मेक्सिकोको उत्तरी राज्य सिनालोआमा लागूऔषधका नायिके ओभिडियो गुजम्यानको गिरफ्तारका क्रममा २९ जनाको मृत्यु भएको छ ।
त्यहाँका रक्षा मन्त्री लुइस क्रेसेन्सियो स्यान्डोभलका अनुसार गिरोहका १९ संदिग्ध सदस्य र १० सैन्य कर्मचारीको मृत्यु भएको हो । मेक्सिकोका सुरक्षा बलहरूले जेलमा रहेका जोआकिन “एल चापो“ गुजमानका ३२ वर्षीय छोरा गुजमानलाई बिहीबार बिहानै पक्रेको थियो । पक्राउपछि गिरोहका सदस्यहरूसँगको झडप र गोली हानाहानका क्रममा २९ जनाको मृत्यु भएको बताए । गुजमानलाई घरमा पक्राउपछि हेलिकप्टमार्फत मेक्सिको सिटीमा उडाइएको थियो । त्यसलगत्तै कडा सुरक्षबीच जेलमा लगिएको थियो ।
मेक्सिकोका सुरक्षा बलहरूले अमेरिकी राष्ट्रपति जो बाइडेनको भ्रमणअघि जेलमा रहेका लागूऔषध कारोबारका नायिके गुजम्यानलाई पक्राउ गरेको थियो । “एल रटन“ (द माउस) उपनामले चिनिने ओभिडियो गुजम्यान लाई उत्तरपश्चिमी सहर कुलियाकानमा समातेर सेनाको हेलिकोप्टरमा राखेर मेक्सिको सिटी लगिएको रक्षा मन्त्रीले बताए ।





























प्रतिक्रिया