ग्यास विस्फोटमा परी चार बालबालिकाको मृत्यु, दुई महिला घाइते

ग्यास विस्फोटमा परी चार बालबालिकाको मृत्यु, दुई महिला घाइते

केन्द्रबिन्दु
0
Shares

पाकिस्तानको दक्षिणपश्चिम बलुचिस्तान प्रान्तको क्वेटा सहरमा बुधबार एउटा घरमा ग्यास चुहावटका कारण भएको विस्फोटमा परी चार बालबालिकाको मृत्यु भएको छ । सो घटनामा परी दुई महिला घाइते भएका छन् ।
   
परिवारका एक सदस्यले कोठामा लिक भएको ग्यास जम्मा भएको थाहै नपाई हीटर बाल्ने प्रयास गर्दा घटना भएको जनाइएको छ । घटनामा घर आंशिक रुपमा भत्किएको  र ठूलो आगो निस्कियो जसको कारण बच्चाहरू र महिलाहरू गम्भीर रूपमा जलेका थिए ।  उद्धार टोलीहरूद्वारा घाइतेहरुलाई नजिकैको अस्पतालमा लगिएको  जनाइएको छ ।

घाइते बालबालिकाको मृत्यु भएको छ भने गम्भीर घाइते महिलाको अस्पतालमा उपचार भइरहेको  जनाएको छ । क्वेटामा हाल चरम शीतलहर जारी रहेको  छ । क्वेटामा  हाल  रात र बिहानको समयमा माइनस तीन डिग्री सेल्सियसमा झर्ने गरेको जनाइएको छ । -सिन्ह्वा

Logo