अफगानिस्तानमा ६ दशमलव ६ रेक्टर स्केलको भूकम्प , भारतमा पनि धक्का

अफगानिस्तानमा ६ दशमलव ६ रेक्टर स्केलको भूकम्प , भारतमा पनि धक्का

केन्द्रबिन्दु
0
Shares

अफगानिस्तानको फैजावाद केन्द्रबिन्दु भएर शक्तिशाली भूकम्प गएको छ । 

६ दशमलव ६ रेक्टर स्केलको भूकम्पको धक्का भारतको राजधानी नयाँ दिल्लीसहित पाकिस्तानमा पनि महसुस भएको छ। भारतीय भूगर्भविभागका अनुसार गएराति १० बजेर १७ मिनेटमा भूकम्प गएको हो ।

यसबाहेक लाहोर, क्वेटा र रावलपिंडीमा पनि भूकम्पको धक्का महसुस गरिएको छ । प्रभावित क्षेत्रमा उद्दारकर्ता खटिएका छन्। भूकम्प प्रभावित विभिन्न क्षेत्रमा भएको क्षतिको विस्तृत विवरण आउन बाँकी छ ।

 

Logo