रवि लामिछानेले इलाम २ मा बजाए घण्टी, नौ वर्षमा तयार भएको पुल राष्ट्रपतिद्वारा उद्घाटन[भिडियाेसहित]

रवि लामिछानेले इलाम २ मा बजाए घण्टी, नौ वर्षमा तयार भएको पुल राष्ट्रपतिद्वारा उद्घाटन[भिडियाेसहित]

केन्द्रबिन्दु
56
Shares

सभापति लामिछाने सहित इलाम पुगेर उपनिर्वाचनका लागि गरे उम्मेदवार घोषणा
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित शीर्ष नेताहरू इलाम पुगेर आगामी वैशाख १५ गते इलाम २ मा हुने उपनिर्वाचनको लागि उम्मेदवार घोषणा गरेका छन्। रास्वपाले मिलन लिम्बुलाई उम्मेदवार घोषणा गरेको हो । उम्मेदवार घोषणापछि सभापति लामिछानेले लिम्बूलाई घन्टी हस्तान्तरण गरी शुभकामना दिएका थिए। साथै सँगै घन्टी बजाएका थिए । सो क्रममा सभापति लामिछानेले इलामवासीलाई परिवर्तनका लागि घण्टीमा भोट हाल्न आग्रह गरेका थिए । अहिलेसम्म व्यक्तिले जिते पनि इलामले हारिरहेको भन्दै अब नेतृत्व परिवर्तन गर्न उनको आग्रह थियो ।
‘जनयुद्ध’को बेलामा भन्दा धेरै खटेर अघि बढिरहेको छुः प्रधानमन्त्री ‘प्रचण्ड’
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिले सरकारको नेतृत्व गर्दै थालेको नयाँ समीकरणले मात्र समाजवादको बाटो कोर्न सक्छ भन्ने विश्वासको साथ ‘जनयुद्ध’को बेलामा भन्दा धेरै खटेर अघि बढेको बताएका छन् । शनिबार काठमाडौंमा माओवादीको ‘२४औं जेल ब्रेक स्मृति दिवस’का अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । ‘म अहिले जनयुद्धको बेलामा भन्दा धेरै खटेको छु, बढी लडेको छु । लगातार घेरा तोड्ने लडाइँ जारी छ । म त लडिराखेकै छु ।’ उनले भने ।
सभामुख पाठकलाई बैठकमा अनुपस्थित हुन प्रस्ताव आएको दाबी
बागमतीका सभामुख भुवनकुमार पाठकले १९ चैतमा मुख्यमन्त्री शालिकराम जम्कट्टेलले विश्वासको मत माग्ने प्रयोजनका लागि बोलाएको बैठकमा अनुपस्थित हुन आफूलाई प्रस्ताव आएको दाबी गरेका छन् । उनले मुख्यमन्त्रीलाई २२ चैतभित्र विश्वासको मत लिन नदिन आफूलाई बैठकमा उपस्थित नहुन प्रस्ताव आएको बताएका हुन् । बैठकमा सहभागी नभएर सरकारलाई अप्ठेरोमा पार्नको लागि विभिन्न शक्तिहरुबाट दवाव आएको उनले उल्लेख गरे ।
गृहमन्त्री लामिछानेमाथि संसदीय छानविन समितिको माग पूर्वाग्रहः नेकपा एमाले
नेकपा एमालेले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानविन समितिको माग पूर्वाग्रहको आधारमा प्रेरित रहेको टिप्पणी गरेको छ । सदनको अवरोध हटाउन आज सभामुख देवराज घिमिरेले राखेको प्रमुख सचेतक र सचेतकहरुको बैठकपछि एमालेका प्रमुख सचेतक महेश बर्तौलाले संसदीय छानविन समिति बनाउन आवश्यक नभएको बताएका हुन् । गृहमन्त्री लामिछाने आफैं जवाफ दिन तयार रहेकाले कांग्रेसले धैर्यता राख्नुपर्ने उनको भनाइ छ ।
त्रिशुलीमा खसेर मृत्यु भएका पाँचै जनाको परिचय खुल्यो
शनिबार बिहान यात्रुवाहक ट्याक्सी त्रिशुलीमा खसेर दुर्घटना हुँदा मृत्यु भएका पाँचै जनाको परिचय खुलेको छ । काठमाडौंबाट गोरखा जाँदै गरेको बा२ज ४१९६ नम्बरको ट्याक्सी दुर्घटनामा गोरखाको रोका परिवार र उनका आफन्त रहेका छन् । एक जना अझै बेपत्ता छन् । ३९ वर्षीय शंकर रोकाको शुक्रबार राती क्यान्सरका कारण मृत्यु भएपछि पशुपतिमा अन्त्येष्टि गरेर शनिबार बिहान घर फर्कर्ने क्रममा दुर्घटनामा परेका हुन् । वेपत्ता रहेका दिवस रोका शंकरका छोरा हुन् ।
हाम्रो पार्टीले उपनिर्वाचन जित्छः एमाले
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी वैशाख १५ गते हुने उपनिर्वाचनमा आफ्नो पार्टीले जित्ने दाबी गरेका छन्। अध्यक्ष ओलीले प्रतिनिधिसभा इलाम क्षेत्र नम्बर २ र बझाङको प्रदेश सभा १ मा हुने उपनिर्वाचनमा एमालेले जित्ने बताएका हुन्। एमालेविरुद्ध सबै एकातिर हुने गठबन्धन टुटेकाले पनि यस पटकको उपनिर्वाचनमा आफ्नो पार्टीले हार्न नमिल्ने उनको जिकिर छ ।
टोपबहादुर रायमाझी अस्पतालबाट डिस्चार्ज
नक्कली शरणार्थी प्रकरणमा दोषी ठहर भएर थुनाामा रहेका नेपाल कम्युनिष्ट पार्टी एमालेका पूर्वसचिव टोपबहादुर रायमाझीको स्वास्थ्यमा सुधार आएपछि उनलाई अस्पतालबाट डिस्चार्ज गरिएको छ । मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरले नेता रायमाझीको स्वास्थ्यमा सुधार आएपछि डिस्चार्ज गरिएको हो । मुटुको चाल कम भएपछि नेता रायमाझीलाई गत बुधबार अस्पताल भर्ना गरिएको थियो । रायमाझी केन्द्रीय कारागारमा जेल जीवन बिताइरहेका छन् ।

