वैज्ञानिकहरुले खोजे ग्यालेक्सीको चिहान

वैज्ञानिकहरुले खोजे ग्यालेक्सीको चिहान

केन्द्रबिन्दु
0
Shares

चीनले फास्ट टेलिस्कोपको प्रयोगगरी अन्तरिक्षबाट आएको वेब सिग्नल प्राप्त गरेको छ । 

रोयल एस्ट्रोनोमिकल सोसाइटीमा प्रकाशित अनुसन्धानका अनुसार वैज्ञानिकहरूले डिजिटल नक्सा तयार गरेका छन् । यो नक्सा हेर्दा ताराहरू कहिले जन्मेका थिए, कति समय बाँचे र कहिले मरे भन्ने कुरा बुझ्न सकिन्छ । स्मरण रहोस मृत्युपछि पनि ताराहरू ग्यालेक्सीबाट पूर्ण रूपमा गायब हुँदैनन् मृत्युपछि ताराहरू सुपरनोभामा परिणत हुन्छन् । सुपरनोभा भनेको ताराहरुको भीषण विस्फोट हुनुलाई भनिन्छ ।

वैज्ञानिकहरूले सुपरनोभाबाट बाँकी रहेका अवशेषहरूलाई ‘ग्यालेक्टिक अन्डरवर्ल्ड’ नाम दिएका छन् । यस डिजिटल नक्सामार्फत ग्यालेक्टिक अन्डरवर्ल्डको रहस्य बुझ्न सकिने वैज्ञानिकहरुले बताएका छन् । अरबौं वर्ष पहिले आफ्नो चमक गुमाएका ताराहरू अर्थात् मरेका ताराहरूको अवशेषको उपस्थिति अन्तरिक्षमा सही रूपमा अनुमान गर्न सकिन्छ । वैज्ञानिकहरूले यो ठाउँलाई ‘ग्यालेक्सीको चिहान’ भनेका छन् ।

Logo