३८ वर्षको उमेरमा ५३ गोल! सुन्दै अचम्म लाग्ने रेकर्ड राख्ने खेलाडी हुन्, पोर्चुगिच सुपरस्टार क्रिस्टियानो रोनाल्डो।
३४ वर्षमा पेले, ३७ वर्षमा म्याराडोना, २८ वर्षमा गर्ड मुलर, ३४ वर्षमा ब्राजिलियन रोनाल्डो र २९ वर्षमा लियोनल मेसीले अन्तर्राष्ट्रिय खेल जिवनबाट सन्यास लिएका थिए।
युरोपेली लिगमा सर्वाधिक सफल खेलाडीका रुपमा परिचित रोनाल्डोको आँखा अहिले एसियाली च्याम्पियन्स लिग अर्थात एफसी च्याम्पियन्स लिगमा रहेको छ।
भलै मेसीले देशप्रतिको माया र आफ्नो कर्तव्य पुरा नभएको भन्दै दुई महिनापछि नै सन्यास घोषणाको निर्णय फिर्ता लिए पनि यी विश्व फुटबल मंञ्चकै दिग्गज खेलाडीहरुले ३८ वर्षसम्म आफ्नो लयलाई निरन्तरता दिनै सकेनन्।
रोनाल्डोपछि अर्को स्विडिस खेलाडी ज्लाटन इब्राहिमोभिचले ३८ वर्षको उमेरमा ३० गोल गरेका थिए। तर गोल संख्याकै आधारमा रोनाल्डो इब्राहिमोभिच भन्दा २३ गोलले अघि छन्।
गएराती साउदी प्रो लिगमा पूर्वसहकर्मी करिम बेन्जेमाको क्लब अल इतिहादलाई ५-२ गोलले हराउने क्रममा रोनाल्डो एक्लैले अल नासरका लागि २ गोल गरेका थिए। यो दुई गोलसँगै रोनाल्डो वर्ष २०२३ कै सर्वाधिक गोलकर्ता बनेका हुन्।
अब यो वर्ष रोनाल्डोलाई गोल संख्याको आधारमा उछिन्न सक्ने खेलाडी कोही पनि छैनन्। किनकी यो वर्ष सकिन अब ३ दिन मात्र बाँकी छ। जहाँ अधिकांश रोनाल्डोका प्रतिद्धन्द्धीहरुको खेल तालिका अर्को वर्षपछि मात्र रहेको छ।
रोनाल्डोपछि गोल संख्याको आधारमा संयुक्त ५२ गोलका साथ ह्यारी केन दोस्रो र केलियन एमबापे तेस्रो स्थानमा छन् भने अर्लिङ हाल्याण्ड ५० गोलका साथ यो सिजन समाप्त पार्दैछन्।
म्यानचेष्टर सिटीको एक खेल अझैँ बाँकी रहेता पनि हाल्याण्ड घाइते भएकाले उनी खेल खेल्ने वा नलेल्ने भन्न सकिने अवस्था छैन। तसर्थ यो वर्षको सर्वाधिक गोलकर्ता रोनाल्डो बाहेक अन्य कोही पनि खेलाडी बन्ने सम्भावना छैन।
रोनाल्डोसँग वर्षको अन्तिम दिन अर्थात ३० डिसेम्बरका दिन एक खेल अझैँ बाँकी रहेकाले रोनाल्डोले उक्त खेल मार्फत गोल संख्या बढाउन सक्ने सम्भावना अझैँ बाँकी छ।
बाल्यकालको क्लब स्पोर्टिङ लिस्वन, म्यानचेष्टर युनाइटेड, रियल म्याड्रिड, युभेन्टस र पुनः म्यानचेष्टर युनाइटेडलगायत हाल साउदी क्लब अल नासरमा आबद्ध भएका भएका रोनाल्डोले व्यक्तिगत रुपमा जित्न सकिने सबै प्रकारका ट्रफीहरु जितिसकेका छन्।
रोनाल्डो जति उमेर छिप्पिदै गयो उति निखारिर्दै गइरहेका छन्। अझ भनौं रोनाल्डो उमेर बढेसँगै पुरानो वाइन जस्तै मिठो र दुर्लभ हुँदै गइरहेका छन्। रोनाल्डोले २९ वर्षसम्मको करिअरमा ४६३ गोल गरेका थिए। त्यसपछिको ९ वर्षको अवधिमा ४०८ गोल गरिसकेका छन्।
यसरी हेर्दा रोनाल्डोले बढ्दो उमेरसँगै लय गुमाउनुको सट्टा झन् उग्र बन्दै गइरहेका छन्। बाल्यकालको क्लब स्पोर्टिङ लिस्वन, म्यानचेष्टर युनाइटेड, रियल म्याड्रिड, युभेन्टस र पुनः म्यानचेष्टर युनाइटेडलगायत हाल साउदी क्लब अल नासरमा आबद्ध भएका भएका रोनाल्डोले व्यक्तिगत रुपमा जित्न सकिने सबै प्रकारका ट्रफीहरु जितिसकेका छन्।
सबैभन्दा प्रतिष्ठित प्रतियोगिता च्याम्पियन्स लिगमा सर्वाधिक सफल खेलाडीका रुपमा परिचित रोनाल्डोलाई युरोपेली मिडियाले मिस्टर च्याम्पियन्स लिगको निक नेम दिएको छ।
युरोपेली लिगमा सर्वाधिक सफल खेलाडीका रुपमा परिचित रोनाल्डोको आँखा अहिले एसियाली च्याम्पियन्स लिग अर्थात एफसी च्याम्पियन्स लिगमा रहेको छ।
रोनाल्डोपछि गोल संख्याको आधारमा संयुक्त ५२ गोलका साथ ह्यारी केन दोस्रो र केलियन एमबापे तेस्रो स्थानमा छन् भने अर्लिङ हाल्याण्ड ५० गोलका साथ यो सिजन समाप्त पार्दैछन्।
यो अल नासरको पनि सपना हो। युरोपेली प्रतियोगितामा जस्तै एसियाली प्रतियोगितामा पनि रोनाल्डोले थुप्रै रेकर्डहरु लेखाउन सक्ने सम्भावना जारी सिजनको गोल संख्याले नै देखाईसकेको छ।





























प्रतिक्रिया