पाकिस्तानी विदेश मन्त्री जर्दारी भारत भ्रमणमा

पाकिस्तानी विदेश मन्त्री जर्दारी भारत भ्रमणमा

केन्द्रबिन्दु
0
Shares

सन २०१४ पछि भारतमा पहिलो पटक पाकिस्तानबाट उच्च स्तरीय भ्रमण भएको छ । पाकिस्तानका विदेशमन्त्री बिलावल भुट्टो जर्दारी बिहीबार भारत भ्रमणमा पुगेका हुन् । 

संघाई सहयोग संगठन (एससीओ) को विदेश मन्त्रीस्तरीय सम्मेलनमा भाग लिन पाकिस्तानी विदेश मन्त्री जर्दारी भारत पुगेका हुन्। सो सम्मेलन बिहीवार देखी गोवामा जारी छ ।  

नौ वर्षपछि भारतमा पाकिस्तानको तर्फबाट यो उच्च स्तरीय राजनीतिक भ्रमण भएको हो। सन  २०१४ मा  भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको शपथ ग्रहण समारोहमा भाग लिन पाकिस्तानका तत्कालीन प्रधानमन्त्री नवाज सरिफ दिल्ली पुगे पछि बिहीवार विदेशमन्त्री जर्दारी भारतको भुमी टेकेका हुन् ।

सन २०१९ मा पुलवामा भएको हमलामा ४० भारतीय सुरक्षाकर्मीको मृत्यु र त्यसको जवाफमा भारतको तर्फबाट पाकिस्तानमा गरेको सर्जिकल स्ट्राइकले दक्षिण एशियाली दुई देशबीच तनावपूर्ण बन्न पुगेको थियो ।

त्यसमाथी भारतले जम्मु-कश्मीरका लागि धारा ३७० हटाएपछि पाकिस्तानले त्यसको कडा विरोध गर्दै आए पछि तिक्तता झनै बढ्न गएको थियो।

नौ वर्ष पछि पाकिस्तानी विदेशमन्त्री जर्दारीको भारत भ्रमणलाई विश्वजगतले बिशेष र अर्थपूर्ण रुपमा औँल्याएको छ। पाकिस्तानी विदेश मन्त्रीको भारत भ्रमणले दुवै देश बिचको तिक्तता कम गराउनका लागि नयाँ पहलकदमी हुन सक्ने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। 

पाकिस्तानले पनि बहुपक्षीय बैठकमा सहभागी भएर आफ्नो धारणा राख्नका लागि विदेशमन्त्री जर्दारीको भारत भ्रमण कोशेढुंगा सावित हुने जनाएको छ। विदेशमन्त्री जर्दारीले ट्वीटमार्फत आफ्नो उपस्थितिले एससीओप्रति पाकिस्तानको बलियो प्रतिबद्धता दर्शाएको जनाएका छन् ।

Skip This
Skip This
Logo