आतंकवादी संगठन अल कायदाले जम्मु कश्मीर,बंगलादेश र म्यानमारमा आफ्नो उपस्थिति स्थापित गर्न खोजिरहेको जनाइएको छ।आतंकवादी हमलाहरू सजिलै गर्न सकून् र आफनो प्रभाव विस्तार गर्न सकियोस् भन्नाले तीन देशमा आफनो उपस्थिति स्थापित गर्न खोजिएको हो।
यसको जानकारी खुलासा संयुक्त राष्ट्र सुरक्षा परिषदले गरेको हो।राष्ट्र संघका रिपोर्टका अनुसार भारतीय उपमहाद्वीपमा अलकायदाका २०० लडाकुहरू रहेका छन् र तिनीहरूका नेता आतंकवादी ओसामा महमूद हुन्। अल कायदा त्यही संगठन हो,जसले अमेरिकामा ९र११ आतंकवादी हमला गराएको थियो। यस आक्रमणमा करिब ३ हजार मानिसको मृत्यु भएको थियो।
सन २०२२ मा पूर्व बीजेपी नेता नुपुर शर्माले पैगम्बर मोहम्मदको बारेमा विवादास्पद बयान दिएकी थिइन्। यसपछि सोही संगठनले भारतका ४ राज्यमा आत्मघाती हमलाको धम्की दिएको थियो। रिपोर्टका अनुसार हाल अलकायदा लगभग ६५ देशमा सक्रिय रहेका छन्।































प्रतिक्रिया