उडिसा ।
भारतमा एक जना किसानले पहेंलो रंगको कछुवा फेला पारेका छन् । उडिसा राज्यको बाल्ससोर जिल्लाको सुजानपुर गाउँस्थित खेतमा काम गर्ने क्रममा बाशुदेव महापात्रा नाम गरेका कृषकले पहेंलो रंगको उक्त दुर्लभ कछुवा फेला पारेका हुन् ।
गत आइतबार उनले फेला पारेको उक्त कछुवा मंगलबार त्यहाँको वन अधिकारीहरुलाई हस्तान्तरण गरेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । जैविक विविधता संरक्षण संघका कार्यकारी निर्देशक सिद्धार्थ पातीले यो पूरै पहेंलो रंगको कछुवा पहिलो पटक देखिएको सीएननलाई बताएका छन् ।
यो कछुवा इन्डियन फ्लापसेल कछुवा प्रजातिको हो । यो कछुवा दक्षिण एसियाका धेरै ठाउँमा पाइन्छ । यो प्रजातिको कछुवालाई नेपालमा ढकनी नरम खबटे कछुवाले पनि चिनिन्छ ।
विज्ञहरुले कछुवाको रंग पहेंलो हुनुको कारण अल्बनिजम भनेका छन् । पातीले सीएननलाई शरीरमा टाइरोसिन पिगमेन्टको कमी हुँदा वा नहँदा यस्तो अवस्था देखा परेको बताएका छन् । कतिपय अवस्थामा टाइरोसिन पिगमेन्टको कमी हुँदा वा जीन सिक्वेन्समा हुने उत्परिवर्तनका कारण पनि यस्तो अवस्था देखा पर्ने विज्ञहरुले बताएका छन् ।कान्तिपुरबाट





























प्रतिक्रिया