जी २० सम्मेलनः सहभागी नेता साइडलाइन वार्तामा व्यस्त, भारतले अध्यक्षता लिने तयारी

जी २० सम्मेलनः सहभागी नेता साइडलाइन वार्तामा व्यस्त, भारतले अध्यक्षता लिने तयारी

केन्द्रबिन्दु
0
Shares

विश्वका ठूला औधोगिक राष्ट्रहरूको समूह जी २० को बैठक इन्डोनेसियाको राजधानी बालीमा चलिरहेको छ । 

बैठकका क्रममा सहभागी नेताहरूबीच साइडलाइन वार्ता भएका छन् । फ्रान्सका राष्ट्रपति इम्यानुअल म्याँक्रोले चीनका सी जिनपिङसँग वार्ता गरिरहेका छन्। यो बैठकले युक्रेनमा रुसको आक्रमणबाट प्रभावित खाद्य सुरक्षालाई सम्बोधन गर्न कदम चाल्ने अपेक्षा गरिएको एक अमेरिकी अधिकारीले बताएका छन् ।

सोमबार अमेरिकी राष्ट्रपति जो बाइडेनले चिनियाँ समकक्षीसँगको भेटवार्तामा आफूले अमेरिका र चीनबीचको द्वन्द्वलाई नहेरेको नयाँ शीत युद्ध नहुने बताएका थिए । ताइवान मामिलामा राष्ट्रपति सीले बाइडेनलाई रातो रेखा पार नगर्न चेतावनी दिएको चिनियाँ सञ्चार माध्यमहरुले जनाएका छन् । दुई महाशक्तिबीचको सम्बन्ध चिसिइरहेका बेला दुई नेताबीच सोमबार भेट वार्ता भएको थियो । ताइवानले आफूलाई स्वायत्त र सार्वभौमसत्ता राष्ट्र सम्झन्छ भने बेइजिङले आफ्नो भूभागको अंश मान्दै आएको छ । 

यसैबीच, बैठकलाई सम्बोधन गर्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले युक्रेनमा तत्काल युद्धविराम अन्त्य गरेर वार्तामार्फत समस्या समाधान गर्न सरोकारवालाई आह्वान गरेका छन् । ‘विगत शताब्दीमा दोस्रो विश्वयुद्धले विश्वमा तहसनहस मच्चायो, त्यसपछि त्यस समयका नेताहरूले शान्तिको बाटोमा लाग्न गम्भीर प्रयास गरे, अब हाम्रो पालो’,  प्रधानमन्त्री मोदीले भने । 

साइडलाइन भेटमा मोदीले अमेरिकी राष्ट्रपति बाइडेन र फ्रान्सेली राष्ट्रपति इम्यानुअल म्याँक्रोसँग भेटवार्ता गरेका थिए । सो अवसरमा उनले खाद्यान्न संकट, जलवायु परिवर्तन र युक्रेन युद्धबारे छलफल गरेका थिए । भारतले जी २० को  अध्यक्षता लिने तयारी गरेको छ । भारतले विश्वव्यापी जीडीपीको ८५ प्रतिशत र विश्वव्यापी व्यापारको ७५ प्रतिशत प्रतिनिधित्व गर्दछ । 
 

Logo