अमेरिकी पूर्वराष्ट्रपति ट्रम्पमाथी फेरी अर्को मुद्दा, कठिनाई बढ्ने क्रम जारी

अमेरिकी पूर्वराष्ट्रपति ट्रम्पमाथी फेरी अर्को मुद्दा, कठिनाई बढ्ने क्रम जारी

केन्द्रबिन्दु
0
Shares

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको कठिनाइ बढ्दै गएको देखिएकाे छ। बिहीबार ट्रम्पविरुद्ध गोप्य कागजातसँग सम्बन्धित अर्को मुद्दा दायर गरिएपछि उनको कठिनाई थप बढने देखिएको हो। 

ट्रम्पले गोप्य कागजातहरूको अनुसन्धानमा बाधा पुर्‍याएको र आफ्नो फ्लोरिडा एस्टेट मार ए लागोबाट सिसिटिभी फुटेज मेटाएको नयाँ आरोपहरू सामना गरिरहेका छन्। ट्रम्प विरुद्धको गोप्य कागजातसँग सम्बन्धित यस मामिलामा सुनुवाइ अर्को वर्ष मेमा सुरु हुनेछ।

सन् २०२४ मा हुने अमेरिकी राष्ट्रपतिको चुनावमा रिपब्लिकन पार्टीबाट डोनाल्ड ट्रम्प प्रमुख दावेदार हुन्। यस्तो अवस्थामा नयाँ आरोपका कारण उनको कठिनाइ अझ बढ्न सक्छ। यद्यपि, ट्रम्पले आफूमाथि लगाइएको आरोपलाई सिधै अस्वीकार गर्दै यो बाइडेनलाई अपराधी परिवार भएको र उनको न्याय विभागको उत्पीडनबाहेक केही नभएको बताए। 

ट्रम्पविरुद्ध नयाँ आरोपहरू उही दिन आएका छन्, जुन दिन उनका वकिलले २०२० को राष्ट्रपति चुनावलाई बिथोल्ने कथित आरोपहरूसँग सम्बन्धित मुद्दामा अभियोजनकर्ताहरूसँग भेटेका थिए।

ट्रम्पलाई मार ए लागोका उनको व्यक्तिगत कर्मचारी वाल्टिन वाल्ट नाउटा र मार ए लागो सम्पत्तिका प्रबन्धक कार्लोस डे ओलिभेरासँग मिलेर सिसिटभी फुटेज मेटाएको आरोप लगाइएको छ, ओलिभेरा र नाउटाबीचको कुराकानीलाई यस मुद्दामा दस्तावेजका रूपमा प्रस्तुत गरिएको छ।

स्मरण रहोस कि डोनाल्ड ट्रम्प माथी सन २०२१ मा राष्ट्रपति चुनाव हारे पछि ह्वाइट हाउस छोड्दा कथित रूपमा धेरै संवेदनशील सरकारी रेकर्डहरू फिर्ता नगरेको र अवैध रूपमा आफूसँग राखेको आरोप लगाइएको छ।

Logo