प्रधानमन्त्रीको विरोध गरेपछि इजरालयली रक्षामन्त्री बर्खास्त

प्रधानमन्त्रीको विरोध गरेपछि इजरालयली रक्षामन्त्री बर्खास्त

केन्द्रबिन्दु
0
Shares

इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले आफ्नो विरोध गरेपछि रक्षामन्त्री योआव ग्यालेन्टलाई पदबाट बर्खास्त गरेका छन्। 
प्रधानमन्त्री नेतान्याहूको कार्यशैली र कदमको विरोध गरेपछि उनलाई बर्खास्त गरिएको हो ।

राष्ट्रिय सुरक्षा कमजोर पार्ने गरी प्रधानमन्त्री नेतान्याहूले  न्यायप्रणालीमा फेरबदल ल्याउन कानुन अघि सारेको सार्वजनिक कार्यक्रममा ग्यालेन्टले बताएका थिए। सोही अभिव्यक्तिपछि प्रधानमन्त्री नेतान्याहूले उनलाई बर्खास्त गरेका हुन्। 

रक्षामन्त्री ग्यालेन्टलाई बर्खास्त गरेपछि इजरायलमा सरकारविरुद्ध प्रदर्शन भएको छ। हजारौँ नागरिक सडकमा उत्रिएर प्रधानमन्त्री नेतान्याहूको कदमको विरोध जनाएका छन्। 

Logo