नागरिकता बिक्री अभियोगमा दुई अधिकृतसहित थप एकजनालाई थुनामा पठाउने आदेश
जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकबाट नागरिकता बिक्री गरेको अभियोगमा हिरासतमा रहेका दुई अधिकृतसहित थप एकजनालाई जिल्ला अदालतले पुर्पक्षका निम्ति थुनामा पठाउने आदेश गरेको छ । अदालतले सोही प्रकरणमा संलग्न अर्का एकजनालाई पक्राउ पुर्जी जारीको आदेश दिएको छ । काठमाडौं महानगरपालिका–४ का ४० वर्षीय राजु गुरुङले अमेरिका जाने प्रयोजनका निम्ति काठमाडौंबाट लिएको सक्कली नागरिकताका साथै काभ्रेपलाञ्चोकबाट नागरिकता र राहदानी खरिद गरेको अनुसन्धानको क्रममा खुलेको हो ।
दुर्लभ घडियाल गोही छाडियो
बाँकेस्थित राप्ती नदीमा शनिबार २० वटा दुर्लभ घडियाल गोही छाडिएको छ । भरतपुर भ्रमण वर्ष २०२४ को अवसर पारेर पर्यटकीय गतिविधि बढाउने हेतुले चितवन राष्ट्रिय निकुञ्ज कार्यालयले शनिबार भरतपुर महानगर प्रमुख रेणु दाहालको उपस्थितिमा चितवन राष्ट्रिय निकुञ्जको मुख्यालय कसरा नजिकबाट नदीमा सात वर्षका २० वटा गोही छाडेको हो ।

राष्ट्रपति रामचन्द्र पौडेलले मोटर गुड्ने पुलको उद्घाटन गरे
राष्ट्रपति रामचन्द्र पौडेलले नौ वर्षमा तयार भएको भरतपुर महानगरपालिका–१ ठिमुरा र तनहुँको देवघाट जोड्न त्रिशुली नदीमाथि बनेको मोटर गुड्ने पुल शनिवार उद्घाटन गरेका छन् । काम सुरु भएको नौ वर्ष दुई महिनापछि उक्त पुल गएको पुसमा बनेर सकिएको थियो । बन्दै गर्दा दुई पटक भत्किएको र तीनजना मजदुरको ज्यानसमेत गएको सो पुल सरासर बनेको भए निर्माण सुरु भएको तीन वर्षपछि ७४ सालको कात्तिकमा बनिसक्नु पर्दथ्यो । तर, गत पुुसमा मात्रै बनेको हो ।
रुसले आफ्नो भिटो शक्तिको प्रयोग गर्यो
उत्तर कोरियाले संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद् यूएनएससी प्रतिबन्ध उल्लङ्घनको अनुसन्धान जिम्मेवारी प्राप्त विशेषज्ञको स्वतन्त्र समिति नवीकरण गर्ने उद्देश्यले गरिएको प्रस्तावलाई अवरुद्ध गर्दै रूसले बिहीबार संयुक्त राष्ट्र सङ्घमा आफ्नो भिटो शक्तिको प्रयोग गरेको छ । युक्रेनमा भएको द्वन्द्व र यूएनएससी प्रतिबन्ध उल्लङ्गनको अनुसन्धान विशेषज्ञ समिति निर्माणको प्रस्तावले मस्को र पश्चिमी देशबीच थप तनाव बढेको हो । पछिल्लो समय उत्तर कोरियाले यूएनएससी प्रतिबन्ध उल्लङ्गन गर्दै रूसको मुख्य युद्ध हतियार आपूर्तिकर्ताको रूपमा देखा परेको यूरोपेली मुलुकहरूको बुझाई छ ।
आयरल्यान्डविरुद्ध नेपाल ‘ए’ दोस्रो टी–२० मा पनि हार्यो
बिस्फोटक ब्याटिङ सुरुवातका बाबजुद नेपाल ए दोस्रो टी–२० सिरिजमा आयरल्यान्ड ए सँग ४० रनले पराजित भएको छ । शनिबार भएको खेलमा २२५ रनको विजयी लक्ष्य पछ्याएको नेपाल १७.५ ओभरमा १८४ रनमा अल आउट भयो । योसँगै तीन खेलको सिरिजमा आयरल्यान्डले एक खेल अगावै कब्जा जमाएको छ । शुक्रबार भएको पहिलो खेलमा पनि नेपाल लक्ष्य पछ्याउन नसक्दा हार व्यहोर्न बाध्य भएको थियो ।

Logo