भारतीय मूलका ऋषि सुनक बेलायतको प्रधानमन्त्रीका लागि छानिएका छन् ।
४२ वर्षीय सुनक बेलायतको पहिलो एसियाली मूलका प्रधानमन्त्री हुनेछन् । यसका साथै ऋषि सुनक हिन्दु पनि हुन् । यो खबरमा पाकिस्तानी प्रधानमन्त्रीले आफ्नो प्रतिक्रिया दिएका छन् ।
पाकिस्तानी प्रधानमन्त्री शहबाज शरिफले ट्वीट गर्दै सुनकलाई बधाई दिएका छन् ।
उनले ट्वीट गर्दै लेखेका छन्, ‘ऋषि सुनकलाई बेलायतको नयाँ प्रधानमन्त्री र कन्जरभेटिभ पार्टीको नेतामा निर्वाचित भएकोमा बधाई छ । म उनीसँग मिलेर साझा हित र पाकिस्तान–बेलायतको सम्बन्धलाई मजबुत बनाउने दिशामा काम गर्न चाहन्छु ।’





























प्रतिक्रिया