भारतीय काँग्रेसका नेता राहुल गान्धीविरुद्धको सजाय तत्काल कार्यान्वयन नहुने

भारतीय काँग्रेसका नेता राहुल गान्धीविरुद्धको सजाय तत्काल कार्यान्वयन नहुने

केन्द्रबिन्दु
0
Shares

मानहानिको मुद्दामा दुई वर्ष कैद सजाय सुनाइएका भारतीय काँग्रेसका नेता राहुल गान्धीविरुद्धको सजाय तत्काल कार्यान्वयन नहुने भएको छ। पुनरावेदन अदालतले तल्लो अदालतको फैसला तत्काल कार्यान्वयन नर्गन भनेको भारतीय सञ्चारमाध्ययमले जनाएका छन् ।

अब पुनरावेदनको सुनुवाइ टुंगोमा नपुगेसम्म तल्लो अदालतको फैसला कार्यान्वयन नहुने र पुनरोदन अदालतले अर्को पक्षको उपस्थितिबिना अन्तिम फैसला दिन नमिल्ने बताएको छ। सन् २०१९ मा एक राजनीतिक सभामा सबै मोदी किन चोर हुन्छन् भन्ने अभिव्यक्ति दिएका थिए। 

गान्धीले आफूलाई मानहानि मुद्दामा दोषि ठहर गर्ने तल्लो अदालतको फैसालाविरुद्ध हिजो गुजरातको सुरत अदालतमा पुनरावेदन निवेदन दिएका छन्। 

Logo