सन्दीपको मु;द्दा’ बाट भाग्दै अदालत, देउवाले एमालेकै कार्यक्रममा पुगेर ओलीलाई थ’र्का’ए[भिडियोसहित]

सन्दीपको मु;द्दा’ बाट भाग्दै अदालत, देउवाले एमालेकै कार्यक्रममा पुगेर ओलीलाई थ’र्का’ए[भिडियोसहित]

केन्द्रबिन्दु
42
Shares

कतारका राजा आज नेपाल आउँदै
नेपाल सरकारले कतारका राजा शेख तमिम बिन हमाद अल थानीको राजकीय भ्रमणको क्रममा आज सरकारले सार्वजनिक बिदा दिएको छ । राष्ट्रपति रामचन्द्र पौडेलेको निमन्त्रणामा कतारका अमिर शेख थानी पहिलोपटक यही वैशाख ११ र १२ गते नेपालको राजकीय भ्रमणमा नेपाल आउन लागेका हुन् । खाडी राष्ट्रहरूबाट नेपालमा हुन लागेको यो हालसम्मै सबैभन्दा उच्चस्तरको भ्रमण हो । उनको भ्रमणका अवसरमाद्विपक्षीय सम्झौता र समझदारी पत्रमा हस्ताक्षर हुने बताइएको छ । थानीलाई राष्ट्रपति रामचन्द्र पौडेलले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै पुगेर स्वागत गर्ने भएका छन् ।

अहिले नै एकीकरण गरौँ भन्ने हो भने फुटेका चाहि किन थियौँः ओली
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिले नै एकीकरण गरौँ भन्ने हो भने फुटेका चाहि किन थियौँ भन्दै प्रश्न गरेका छन् । नेकपा स्थापनाको ७५ वर्ष पूरा भएको अवसरमा आयोजित हीरक महोत्सवलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले प्रधानमन्त्री प्रचण्डललाई लक्षित गर्र्दै यस्तो टिप्पणी गरेका हु्न् । ‘अघि प्रचण्डजीले भनेजस्तै हामी पार्टी एकीकरण गरिहालौँ, पार्टी एकता भइहाल्छ भन्ने कुरा त्यो व्यक्तिगत आकांक्षा मात्रै हुनसक्छ। त्यसैले अहिले सहकार्यको माध्यमबाट निकट हुँदै जान्छौँ।’ उनले भने ।

पूर्वराष्ट्रपति भण्डारी ‘गणतन्त्र गौरव’ बाट सम्मानित
नेकपा एमालेले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई ‘गणतन्त्र गौरव’ बाट सम्मान गरेको छ । नेकपा स्थापनाको ७५ वर्ष पूरा भएको अवसरमा आयोजित हीरक महोत्सवमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, एमाले अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, पूर्वप्रधानमन्त्रीद्वय झलनाथ खनाल र डा. बाबुराम भट्टराईले संयुक्तरूपमा पूर्वराष्ट्रपति भण्डारीलाई सम्मान प्रदान गरेका थिए ।एमालेकी तत्कालीन उपाध्यक्ष भण्डारीले लोकतन्त्र, गणतन्त्र र ३३ प्रतिशत महिलाको राज्यका हरेक निकायमा प्रतिनिधित्व गर्ने सवालमा नेतृत्वदायी भूमिका निर्वाह गरेको भन्दै एमालेले सम्मान गरेको हो ।

मदन भण्डारीको हत्यारा खोज्न किन नसकेको : देउवा
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले एमालेले आयोजना गरेको कार्यक्रममा आफूलाई गाली गर्नेहरूले मदन भण्डारीको हत्यारा किन खोज्न नसकेको भन्दै प्रश्न गरेका छन् । ‘म आज वास्तवमा भन्ने हो भने मदन भण्डारीको विषयमा बोल्न आएको थिएँ तर कांग्रेसलाई कांग्रेसलाई गाली गर्नसम्म गर्नुभयो।’ उनले भने, ‘मलाई गाली गरेको ग¥यै गर्नेले मदन भण्डारीको हत्यारा खोज्न किन सक्दैन ? मदन भण्डारीको हत्यारा को हो पहिला पत्ता लगाउनुस्।’ देउवको यसो भनिरहँदा एमाले अध्यक्ष ओली र पूर्वराष्ट्रपति एवं मदन भण्डारी पत्नी विद्या भण्डारीले हेरिरहेका थिए ।

सहकारी पीडितको आशा गृहमन्त्री लामिछाने
पोखरामा सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थालगायत ६ वटा सहकारी पीडितहरूले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले अपचलन भएको रकम राज्यकोषबाट दिलाउने प्रयत्न गरिरहेको आशा व्यक्त गरेका छन् । सोमबार पोखरामा सहकारी पीडितहरूले दबाब जुलुस निकाल्दै गृहमन्त्री आफैं मुछिएको सहकारीबाट अपचलन भएको रकम राज्यकोषबाट आफूहरूले फिर्ता पाउने संकेत पाएको दाबी गरेका हुन् । उनीहरु गृहमन्त्री लामिछानेप्रति विश्वस्त देखिएका थिए । दबाब र्यालीमा ‘जीबी राई कहाँ छ ? रवि दाइलाई थाहा छ’ भन्ने नारा पनि लागेको थियो ।

