श्रीलङ्कामा एक सयभन्दा धेरै प्रकारका औषधिको अभाव भएको छ । श्रीलङ्काले आर्थिक सङ्कटका कारण सन् २०२२ देखि नै औषधिसहित अत्यावश्यक वस्तु तथा सेवाको समस्या झेल्दै आएको छ।
त्यहाँका सरकारी अस्पतालमा प्रयोग हुने एक सयभन्दा धेरै प्रकारका औषधिको अभाव भएको हिजोको संसदमा स्वास्थ्यमन्त्री केहेलिया रामबुकवेलाले जानकारी गराएका थिए ।
सरकारी अस्पतालमा १ हजार ३ सय ४७ प्रकारका औषधि प्रयोग हुँदै आएको र त्यसमध्ये १ सय १२ प्रकारका औषधिको अभाव रहेको मन्त्री रामबुकवेलाको भनाइ छ। श्रीलङ्का सरकारले औषधि आयातमा वार्षिक ५० अर्ब रुपैयाँ (१५ करोड ५० लाख अमेरिकी डलर) खर्च गर्दै आएको छ।
स्वास्थ्य मन्त्रालयको आग्रहपछि अर्थ मन्त्रालयले थप ४० अर्ब रुपैयाँ (१२ करोड ४० लाख डलर) थपेको र औषधि खरिदपछि अभाव छिट्टै हट्ने स्वास्थ्यमन्त्रीको दाबी छ ।





























प्रतिक्रिया