेका छन्।

युरो कप छनौटमा पोर्चुगलले आइसल्यान्डविरुद्ध खेलेको खेल रोनाल्डोका लागि २००औँ अन्तर्राष्ट्रिय खेल थियो। सो खेल हुँदा गिनिज बुकको टिम आफैं खेल मैदानमा पुगेर रोनाल्डोलाई रेकर्डको प्रमाणपत्र प्रदान गरेको थियो। 

अब रोनाल्डो अन्तर्राष्ट्रिय फुटबलमा २०० खेल पूरा गर्ने आधिकारिक पहिलो खेलाडी बनेका छन्। अघिल्लो वर्ष २०२२ मा रोनाल्डोले नै अन्तर्राष्ट्रिय फुटबलमै सर्वाधिक गोलको रेकर्ड पनि बनाएका थिए। 

अहिले उनका नाममा कूल १२३ अन्तर्राष्ट्रिय गोल रहेको छ। खेलकुदअन्तर्गत फुटबल विधाबाट गिनिज बुकमा सबैभन्दा धेरै रेकर्ड राख्ने खेलाडी रोनाल्डो नै हुन्। 

अन्तर्राष्ट्रिय फुटबलमा २०२२ र २०२३ मा बनाएका दुई रेकर्डसँगै उनका नाममा आजसम्म गिनिज बुकमा कूल ठूला र प्रमुख गरी जम्मा १७ रेकर्डसहरु रहेका छन्।

अन्तर्राष्ट्रिय फुटबलमा २०२२ र २०२३ मा बनाएका दुई रेकर्डसँगै उनका नाममा आजसम्म गिनिज बुकमा कूल ठूला र प्रमुख गरी जम्मा १७ रेकर्डसहरु रहेका छन्। फुटबलबाट कुनै पनि खेलाडीका नाममा रहेको यो सबैभन्दा धेरै रेकर्ड हो। उनका जति धेरै ठूला रेकर्ड अर्को खेलाडीको नाममा छैन।

केही समयअघि मात्रै पनि रोनाल्डोका नाममा अर्को अथवा १७औँ विश्व रेकर्ड थपिएको थियो। चर्चित अमेरिकी पत्रिका फोर्ब्सले वर्ष २०२३ का लागि सर्वाधिक कमाउने खेलाडीको सूची सार्वजनिक गर्दा रोनाल्डो शीर्ष स्थानमा रहेका थिए।

३८ वर्षका रोनाल्डोले २०२३ मा कमाएको कूल सम्पत्ति समग्र खेलकुद क्षेत्रमै एक वर्षमा कुनै पनि खेलाडीले कमाएको सर्वाधिक थियो। यसलाई गिनिज बुकले आफ्नो रेकर्डमा राखेर अफिसियल रूपमा बधाई नै दिएको छ।

रोनाल्डोपछि गिनिज वर्ल्ड रेकर्डसमा दोस्रो स्थानमा अर्जेन्टिनाका लियोनल मेसी रहेका छन्। उनका नाममा ७ रेकर्डहरु रहेका छन्। मेस्सीका नाममा रहेको सबैभन्दा ठूलो रेकर्ड भनेको सन् २०१२ सालमा गरेको एक वर्षमा गरेको कूल ९१ गोलको रेकर्ड हो। 

एकै वर्षभित्र मेसीले गरेको कूल ९१ गोलको रेकर्ड ज्यादै दुर्लभ रेकर्ड मानिन्छ। त्यसैगरी,अहिले स्पेनको क्लब बार्सिलोनमा रहेका रोवर्ट लेवानडोस्कीका नाममा पनि गिनिज बुकमा ४ रेकर्ड रहेका छन्। उनले युरोपियन टप-५ लिगमा १० मिनेटभन्दा कम समयमा ५ गोल गरेर दुर्लभ रेकर्ड बनाएका छन्।

चर्चित अमेरिकी पत्रिका फोर्ब्सले वर्ष २०२३ का लागि सर्वाधिक कमाउने खेलाडीको सूची सार्वजनिक गर्दा रोनाल्डो शीर्ष स्थानमा रहेका थिए।

त्यसैगरी, गिनिज बुकमा रेकर्ड राख्ने अन्य फुटबल खेलाडीमा ब्राजिलका नेइमार पनि अटाएका छन्। उनका नाममा जम्मा २ वटा रेकर्डहरु रहेका छन्। नेइमार सँगै ब्राजिलकै गोलकिपर एडर्सनका नाममा पनि गिनिज बुकमा एक रेकर्ड रहेको छ। नेइमार अहिले पिएसजी र एडर्सन म्यानचेस्टर सिटीबाट खेलिरहेका छन्।

Logo