हर्क साम्पाङले भेटे गृहमन्त्री रवि लामिछानेलाई, सके प’क्रा’उ गर्न दुर्गा प्रसाईंको चुनौती[भिडियाेसहित]

हर्क साम्पाङले भेटे गृहमन्त्री रवि लामिछानेलाई, सके प’क्रा’उ गर्न दुर्गा प्रसाईंको चुनौती[भिडियाेसहित]

केन्द्रबिन्दु
84
Shares

गृहमन्त्री लामिछाने र मेयर हर्क बीच भेट
धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई भेटेका छन् । लगानी सम्मेलन, बजेट सार्वजनिक नजिकिँदै गर्दा काठमाडौं आएका उनले आइतबार मन्त्रालयमा पुगेर गृहमन्त्रीसमक्ष धराने जनताका केही सरोकारका माग राखेका हुन् । केही दिनयता सामाजिक सञ्जालमा राष्ट्रिय स्वतन्त्र पार्टी र सभापति लामिछानेविरुद्ध मेयर साम्पाङले लगातार स्टाटस लेख्दै आएका थिए । तर, आइटबार यो भेटले गृहमन्त्री लामिछाने र रास्वपासँग हर्क साम्पाङको सम्बन्ध सुध्रिएको होकी भन्ने धेरैले आंकलन गरेका छन् । सो क्रममा साम्पाङका माग सम्बोधन गर्ने गृहमन्त्री लामिछानेले प्रतिबद्धता जनाएका छन् ।

प्रधानमन्त्रीले न्यायाधीश जस्तो जवाफ दिएको भन्दै कांग्रेसले जनायो विरोध
आइतबार बसेको प्रतिनिधिसभाको बैठकमा पनि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सहकारी ठगी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको संलग्नताबारेमा प्रधानमन्त्रीले न्यायाधीश जस्तो जवाफ दिएको भन्दै विरोध गरेको छ । नेपाली कांग्रेसका सांसद सञ्जय कुमार गौतमले सहकारी प्रकरणको विषयमा प्रधानमन्त्री न्यायाधीश बन्न खोजेको. र सुरक्षा निकायका प्रमुखले समेत सो विषयलाई फासफुस ढङ्गले क्लीन चिट दिने प्रयास गरेको बताएका हुन् । साथै संसदीय छावीन समितिको मागलाई कायमै राखेका छन् ।

दुर्गा प्रसाईंले आफ्नै पछिल्ला अभिव्यक्तिहरुको बचाउ गरे
मेडिकल व्यवसायी दुर्गा प्रसाईंले आफूले बैंकको पैसा तिर्दिनँ कहिल्यै नभनेको भन्दै आफ्नै पछिल्ला अभिव्यक्तिहरुको बचाउ गरेका छन् । आइतबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरूसँग सर्वोच्च अदालतले गरेको फैसलाले न्याय मरेको छैन भन्ने प्रमाणित भएको बताउँदै आफ्नो बचाउ गर्न भ्याएका हुन् । सात प्रतिशतको ब्याज किन १७ प्रतिशत बनाएको, गरिबको ऋण तिर्देउन सरकार पो भनेको,” प्रसाईंले भने । प्रसाईंले आफूलाई पक्राउ गरे पनि डर नभएको भन्दै पक्राउ गर्न चेतावनी पनि दिए ।

नेपाल टेलिकमका पूर्वप्रबन्ध निर्देशक पौडेल र सुरक्षण मुद्रण केन्द्रका पूर्वकार्यकारी निर्देशक पौडेललाई थप २१ दिन थुनामा राखिने
गैरकानुनी सम्पत्तिआर्जनको आरोपमा पक्राउ परेका नेपाल टेलिकमका पूर्वप्रबन्ध निर्देशक सुनिल पौडेल र सुरक्षण मुद्रण केन्द्रका पूर्वकार्यकारी निर्देशक विकल पौडेललाई थप २१ दिन थुनामा राख्न अदालतले अनुमति दिएको छ । आइतबार काठमाडौं विशेष अदालतले उक्त अनुमति दिएको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत माघ १० गते पौडेलद्वयलाई पक्राउ गरेको थियो । हाल उनीहरु हिरासतमै छन् ।

सात प्रदेशमध्ये एक प्रदेशको मुख्यमन्त्री हामीले पाउनुपर्छः नेकपा एसले
नेकपा एकीकृत समाजवादीले एक मुख्यमन्त्री पाउनुपर्ने माग राखेको छ । आइतबार गठबन्धनका शीर्ष नेताहरूको बैठकमा अध्यक्ष माधवकुमार नेपालले सात प्रदेशमध्ये एक प्रदेशको मुख्यमन्त्री पाउनुपर्ने अडान राखेका हुन् । उनले राजनीतिक नियुक्तिमा पनि सम्मानजनक सहभागिता पाउनुपर्ने बताएका थिए । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिँदा नै समाजवादीले लिखित सहमति मागेको थियो ।

सत्ता समीकरणमा परिवर्तन भएसँगै अर्थतन्त्रमा उत्साह पैदा भयोः प्रधानमन्त्री ‘प्रचण्ड’
प्रधानमन्त्री ‘प्रचण्ड’ले सत्ता समीकरणमा परिवर्तन भएसँगै अर्थतन्त्रमा उत्साह पैदा भएको बताएका छन् । पार्टीका मधेस प्रदेशका केन्द्रीय सदस्य एवं वैकल्पिक केन्द्रीय सदस्य र सल्लाहकारहरूको बैठकलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले पछिल्लो समय अर्थतन्त्रले सकारात्मक लय लिएको बताएका हुन् । उनले अब प्रभावकारी कार्यक्रम तयार गर्न र नतिजा आउनेगरी बजेट विनियोजन गर्न सम्बन्धित निकायलाई निर्देशन दिइसकेको स्पष्ट पारे ।

