हाल जेलमा रहेका रुसी विपक्षी नेता एलेक्सी नाभाल्नीलाई रुसी अदालतले थप जेल सजायँ तोकेको छ।
हाल जेलमा रहेका विपक्षी नेता नाभाल्नीलाई शुक्रबार थप १९ वर्षको जेल सजायँ सुनाएको छ। अन्तराष्ट्रिय सञ्चारमाध्यमका अनुसार उनलाई सजायँ सुनाइएको यो तेस्रो मात्रै होइन,लामो जेल सजायँ पनि हो।
राष्ट्रपति भ्लादिमिर पुटिनका सबैभन्दा कट्टर आलोचक रहेका ४७ वर्षीय नाभाल्नी ठगी र अन्य कथित अपराधमा ११ वर्षभन्दा बढी जेल सजायँ भोगिरहेका छन्। नाभाल्नीलाई चरमपन्थी संगठन स्थापना र त्यसका गतिविधिलाई आर्थिक सहयोग गरेको अभियोगमा दोषी ठहर गरिएको छ।





























प्रतिक्रिया