इमरान खान पाँच वर्षसम्म चुनाव लड्न अयोग्य ठहर, आयोग बाहिर चल्याे गोली

इमरान खान पाँच वर्षसम्म चुनाव लड्न अयोग्य ठहर, आयोग बाहिर चल्याे गोली

केन्द्रबिन्दु
0
Shares

निर्वाचन आयोगले पाकिस्तानी पूर्वप्रधानमन्त्री इमरान खानलाई पाँच वर्ष निर्वाचन लड्न अयोग्य ठहर गरेपछि इस्लामावादमा तनाव उत्पन्न भएको छ ।

त्यहाँको निर्वाचन आयोगले इमरान प्रधानमन्त्री भएका बेला सरकारी अधिकारीलाई विदेशबाट प्राप्त उपहारमध्ये धेरै बेचेको र हिनामिना गरेको आरोप लगाउँदै उनलाई पाँच वर्ष निर्वाचन लड्न अयोग्य ठहर गरेको हो । 

विदेशीहरूले सरकारी अधिकारीलाई दिने उपहारसम्बन्धी तोसाखाना मुद्दामा आयोगले शुक्रबार फैसला सुनाएको हो। प्रमुख निर्वाचन आयुक्तसहित पाँचजनाको इजलासले उक्त मुद्दामा खानलाई दोषी ठहर गर्दै पाँच वर्षसम्मका लागि अयोग्य ठहर गरेको हो।

आयोगको यो निर्णयलगत्तै इस्लामावादमा प्रदर्शन सुरु भएको छ । आयोग बाहिर गोलीसमेत चलेको छ । इमरान समर्थकहरूले आयोगको यो निर्णय खारेज गर्दै प्रदर्शन गरेका हुन् । खानको तेहरिक ए इन्साफ (पिटिआई) पार्टीले आयोगको फैसलाविरूद्ध इस्लामावाद उच्च अदालतमा पुनरावेदन गर्ने भएको छ। 

Skip This
Skip This
Logo