फिनल्यान्ड औपचारिक रूपमा उत्तरी एटलान्टिक सन्धी संगठन (नेटो)मा आवद्ध भएको छ। ब्रसेल्सस्थित नेटोको हेडक्वार्टर परिसरमा विशेष समारोह आयोजना गरी नेटोमा आवद्ध देशका झन्डासँगै फिनल्यान्डको झन्डा फहराइएको थियो।
सिएनएनका अनुसार, मंगलबार ३१ औँ सदस्य राष्ट्रका रूपमा फिनल्यान्ड नेटोमा आवद्ध भएको हो। नेटोमा आवद्ध हुने फिनल्यान्डको निर्णयलाई ऐतिहासिक कदम भनिएको छ।
फिनल्यान्ड रूससँग सिमाना जोडिएको देश हो। गतवर्ष रूसले युक्रेनमाथि आक्रमण गरेपछि फिनल्यान्डले नेटोमा आवद्ध हुन निवेदन दिएको थियो।
त्यसको एक वर्षपछि फिनल्यान्ड नेटोको सदस्य राष्ट्र बनेको हो। अब फिनल्यान्डमाथि कुनै देशले आक्रमण गरे नेटोका बाँकी ३० देशले फिनल्यान्डलाई सघाउनेछ।





























प्रतिक्रिया