गलत सूचनाका कारण अमेरिकी भविष्यको बारेमा ह्वाइट हाउसका पूर्व प्रमुख सल्लाहकारको चिन्ता

गलत सूचनाका कारण अमेरिकी भविष्यको बारेमा ह्वाइट हाउसका पूर्व प्रमुख सल्लाहकारको चिन्ता

केन्द्रबिन्दु
0
Shares

ह्वाइट हाउसका पूर्व प्रमुख चिकित्सा सल्लाहकार एन्थोनी फौसीले "असत्यको सामान्यीकरण"का कारण संयुक्त राज्य अमेरिकाको भविष्यबारे चिन्तित भएको उल्लेख गरेकाे छ। 

द हिलको फ्यूचर अफ हेल्थ केयर समिटलाई सम्बोधन गर्नेक्रममाफौसीलाई सन् २०२४ को चुनावमा देशको बारेमा सोधिएको प्रश्नको जवाफमा उनको सो धारणा आएको हो। "म देशको बारेमा धेरै चिन्तित छु किनकि हामीले के देखिरहेका छौँ, मलाई लागिरहेको छ– हामी एक युगमा छौँ, जसलाई म असत्यको सामान्यीकरण भन्छु,” फौसीले भने।

"त्यहाँ धेरै गलत  व्याख्यान छन् जसले चिन्ता बढाएका छन्,” उनले भने। फौसीले अमेरिकी राष्ट्रपति जो बाइडेनको शीर्ष चिकित्सा सल्लाहकार र अमेरिकी राष्ट्रिय एलर्जी र सङ्क्रमण संस्थानको निर्देशकको रूपमा काम गरेका थिए।

Skip This
Skip This
Logo