तेहरानमा २४६ किलो अफिम बरामद

तेहरानमा २४६ किलो अफिम बरामद

केन्द्रबिन्दु
0
Shares

इरानको राजधानी तेहरानमा प्रहरीले दुई छुट्टाछुट्टै कारबाहीमा २४६ किलोग्राम अफिम बरामद गरेको स्थानीय सञ्चारमाध्यमले जानकारी दिएका छन् ।

पहिलो कारबाहीमा प्रहरी बलहरूले लागूऔषध तस्कर गिरोहलाई ध्वस्त पारी २१८  किलो अफिम बरामद गरेको तेहरानका उपप्रहरी कमाण्डर हमिद होडाभान्डले अर्ध-आधिकारिक तस्निम समाचार एजेन्सीलाई उद्धृत गर्दै बताएका छन् । होडाभान्डले गिरोहका सदस्यहरूलाई चौबीसै घण्टा निगरानी र देशको उत्तरतर्फ जाने क्रममा बाटोमै पक्राउ गरिएको बताए।

अर्को कारबाहीमा इरानको विमानस्थल प्रहरीले तेहरानको इमाम खोमेनी अन्तरराष्ट्रिय विमानस्थलबाट बाहिरिने क्रममा दुई जना यात्रुहरूबाट २८ किलोग्राम अफिम बरामद गरेको प्रहरी कमाण्डर मोहसेन अकिलीले इरानी विद्यार्थी समाचार एजेन्सीलाई बताएका छन्।

दुवै लागुऔषध कारोबारीलाई न्यायिक निकायमा बुझाइएको अकिलीले बताए । -सिन्ह्वा

Logo