‘इमरान खानले भारतीय चर्चित अभिनेताहरु भन्दा राम्रो अभिनय गर्छन्’

‘इमरान खानले भारतीय चर्चित अभिनेताहरु भन्दा राम्रो अभिनय गर्छन्’

केन्द्रबिन्दु
0
Shares

पाकिस्तान डेमोक्रेटिक मुभमेन्ट (पीडीएम) का प्रमुख मौलाना फजलुर रहमानले पूर्व प्रधानमन्त्री इमरान खानमाथिको आक्रमण नाटक मात्र भएको बताएका छन् । उनले इमरान खानले आफ्नो अभिनय कौशलमा भारतीय अभिनेता शाहरुख खान र सलमान खानलाई पनि पछाडि पारेको भन्दै ब्यंग्य गरेका छन् । 

पूर्व प्रधानमन्त्री खानलाई सार्वजनिक सभाका क्रममा एक व्यक्तिले खुट्टामा गोली हानेका थिए । बिहीबार दाहिने खुट्टामा गोली लागेका खानलाई सफल शल्यक्रियापछि आइतबार अस्पतालबाट डिस्चार्ज गरिएको हो । अहिले उनलाई लाहोरस्थित निजी निवासमा सारिएको छ ।

खानलाई लागेको चोटबारे आशंका व्यक्त गर्दै फजलुर रहमानले खानको चोटबारे अझै भ्रम कायमै रहेको बताएका छन् । उनलाई गोली लागेको हो वा बढी र एउटा खुट्टा वा दुवैमा चोट लागेको हो भन्ने खुल्न सकेको छैन ।

Logo