जोडी प्रेम झल्किएको सुमधुर गीत च्वाँके बालेर सार्वजनिक [भिडियोसहित]

जोडी प्रेम झल्किएको सुमधुर गीत च्वाँके बालेर सार्वजनिक [भिडियोसहित]

केन्द्रबिन्दु
147
Shares

काठमाडौँ । पछिल्लो समयमा नेपाली संगीत क्षेत्र निकै फराकिलो बन्दै गएको त हामी सबैलाई अवगत नै छ । एकातिर भ्भूज र भाइरल हुनका लागि समाजमा नपच्ने अपाच्य दृश्यहरू समेटिने गर्छन् ।

यस्तै गीतहरूले बजार तताइरहेको बेलामा एक प्रेमिल जोडीको प्रेम झल्किएको सुमधुर गीत च्वाँके बालेर सार्वजनिक भएको छ । सोही गीतलाई बजारमा समीप इन्टरटेन्मेन्ट युट्युबद्वारा सार्वजनिक गरिएको छ ।

सुमधुर स्वरकी धनी अस्मिता अधिकारी र शिवसागर खड्काको आवाजमा रहेको उक्त गीतमा शब्द संगीत अहिलेका व्यस्त संगीतकार बाबुल गिरीको रहेको छ ।

सिक्लेश गाउँमा छायांकन गरिएको उक्त गितको भिडियोमा विवेक कार्की र अम्बिका तामाङलाई मुख्य भूमिकामा देख्न सकिन्छ । माया प्रेमले सजिएको गितको भिडियोमा क्यामेरामा विशाल थापा, सम्पादनमा नकुल खड्का, ड्रोनमा राकेश गुरुङ, प्रोड्क्सनमा विक्रम तामाङ, मेकअपमा सृष्टि थापा र सहायक निर्देशकमा सुनिल बुडाथोकी रहेका छन् । गाउँघरको चालचलन र परिवेशको कथा रहेको हुनाले स्वर्गको टुक्रा सिक्लेसमा आएर भिडियो बनाइएको यस भिडियोका निर्देशक दिलिप समनले जानकारी दिएका छन् ।

Skip This
Skip This
Logo