कतारका राजा अमिर नेपाल आउने भएपछि सरकारले दिएको सार्वजनिक बिदाको राप्रपाले कटाक्ष गर्यो
कतारका अमिर (राजा) शेख तमिम बिन हमाद अल थानी नेपालको राजकीय भ्रमणमा आउने भएपछि सरकारले दिएको सार्वजनिक बिदाको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले कटाक्ष गरेको छ । ‘कतारका अमिर (राजा) शेख तमिम बिन हमाद अल थानी दुई दिने भ्रमणका लागि नेपाल आउँदा सरकारले मंगलबार सार्वजनिक बिदा दिएको छ । आफ्नो देशको राजालाई विदेशी योजनामा पाखा लगाएकाहरुले विदेशकै राजालाई भएपनि सम्मान दिएछ ! नेपालको राजालाई पनि आफ्नो स्थान, श्रीपेच र इज्जत देऊ ।राप्रपाका प्रवक्ता मोहन कुमार श्रेष्ठले भनेका छन् ।

गण्डकी प्रदेश सरकार गठन सम्बन्धी मुद्दा हेर्दाहेर्दैमा
गण्डकी प्रदेश सरकार गठन सम्बन्धी मुद्दा हेर्दाहेर्दैमा राखिएको छ । खगराज अधिकारीलाई मुख्यमन्त्री नियुक्त गर्दा सभामुख कृष्णप्रसाद धिताललाई पनि गणना गरिएको भन्दै कांग्रेसले चैत २७ गते सर्वोच्चमा रिट दायर गरेको थियो। तर, आज रिटको सुनुवाइ नसकिएकाले मुद्दा हेर्दाहेर्दैमा राखिएको हो । सार्वजनिक बिदा लगायत कारणले अब मुद्दाको सुनुवाइ १७ गते हुनेछ ।

सन्दीप लामिछानेको मुद्दा ‘हेर्न नभ्याइने’
नेपाली क्रिकेटर सन्दीप लामिछानेको मुद्दा ‘हेर्न नभ्याइने’मा परेको छ । उच्च अदालत पाटनका न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र पुरुषोत्तमप्रसाद ढकालको इजलासमा परेको मुद्दा ‘हेर्न नभ्याइने’ सूचीमा परेको हो । काठमाडौं जिल्ला अदालतले सन्दीपले गौशाला २६ लाई जबरजस्ती करणी गरेको ठहर गर्दै आठ वर्ष कैद र तीन लाख जरिवाना तथा थप दुई लाख रुपैयाँ क्षतिपूर्तिको फैसला गरेको थियो। यो फैसलाविरुद्ध सन्दीपले उच्चमा पुनरावेदन दिएका हुन् । तर, लामिछानेको मुद्दा टार्ने काम भइरहेको छ ।

रूसी राजदूतावास अगाडि धर्ना
रुसी सेनामा भर्ती भएका नेपालीका परिवारहरुले सकुशल घर फिर्ताको वातावरण बनाइदिन माग गर्दै काठमाडौंस्थित वालुवाटारमा अवस्थित रूसी राजदूतावास अगाडि धर्ना दिएका छन् । रुसी सेनामा भर्ति भएका नेपालीहरुको अवस्था सार्वजनिक गर्न, बेपत्ता भएकाहरुको खोजी गर्दै सकुशल घर फिर्ताको वातावरण बनाइदिन माग गर्दै उनीहरुले धर्ना दिएका हुन्।

सोमवार दोहारोे अङ्कले शेयर बजार घट्यो
शेयर बजार सोमवार दोहारोे अङ्कले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज १५ दशमलव ४१ अङ्कले घटेर एक हजार नौ सय ६९ दशमलव शून्य दुई विन्दुमा झरेको छ । सोमवार ५६ लाख ५६ हजार कित्ता शेयर दुई अर्ब पाँच करोड आठ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै गुर्खाज फाइनान्सको ११ करोड ५४ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।

माल्दिभ्समा भारत विरोधी राष्ट्रपति मोहम्मद मुइज्जुको पार्टीले बहुमत प्राप्त गर्यो
माल्दिभ्समा भारत विरोधी र चीन निकट मानिने राष्ट्रपति मोहम्मद मुइज्जुको पार्टीले बहुमत प्राप्त गरेको छ । मुइज्जुको पार्टी पिपुल्स नेसनल कंग्रेसले ९३ मध्ये ६० भन्दा बढी सिट जितेको त्यहाँको निर्वाचन आयोगले जनाएको छ। यसअघि मोहम्मद सोलिहलाई पराजित गर्दै गत सेप्टेम्बरमा मुइज्जु माल्दिभ्सको राष्ट्रपति बनेका थिए। निर्वाचन परिणामले अब संसदमा पनि राष्ट्रपति मुइज्जुको पार्टी बहुमतमा हुनेछ।

आरसिबीका कप्तान फाफ डु प्लेसिस र पन्जाब किङ्ग्सका कप्तान साम करनलाई जरिबाना
इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा रोयल च्यालेन्जर्स बेङ्गलुरुका कप्तान फाफ डु प्लेसिस र पन्जाब किङ्ग्सका कप्तान साम करनलाई जरिबाना भएको छ । कोलकाता नाइट रायडर्ससँग ‘स्लो ओभर–रेट’ अर्थात ढिलो गरी खेलेपछि बीसीसीआईले बेङ्गलुरुका कप्तान फाफ डु प्लेसिसलाई १२ लाख भारु जरिबाना तिराएको हो । साथै पन्जाब किङ्ग्सका कप्तान करनलाई गुजरात टाइटन्ससँगको खेलमा अम्पायरको निर्णयमा असहमति जनाएको भन्दै ‘म्याच फी’ को ५० प्रतिशत जरिबाना जरिबाना गरेको हो ।

Logo