बंगलादेशमा पर्खाल भत्किँदा तीन जनाको मृत्यु

बंगलादेशमा पर्खाल भत्किँदा तीन जनाको मृत्यु

केन्द्रबिन्दु
0
Shares

बंगलादेशको गाजीपुर जिल्लामा शनिबार राति एउटा पर्खाल भत्किँदा तीन कामदारको मृत्यु भएको छ। घटना शनिबार साँझ ७ः३० बजे भएको थियो। घटनामा दुई जना घाइते समेत भएका छन्। 

बंगलादेशी सञ्चारमाध्यमका अनुसार टोङ्गी फायर सर्भिसका वरिष्ठ अधिकारी इकबाल हसनले मृतकको पहिचान बकुल (३५), सुल्तान (५०) र सबुज (३५) भएको बताए।

घाइतेहरुलाई टँगीको शहीद अहसान उल्लाह मास्टर जनरल अस्पताल लगिएको छ। घटनाको जानकारी दिँदै हसनले गाँजीपुर महानगरपालिकाको पगार झिनु बजारमा नाली निर्माणमा करिब ३० जना मजदुर काम गरिरहेका थिए। सो क्रममा चार तले भवनको पर्खालमुनि तीन जना मजदुर पुरिएका थिए। जसका कारण उनको मृत्यु भएको हो। घटनाको अनुसन्धान भइरहेको छ।

Logo