राहुल गान्धी आफूलाई सुनाइएको सजायविरुद्ध अदालत जाँदै

राहुल गान्धी आफूलाई सुनाइएको सजायविरुद्ध अदालत जाँदै

केन्द्रबिन्दु
0
Shares

 भारतीय काँग्रेस पार्टीका नेता राहुल गान्धीले आफूविरूद्ध लागेको मानहानी मुद्दाविरूद्ध अदालतमा अपिल गर्ने भएका छन्। 

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई इंगित गर्दै ‘मोदी थर’ का सबैलाई चोर भनेको आरोपमा हालै सुरतको अदालतले उनलाई दोषी ठहर गरेको थियो। उनले चुनावको र्‍यालीलाई सम्बोधन गर्ने क्रममा यस्तो टिप्पणी गरेका थिए। 

राहुलले आफूले गरेको टिप्पणीप्रति माफी नमाग्ने बताउँदै आएका छन्। आइतबार आफ्नी आमा सोनिया गान्धी, दिदी तथा काँग्रेस पार्टीकी महासचिव प्रियंका गान्धी र भिनाजु रोबर्ट वाड्रासँग डेढ घण्टा लामो बैठकपछि राहुलले अदालतमा आफूविरूद्ध लागेको आरोपलाई चुनौति दिने बताएका हुन्। 

Logo