कर्नाटक उच्च अदालतले फेसबुकलाई भारतमा बन्द गर्न चेतावनी दिएको छ।
साउदी अरेबियामा थुनामा रहेका भारतीय नागरिकको मुद्दाको अनुसन्धानमा राज्य प्रहरीसँग फेसबुकले गरेको असहयोगको बिषयलाई लिएर सोअदालतले फेसबुक बन्द गर्ने चेतावनी दिएको हाे।
न्यायाधीश कृष्ण एसले दक्षिण कन्नड जिल्लाको मङ्गलुरु नजिकै बिकर्णकट्टे निवासी कविताले दायर गरेको याचिकाको सुनुवाइ गर्दै दीक्षितले यस्तो चेतावनी दिएका हुन्। इजलासले फेसबुकलाई निर्देशन दिएको छ,‘आवश्यक जानकारीसहितको पूर्ण प्रतिवेदन एक साताभित्र अदालतमा पेस गर्नुपर्छ।’
साथै, भारतीय नागरिकलाई झुटो मुद्दामा पक्राउ गरेकोमा के कारवाही अघि बढेको छ? भन्ने जानकारी केन्द्र सरकारले दिनुपर्ने पनि बताए। मङ्गलुरु प्रहरीले पनि उचित अनुसन्धान गरी प्रतिवेदन बुझाउनुपर्ने भन्दै अदालतले सुनुवाइ २२ जुनसम्म स्थगित गरेको छ।
५२ वर्षीय श्रीमान शैलेश कुमार २५ वर्षदेखि साउदी अरेबियाको एउटा कम्पनीमा काम गर्दै आएको बेला उनलाई पक्राउ गरिएको थियो। कविताको पतिले नागरिकता संशोधन ऐन २०१९ र राष्ट्रिय नागरिकता दर्ताको समर्थनमा (एनआरसी) का बारेमा फेसबुकमा एक पोस्ट पोस्ट गरेका थिए। तर पछि अज्ञात व्यक्तिले उनको नाममा नक्कली फेसबुक खाता खोलेर साउदी अरबका राजा र इस्लाम धर्मकोविरुद्ध आपत्तिजनक पोस्ट गरिदिए।
फेसबुकमा साउदी अरबकोविरुद्धमा पोष्ट गरेको जानकारी पाए लगत्तै उनल कुमारले परिवारलाई यसबारे सुरुमा जानकारी गराए। लगत्तै, उनकी श्रीमती कविताले नक्कली फेसबुक अकाउन्ट खोल्नेलाई कारवाही गर्न माग गर्दै मङ्गलुरुमा प्रहरीमा उजुरी दिइन।
तर, सोही फेसबुक स्टाटसलाई लिएर साउदी प्रहरीले शैलेश कुमारलाई पक्राउ गरी जेल हालिदियो। उनी बिगत पाँच बर्षदेखी साउदी जेलमा छन्। सो घटनाको अनुसन्धानको जिम्मा लिएर मंगलुरु प्रहरीले फेसबुकलाई पत्र लेखेर नक्कली फेसबुक खाता खोलिएको बारे जानकारी मागेको थियो। तर, फेसबुकले प्रहरीलाई कुनै प्रतिक्रिया दिएन।
निवेदकले अनुसन्धानमा ढिलाइको बारेमा प्रश्न गर्दै उच्च अदालतमा निवेदन पुगे। कविताले आफ्ना श्रीमानलाई जेलबाट रिहा गर्न केन्द्र सरकारलाई पत्र पनि लेखेकी थिइन। कविताले भारतीय सञ्चारमाध्यमसँग भनिन्, ‘यदी फेसबुकले मैग्लरु प्रहरीको जवाफ दिएको भए, मेरो श्रीमानले जेलमा बस्नु पर्दैनथ्यो,उसले जवाफ नदिएका कारण नै आजसम्म मेरो श्रीमान जेलमा छन्।’





























प्रतिक्रिया