छठमा बेहुलीझैँ शृंगारिए उपत्यकाका नदी तथा पोखरी, अर्घ्य दिन यसरी गर्नुहोस् स्थान बुक [भिडियोसहित]

छठमा बेहुलीझैँ शृंगारिए उपत्यकाका नदी तथा पोखरी, अर्घ्य दिन यसरी गर्नुहोस् स्थान बुक [भिडियोसहित]

केन्द्रबिन्दु
42
Shares

काठमाडौँ । नेपालीहरूको दोस्रो ठूलो पर्व तिहार सकिएसँगै देशभरका नदी र पोखरीहरूमा छठ पर्वको तयारी सुरु भइसकेको छ । आज ‘छठ’को दोस्रो दिन खरना र बिहीबार अस्ताउँदै गरेको सूर्यलाई अर्घ्य दिइन्छ भने शुक्रबार उदाउँदै गरेको सूर्यलाई अर्घ्य दिएपछि छठ पर्व सम्पन्न हुनेछ ।

छठ पर्व नसकिएसम्म बर्तालुले माछा, मासु, लसुन, कोदो, फापर, मुसुरो, आदि खादैनन् । आदिदेव सूर्य भगवान्लाई अर्घ्य दिन उपत्यकाभित्र पशुपति क्षेत्रस्थित गुह्येश्वरी मन्दिरमुनिको बागमती किनार, कमल पोखरी थापाथलीस्थित धोबी खोलालगायत स्थानहरूमा छठका लागि धमाधम श्रृङगार गरिदैँ छ । तराई तथा मिथिलाक्षेत्रमा मात्र केन्द्रित ‘छठ’ दुई दशकअघि मात्रै उपत्यकामा प्रवेश गरेको थियो ।

यही विषयवस्तुलाई केन्द्रमा राखेर केन्द्रबिन्दु टोलीले ‘छठ’का अवसरमा उपत्यकाका विभिन्न स्थानहरूमा गएर स्थलगत रिपोर्टिङ गरेको छ । रिपोर्टिङका क्रममा केन्द्रबिन्दु टोलीले पशुपति क्षेत्रस्थित गुह्येश्वरी मन्दिरमुनिको बागमती किनारमा ‘छठ’का लागि तयार पारिदैँ गरिएको स्थानमै गएर त्यहाँको माहोल, फोहोरको व्यवस्थापन, बाँस तथा टेन्टको व्यवस्थापनलगायत बत्ती र आर्थिक पक्षलाई केन्द्रमा राखेर गुहेश्वरीस्थित छठ पुजा व्यवस्थापन समितिका कोषाध्यक्ष धीरेन्द्रकुमार गुप्तासँग कुराकानी गरेको छ ।

कोषाध्यक्ष गुप्ताले यसपटक अघिल्लो वर्षको ५३० भन्दा झन्दै ७० जना दर्शनार्थीहरु अर्थात् ६०० जनाका लागि स्थान सुरक्षित गरिएको जानकारी दिए । उनले यस पटक छठको व्यवस्थापनका लागि झन्दै २० लाख भन्दा बढी आर्थिक सहयोग लिइसकेको बताए । यसका साथैं गुप्ताले दर्शनाथीहरुसँग प्रत्येक स्थल दिए वापत १५ सय रुपैंया पनि चन्दा स्वरुप लिएको बताए ।

साथैं रिपोर्टिङकै क्रममा छठका लागि बेहुलीझैं श्रृङगारिएको कमलपोखरीमा पनि गएर त्यहाँस्थित छठ पुजा व्यवस्थापन समितिका सल्लाहकार जीतेन्द्र झासँग व्यवस्थापन, सुरक्षा, बजेटलगायत विषयमा केन्द्रित भएर कुराकानी गरेको छ ।

सल्लाहकार झाले छठका लागि कमलपोखरीलाई बेहुली झैं श्रृङगार गर्नका लागि काठमाडौं महानगरपालिकाको तर्फबाट निकै सहयोग पाएकोमा आफूहरु हर्षित रहेको बताए । यसका साथैं झाले यस छठमा राष्ट्रपति रामचन्द्र पौडेल र मेयर बालेन शाह पनि ‘छठ’मा सहभागी हुन आउने भएकाले सुरक्षा व्यवस्था निकै कडा पारिएको पनि जानकारी गराए ।

Logo