भारतमा खालिस्तान समर्थकहरूको ट्विटर एकाउन्ट ब्लक

भारतमा खालिस्तान समर्थकहरूको ट्विटर एकाउन्ट ब्लक

केन्द्रबिन्दु
0
Shares

भारतमा धेरै खालिस्तान समर्थकहरूको ट्विटर एकाउन्ट ब्लक गरिएको छ। 

यसरी ट्विटर एकाउन्ट ब्लक हुनेमा क्यानडाको न्यू डेमोक्रेटिक पार्टीका सांसद जगमीत सिंह, क्यानडाकी कवयित्री रुपी कौर, स्वैच्छिक संस्था युनाइटेड सिख र क्यानडाका कार्यकर्ता गुरदीप सिंह सहोताको ट्विटर अकाउन्ट  ब्लक गरिएको छ ।

जगमीत सिंह भारत विरोधी टिप्पणीका लागि परिचित छन्। उनको टिप्पणीले विभिन्न देशमा यी खालिस्तान समर्थकहरुको आक्रमण बढेको भारतीय सरकारी अधिकारीले जनाएका छन् ।

उता, खलिस्तान समर्थकहरूले आइतबार लन्डनस्थित भारतीय उच्चायोगमा तोडफोड गरेका थिए । लण्डनस्थित भारतीय उच्च आयोगमा खलिस्तान समर्थकले तोडफोड र भवनबाट भारतीय झण्डा हटाउने खोजेपछि एक व्यक्तिलाई पक्राउ गरिएको छ ।

लन्डन घटना पछि खालिस्तान समर्थकहरूले सान फ्रान्सिस्कोस्थित भारतीय वाणिज्य दूतावासमा समेत हमला गरेका छन् ।  सोमबार अमेरिकाको सान फ्रान्सिस्को स्थित भारतीय महा वाणिज्य दूतावासमा भएको आक्रमण प्रति भने भारतले कडा विरोध गरेको छ । अमेरिकी इन्चार्जलाई बोलाएर सम्पत्ति तोडफोड प्रति कडा आपत्ति जनाएको हो । 

अमेरिकी सरकारलाई कूटनीतिक प्रतिनिधित्वको संरक्षण र संरक्षण गर्ने आफ्नो मौलिक दायित्वको सम्झना गराइएको थियो, राज्य विभागले एक विज्ञप्तिमा जनाएको छ ।

Logo