अमेरिकी राष्ट्रपति जो बाइडेनको प्रशासनले अफगानिस्तानमा तालिबानले सत्ता सम्हालेपछि अमेरिकी सेना जुन तरिकाले फिर्ता भए त्यसका लागि पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पलाई दोष लगाएको छ।
नयाँ रिपोर्टका अनुसार जो बाइडेन ट्रम्पले लिएको निर्णयबाट खुसी थिएनन्। यसमा सन् २०२० मा तालिबानसँग युद्ध अन्त्यका लागि भएको सम्झौता पनि समावेश छ।
प्रतिवेदनमा भनिएको छ- तालिबानले सत्ता ग्रहण गर्नुअघि नै सर्वसाधारणलाई बाहिर निकाल्ने काम सुरु गरिसक्नुपर्थ्यो। प्रतिवेदनमा प्रतिक्रिया दिँदै ट्रम्पले जो बाइडेन प्रशासनले गलत सूचना फैलाइरहेको बताएका छन्। अगस्ट २०२१ मा अमेरिकाले अफगानिस्तानबाट आफ्नो सेना फिर्ता गरेको थियो।





























प्रतिक्रिया