१९ वर्षिय युवक र तीन नाति–नातिना भएकी ५६ वर्षिय महिलाले गरे इन्गेजमेन्ट

१९ वर्षिय युवक र तीन नाति–नातिना भएकी ५६ वर्षिय महिलाले गरे इन्गेजमेन्ट


१९ वर्षका एक युवक र तीन नाति–नातिना भएकी ५६ वर्षकी हजुरआमाले विवाह गर्नका लागि इन्गेजमेन्ट गरेका छन् । 

थाइल्याण्डका १९ वर्षका वितिचाई चन्तराजले आफ्नी ५६ वर्षकी भावी श्रीमतीलाई लगभग १० वर्ष अघि भेटेका थिए । त्यतिबेला ती महिला थाइल्याण्डको साखोन नाखोन प्रान्तमा ती युवकको छिमेकी बन्न आएकी थिइन् । उनीहरुबीच पहिलो वास्तविक संवाद त्यतिबेला भयो जब जान्लाले १० वर्षका केटालाई माटाका भाँडोमा भएका केही बिरुवाहरु सार्न मद्दत गर्न आग्रह गरिन् । त्यो दिनदेखि वितिचाई सम्बन्धविच्छेद भइसकेकी ती महिलाको घरमा खेल्न जान्थे र उनलाई घरको काममा सहयोग गर्थे ।

यी दुईले आफ्नो सुरुवाती सम्बन्धलाई मित्रताको रुपमा वर्णन गर्छन् । तर जब वितिचाई १७ वर्षका पुगे तब जान्लाप्रति उनको आकर्षण बढ्यो । वितिचाईले आफ्नो भावना व्यक्त गरेपछि यी दुई जोडीको रुपमा बस्न थाले । यी दुईले यस वर्षको सुरुमा मात्रै आफ्नो परिवारलाई आफूहरुबीचको रोमान्सबारे जानकारी दिएका थिए । यी दुईको प्रेमकथा थाइल्याण्डमा हेडलाइन बनेको छ ।

‘वितिचाई मेरा लागि सुपरहिरोजस्तै हुन् । उनले मलाई सधैँ सहयोग गर्छन् । जब उनी हुर्किँदै गए तब हामीबीच एक–अर्कामा भावना विकसित भयो,’ जान्लाले भाइरल प्रेसलाई भनिन् । ‘मैले उसलाई बच्चैबेलादेखि चिनेकी छु । जब हामी कसैलाई हामीहरु एक–अर्कासँग प्रेम सम्बन्धमा छौँ भन्छौँ, तब यो कुरा पत्याउन उनीहरुलाई गाह्रो हुन्छ । मेरा आफ्नै बच्चा पनि चकित परे । तर उसले मलाई म जवान छु भनेर महसुस गराएको छ र हामी सँगै बस्छौँ । हामी निकै खुसी छौँ । हामी विवाहसमेत गर्छौँ ।’

Logo