राष्ट्रपति बाइडेनको घरमा छापा, गोप्य दस्तावेज बरामद

राष्ट्रपति बाइडेनको घरमा छापा, गोप्य दस्तावेज बरामद

केन्द्रबिन्दु
0
Shares

अमेरिकाको  न्याय मन्त्रालयले राष्ट्रपति जो बाइडेनको डलावेयरस्थित घरबाट ६ वटा गोप्य दस्ताबेज बरामद गरेको छ। 

न्याय मन्त्रालयका जाँचकर्ताले छापा मारेर उनको घरबाट गोप्य दस्तावेज बरामद गरेका हुन्। करिब १३ घण्टाको प्रयासपछि उनको घरबाट गोप्य दस्तावेज फेला परेको अधिकारीहरुले जनाएका छन्।  छापा मार्दा राष्ट्रपति बाइडेन र उनकी पत्नी घरमा थिएनन्। 

यस्ता गोप्य दस्तावेज गत शुक्रबार विलमिंग्टन घरबाट पनि मिलेको थियो। वकिल बब बाबरले ‘बाइडेनका नोट्स तथा आस-पास का मटेरियल पनि जफत गरेको जनाएका छन्।   

राष्ट्रपतिका सल्लाहकारले भने उनको घरमा मिलेका सबै दस्तावेज न्याय मन्त्रालयलाई दिएको बताएका छन्।  मन्त्रालयले पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको घरबाट पनि सयौं यस्ता दस्तावेज बरामद गरेर छानबिन गरिरहको छ। 

Logo