मुख्यमन्त्री जम्कट्टेलको विपक्षमा मतदान गर्नुः नेपाली कांग्रेस
नेपाली कांग्रेस बागमती प्रदेशले बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलको विपक्षमा मतदान गर्न निर्देशन दिएको छ । आज बसेको बैठकले आफ्नो पार्टीका सम्पूर्ण सांसदहरूलाई तटस्थ नबस्न र विश्वासको मतको विपक्षमा मतदान गर्न निर्देशन दिएको हो । जम्कट्टेलले भोलि चैत १९ गते विश्वासको मत लिन लिने कार्यक्रम रहेको छ। सत्ता समिकरण फेरिएपछि कांग्रेस बागमतीबाट बाहिरिएको छ ।

कर प्रणाली सुधार सम्बन्धी प्रतिवेदन अर्थमन्त्री वर्षमान पुनलाई हस्तान्तरण
कर प्रणाली सुधार सम्बन्धी उच्चस्तरीय सुझाव समितिले अर्थमन्त्री वर्षमान पुनलाई आइतबार मन्त्रालयमा प्रतिवेदन हस्तान्तरण गरेको छ । समितिले ६ महिना लगाएर २ सय ५८ पृष्ठ र १ सय ४० अनुसूची समेटिएको प्रतिवेदन तयार पारेको छ । प्रतिवेदनले राजस्व परिचालनमा वृद्धि, नयाँ रोजगारी सिर्जना तथा सार्वजनिक वित्त सबलीकरण हुने विश्वास लिएको छ । प्रतिवेदनमा करसम्बन्धी कानुन, करका दर, कर प्रशासन, राजस्व संरचना सहित अर्थतन्त्रका विविध विषयमा दिइएका सुझाव उल्लेख गरिएको छ ।

पूर्वराजा ज्ञानेन्द्र चैत २४ गते जुम्ला जाने
पूर्वराजा ज्ञानेन्द्र शाह आउँदो चैत २४ गते जुम्ला जाने भएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीको औपचारिक जानकारीका अनुसार जुम्लाको सदरमुकाम खलंगामा उनलाई नागरिक अभिनन्दन गर्ने कार्यक्रम रहेको छ । पूर्वराजाले जुम्लाको चन्दननाथ र भैरवनाथको दर्शन गर्नेे जानाइएको छ । सो अवसरमा सबै जुम्ली जनतालाई उपस्थितिका लागि आह्वान गरीएको छ ।

तीन युवतीलाई बेचेको आरोपमा दुई युवक पक्राउ
एक लाख रुपैयाँका दरले तीन युवतीलाई बेचेको आरोपमा दुई युवकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–४ घर भएका ३८ वर्षीय बच्चु विक सुनार र सोही ठाउँका ४७ वर्षीय दावा तामाङ भनिने दावा लामा छन् । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोलीले बच्चुलाई ५ चैतमा कपनबाट र दावालाई १६ चैतमा टिकाथलीबाट पक्राउ परेको हो । उनीहरुले आकर्षक रोजगारीमा विदेश पठाइदिने भन्दै सिन्धुपाल्चोकका तीन युवतीलाई भारत लगेर १–१ लाख रुपैयाँका दरले बेचेको पाइएको सीआईबीले जनाकारी दिएको छ ।

आइतबार नेप्से १७ दशमलव ३० अङ्कले घट्यो
शेयर बजार परिसूचक नेप्से आज १७ दशमलव ३० अङ्कले घटेर दुई हजार १८ दशमव ३३ विन्दुमा झरेको छ । आज निर्जीवन बीमाबाहेक सबै समूहको शेयर घटेर बजार राताम्मे हुँदा विकास बैंक, माइक्रोफाइनान्स र व्यापार समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ । आज ७९ लाख ५७ हजार कित्ता शेयर तीन अर्ब २० करोड रुपैयाँमा कारोबार भएको छ । आज सबैभन्दा धेरै सर्वोत्तम सिमेन्टको शेयर २८ करोड ६८ लाख रुपैयाँको कारोबार भएको छ ।

युक्रेन को पूर्वी खार्किभ क्षेत्रमा रुसी मिसाइल आक्रमण
युक्रेनको पूर्वी खार्किभ क्षेत्रमा जमिभ्स्का थर्मल पावर प्लान्ट (टीपीपी) रुसी मिसाइल आक्रमणबाट ध्वस्त भएको युक्रेनी ऊर्जा उत्पादन कम्पनी सेन्ट्रेनेगोले जनाएको छ । प्लान्टका सहायक उपकरण पनि क्षतिग्रस्त भएका छन् । युक्रेनी अधिकारीले देशको ऊर्जा पूर्वाधारमा अहिलेसम्मको सबैभन्दा ठूलो आक्रमण भएको बताएका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । दुई हजार दुई सय मेगावाट क्षमताको जमिभ्स्का टीपीपी पूर्वी युक्रेनमा सबैभन्दा ठूलो विद्युत् उत्पादन प्लान्ट हो ।

Logo